pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

हेटौंडाका तीनवटा सहकारीको एकीकरण पश्चात बन्यो आधुनिक एकता साकोस

306605767_114191565671915-1666502520.jpg

. हेटौंडा, ५ असोज/हेटौंडा उपमहानगरपालिका वडा नं. १६ र १७ मा रहेका तीन सहकारीहरु एक आपसमा एकीकरण भएकोछ । हेटौंडा १७ कार्यालय रहेको अशोकबाटिका बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा १६ कार्यालय रहेको सहकर्मी बचत तथा ऋण सहकारी संस्था लि. र चिसापानी बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण गरिएको हो । एकीकरण पश्चात बन्ने संस्थाको नाम आधुनिक एकता बचत तथा ऋण सहकारी संस्था लि. रहने एकीकरण कार्य सम्पादन कार्यदलका संयोजक गोबिन्द दाहलले बताउनुभयो । एकीकरण साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटाले सहकारीलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सदस्यहरुको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले सहकारी क्षेत्रमा आएका समस्याहरु प्रति सचेत हुन आग्रह गर्नुभयो । र संख्यात्मक भन्दा पनि गुणात्मक सेवा दिन सहकारी संस्थाहरुको एकीकरण आवश्यक रहेको समेत बताउनुभयो । शनिबार हेटौंडा १६ चिसापानीमा भएको तीनै वटा सहकारीहरुको संयुक्त साधारणसभाले एकीकरण पश्चात बन्ने संस्था आधुनिक एकता बचत तथा ऋण सहकारी संस्था लि.को तदर्थ समिति चयन गरेको छ । समितिको अध्यक्षमा कृष्ण प्रसाद सापकोटा, उपाध्यक्षमा योगदान दंगाल, सचिवमा बिष्णुमान श्रेष्ठ, कोषाध्यक्षमा डा. बिजय नेपाल, सहसचिवमा महेश ढकाल चयन भएकाछन् । त्यस्तै सदस्यहरुमा ममता कार्की, बद्री प्रसाद लामिछाने, गोकुल तिमल्सिना, ललिता दाहाल, श्रीकृष्ण आचार्य, लेखनाथ ढकाल, नवराज न्यौपाने, सुमित्रा घिमिरे, यदुदेब उपाध्याय सिग्देल, निर्मला भ्लोन चयन भएकाछन् । साधारण सभाले सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सागरनाथ बास्तोलालाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा जयराम भण्डारी र शिबप्रसाद चौलागाई रहेकाछन् । अशोकबाटिका बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष गोगदान दंगाल, सहकर्मी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मदन दाहाल, चिसापानी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्ण प्रसाद सापकोटाले संयुक्त रुपमा अध्यक्षता गरेको एकीकरण सभामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव बिरेन्द्र प्रसाद ढुंगाना, हेटौंडा १७ का वडा अध्यक्ष उद्धव सत्याल, हेटौंडा १५ का वडा अध्यक्ष सुनिल मोक्तान, हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम प्रसाद पौडेलको बिशिष्ठ आतिथ्यता रहेको थियो । तीनवटा सहकारी एकीकरण पश्चात गठन भएको सहकारीको कुल शेयर सदस्य संख्या १ हजार ८ सय जना र कुल शेयर रकम २ करोड ८८ लाख ३६ हजार ६ सय रुपौंया पुगेको अध्यक्ष कृष्ण प्रसाद सापकोटाले बताउनुभयो । उहाँले संस्थाको कुल बचत १२ करोड ५० लाख ५३ हजार ४ सय ६९ रुपैंया र ऋण लगानी १४ करोड ४६ हजार ५ रुपैंया रहेका बताउनुभयो ।

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...