edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

आर्थिक खबर

६६ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न

CamScanner-०४-०३-1680533525.jpg

हेटौंडा, २० चैत्र / “सहकारीको दिगोपन : स्वनियमन र सुशासन” भन्ने नाराका साथ  ६६ औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा बागमती प्रदेशको राजधानी हेटौंडामा मनाइएको छ । 
सहकारी दिवसको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी र्‍याली सहित बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा बोल्दै प्रजिअ पाण्डेले मकवानपुरका सहकारीहरु राम्रो छन् तर अन्य जिल्लामा दर्ता भएर मकवानपुरमा सेवाकेन्द्र खोली कार्य गरेका सहकारीहरुमा आएको समस्याको असर मकवानपुरका सहकारीहरुलाई परेको बताउनुभयो ।
प्रजिअ पाण्डेले लोभ र बढी व्याजदरको प्रलोभनमा नपरि आफ्नै नजिक रहेका सहकारीहरुमा कारोबार गर्न सबै सदस्यहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सहकारीले राम्रो कामहरु पनि गरिरहेका छन् केही सहकारीले नराम्रो काम गरेमा त्यसले सिंगो सहकारी क्षेत्रलाई असर पर्ने भएकाले सबै सहकारीहरुलाई राम्रो सदस्यमैत्री काम गर्न अनुरोध गर्नुभयो । “सहकारीले विषेशत गरिबी निवारणको क्षेत्रमा काम गरेर राज्यलाई सहयोग गरिरहेको अवस्थामा सहकारीको स्वनियमन गरी सुशासनमा रहि काम गर्दा सहकारी क्षेत्रको विकासले गति लिन्छ ।”, प्रजिअ पाण्डेले बताउनुभयो । उहाँले सदस्य केन्द्रीत र समुदाय प्रति चासो राखेर सहकारीले आर्थिक कारोबारको काम गर्नुपर्नेमा पछिल्लो समय सहकारीले गरेको लगानी उत्पादनमा नभई अनुत्पादक क्षेत्रमा भइरहेकाले त्यसलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीहरुलाई समाधान गर्न प्रेरणा मिल्नुका साथै अभिप्रेरित गरोस भनी सहकारी दिवस मनाइएको बताउनुभयो ।
त्यस्तै, सहकारी दिवस मूल समारोह समितिका संयोजक एंव बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले २०४८/०४९ मा सहकारी नियमावली आएपछि सहकारी क्षेत्रमा सकारात्मक विकास भएको र सहकारी मार्फत सदस्यहरुको विभिन्न उत्पादन, प्रवद्र्धन र बजारिकरण क्षेत्रमा ठुलो काम भएको बताउनुभयो । उहाँले राज्यको तीन खम्बे अर्थ नीति मध्ये सहकारीलाई एक खम्बाको रुपमा लिएको अवस्थामा अहिले सहकारी अभियानमा केही समस्या भएतापनि ती समस्यालाई एकजुट भई समाधान गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कल्पना श्रेष्ठ लगायतले सहकारी दिवसका अवसरमा शुभकामना मन्तब्य राख्नुभएको थियो ।
पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरिक्षक बामदेव गौतम, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रबन्धक रामेश्वर आर्याल, नेफ्स्कुन हेटौंडा फिल्ड कार्यालयका इन्चार्ज ज्योती महतलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रभातफेरीमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका चारवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । प्रथम  भई पुरस्कृत हुनेमा महिला एकता बचत तथा ऋण सहकारी संस्था लि. भीमफेदी–२, द्वितीय हुने बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–११, तृतीय हुने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३ र सान्त्वना हुने साना किसान कृषि सहकारी संस्था मनहरी–८ लाई पुरस्कृत गरिएको छ । 
साथै प्रभातफेरीमा विभिन्न झाँकी सहित सास्कृतिक बाजा प्रदर्शन गरी सहभागी भएकाहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा नौमति बाजा बाजा प्रदर्शन गरी सहभागी हुने साना किसान कृषि सहकारी संस्था मनहरी र चन्द्र सुर्य दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी ५, खैजडी भजन बाजा प्रदर्शन गरी सहभागी हुने सुपिङ दुग्ध उत्पादक सहकारी संस्था भीमफेदी र तामाङ भेषभुषाका साथ डम्फु बाजा प्रदर्शन गरी सहभागीता जनाउने  महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३ रहेका छन् ।
६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिको आयोजनामा विविध कार्यक्रम सहित भएको कार्यक्रममा भएको सहकारी दिवस कार्यक्रममा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सहयोग र मकवानपुर जिल्ला सहकारी संघ., बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुर, राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा, नेफ्स्कुन फिल्ड कार्यालय, हेटौंडाको सहकार्य रहेको थियो ।

CamScanner-०४-०३-1680533528.jpg
nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...