pani-1786865868.jpg
Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

६६ औं राष्ट्रिय सहकारी दिवस भब्य रुपमा सम्पन्न

CamScanner-०४-०३-1680533525.jpg

हेटौंडा, २० चैत्र / “सहकारीको दिगोपन : स्वनियमन र सुशासन” भन्ने नाराका साथ  ६६ औं राष्ट्रिय सहकारी दिवस बृहत रुपमा बागमती प्रदेशको राजधानी हेटौंडामा मनाइएको छ । 
सहकारी दिवसको अवसरमा सोमबार बागमती प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरी र्‍याली सहित बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।
६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा बोल्दै प्रजिअ पाण्डेले मकवानपुरका सहकारीहरु राम्रो छन् तर अन्य जिल्लामा दर्ता भएर मकवानपुरमा सेवाकेन्द्र खोली कार्य गरेका सहकारीहरुमा आएको समस्याको असर मकवानपुरका सहकारीहरुलाई परेको बताउनुभयो ।
प्रजिअ पाण्डेले लोभ र बढी व्याजदरको प्रलोभनमा नपरि आफ्नै नजिक रहेका सहकारीहरुमा कारोबार गर्न सबै सदस्यहरुलाई आग्रह गर्नुभएको छ । उहाँले सहकारीले राम्रो कामहरु पनि गरिरहेका छन् केही सहकारीले नराम्रो काम गरेमा त्यसले सिंगो सहकारी क्षेत्रलाई असर पर्ने भएकाले सबै सहकारीहरुलाई राम्रो सदस्यमैत्री काम गर्न अनुरोध गर्नुभयो । “सहकारीले विषेशत गरिबी निवारणको क्षेत्रमा काम गरेर राज्यलाई सहयोग गरिरहेको अवस्थामा सहकारीको स्वनियमन गरी सुशासनमा रहि काम गर्दा सहकारी क्षेत्रको विकासले गति लिन्छ ।”, प्रजिअ पाण्डेले बताउनुभयो । उहाँले सदस्य केन्द्रीत र समुदाय प्रति चासो राखेर सहकारीले आर्थिक कारोबारको काम गर्नुपर्नेमा पछिल्लो समय सहकारीले गरेको लगानी उत्पादनमा नभई अनुत्पादक क्षेत्रमा भइरहेकाले त्यसलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सहकारी महाशाखाका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीहरुलाई समाधान गर्न प्रेरणा मिल्नुका साथै अभिप्रेरित गरोस भनी सहकारी दिवस मनाइएको बताउनुभयो ।
त्यस्तै, सहकारी दिवस मूल समारोह समितिका संयोजक एंव बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाले २०४८/०४९ मा सहकारी नियमावली आएपछि सहकारी क्षेत्रमा सकारात्मक विकास भएको र सहकारी मार्फत सदस्यहरुको विभिन्न उत्पादन, प्रवद्र्धन र बजारिकरण क्षेत्रमा ठुलो काम भएको बताउनुभयो । उहाँले राज्यको तीन खम्बे अर्थ नीति मध्ये सहकारीलाई एक खम्बाको रुपमा लिएको अवस्थामा अहिले सहकारी अभियानमा केही समस्या भएतापनि ती समस्यालाई एकजुट भई समाधान गर्न अगाडि बढ्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टिका बल्लभ सापकोटा, राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कल्पना श्रेष्ठ लगायतले सहकारी दिवसका अवसरमा शुभकामना मन्तब्य राख्नुभएको थियो ।
पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक विदुर हुमागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरिक्षक बामदेव गौतम, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रबन्धक रामेश्वर आर्याल, नेफ्स्कुन हेटौंडा फिल्ड कार्यालयका इन्चार्ज ज्योती महतलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रभातफेरीमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका चारवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । प्रथम  भई पुरस्कृत हुनेमा महिला एकता बचत तथा ऋण सहकारी संस्था लि. भीमफेदी–२, द्वितीय हुने बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–११, तृतीय हुने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३ र सान्त्वना हुने साना किसान कृषि सहकारी संस्था मनहरी–८ लाई पुरस्कृत गरिएको छ । 
साथै प्रभातफेरीमा विभिन्न झाँकी सहित सास्कृतिक बाजा प्रदर्शन गरी सहभागी भएकाहरुलाई समेत सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा नौमति बाजा बाजा प्रदर्शन गरी सहभागी हुने साना किसान कृषि सहकारी संस्था मनहरी र चन्द्र सुर्य दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी ५, खैजडी भजन बाजा प्रदर्शन गरी सहभागी हुने सुपिङ दुग्ध उत्पादक सहकारी संस्था भीमफेदी र तामाङ भेषभुषाका साथ डम्फु बाजा प्रदर्शन गरी सहभागीता जनाउने  महिला मिलन बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–१३ रहेका छन् ।
६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिको आयोजनामा विविध कार्यक्रम सहित भएको कार्यक्रममा भएको सहकारी दिवस कार्यक्रममा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सहयोग र मकवानपुर जिल्ला सहकारी संघ., बचत तथा ऋण सहकारी संघ लि. मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, जिल्ला कृषि सहकारी संघ लि. मकवानपुर, राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा, नेफ्स्कुन फिल्ड कार्यालय, हेटौंडाको सहकार्य रहेको थियो ।

CamScanner-०४-०३-1680533528.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...