Monday, 29 Apr, 2024
आर्थिक खबर

हेटौंडाका तीनवटा सहकारीको एकीकरण पश्चात बन्यो आधुनिक एकता साकोस

306605767_114191565671915-1666502520.jpg

. हेटौंडा, ५ असोज/हेटौंडा उपमहानगरपालिका वडा नं. १६ र १७ मा रहेका तीन सहकारीहरु एक आपसमा एकीकरण भएकोछ । हेटौंडा १७ कार्यालय रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा १६ कार्यालय रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्था लि. र चिसापानी बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण गरिएको हो । एकीकरण पश्चात बन्ने संस्थाको नाम आधुनिक एकता बचत तथा ऋण सहकारी संस्था लि. रहने एकीकरण कार्य सम्पादन कार्यदलका संयोजक गोबिन्द दाहलले बताउनुभयो । एकीकरण साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सदस्यहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले सहकारी क्षेत्रमा आएका समस्याहरु प्रति सचेत हुन आग्रह गर्नुभयो । र संख्यात्मक भन्दा पनि गुणात्मक सेवा दिन सहकारी संस्थाहरुको एकीकरण आवश्यक रहेको समेत बताउनुभयो । शनिबार हेटौंडा १६ चिसापानीमा भएको तीनै वटा सहकारीहरुको संयुक्त साधारणसभाले एकीकरण पश्चात बन्ने संस्था आधुनिक एकता बचत तथा ऋण सहकारी संस्था लि.को तदर्थ समिति चयन गरेको छ । समितिको अध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा योगदान दंगाल, सचिवमा बिष्णुमान श्रेष्ठ, कोषाध्यक्षमा डा. बिजय नेपाल, सहसचिवमा महेश ढकाल चयन भएकाछन् । त्यस्तै सदस्यहरुमा ममता कार्की, बद्री प्रसाद लामिछाने, गोकुल तिमल्सिना, ललिता दाहाल, श्रीकृष्ण आचार्य, लेखनाथ ढकाल, नवराज न्यौपाने, सुमित्रा घिमिरे, यदुदेब उपाध्याय सिग्देल, निर्मला भ्लोन चयन भएकाछन् । साधारण सभाले सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सागरनाथ बास्तोलालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा जयराम भण्डारी र शिबप्रसाद चौलागाई रहेकाछन् । अशोकबाटिका बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गोगदान दंगाल, सहकर्मी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मदन दाहाल, चिसापानी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा अध्यक्षता गरेको एकीकरण सभामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव बिरेन्द्र प्रसाद ढुंगाना, हेटौंडा १७ का वडा अध्यक्ष उद्धव सत्याल, हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेलको बिशिष्ठ आतिथ्यता रहेको थियो । तीनवटा सहकारी एकीकरण पश्चात गठन भएको सहकारीको कुल शेयर सदस्य संख्या १ हजार ८ सय जना र कुल शेयर रकम २ करोड ८८ लाख ३६ हजार ६ सय रुपौंया पुगेको अध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । उहाँले संस्थाको कुल बचत १२ करोड ५० लाख ५३ हजार ४ सय ६९ रुपैंया र ऋण लगानी १४ करोड ४६ हजार ५ रुपैंया रहेका बताउनुभयो ।

 

 

 


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...