Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

स्मार्ट कृषि : आर्थिक समृद्धि
डा. भेषराज अधिकारी 

Untitled-1-1599908165.jpg


बौद्धिक, चलाख, सक्रिय, चुस्त, फुर्ति, आधुनिक सूचना प्रविधिको ज्ञान भएको व्यक्ति जसले तोकिएको समय सीमाभित्र निर्धारित लक्ष्यहासिल गर्न सक्दछ त्यसलाई आजकल ‘स्मार्ट’ भन्ने गरिन्छ । त्यसो त यो शब्द मानिसले नै उत्पादनगर्ने आधुनिक उपकरण र औजारलाई पनि संबोधनगर्ने गरिएको छ । जर्मन भाषाबाट उत्पत्ति भएको भनिएको ‘स्मार्ट’ विश्वभर अहिले एउटा व्यापक चलन चल्तीको शब्द भएको छ । मानिस र चिज वस्तुको बारेमा ‘स्मार्ट’ रहेछ भन्नासाथ वा सोच्नासाथ एउटा विश्वासिलो र भरपर्दो प्रतिविम्ब दिमागमा आउने गरेको छ । स्मार्ट मानिस वा चिजवस्तु बजारको प्रिय बनेको छ र स्वीकार गर्ने गरिएको छ । कृषि प्रणालीका तथ्याङ्कलाई कम्युटरको माध्यमबाट विश्लेषण गर्दै कृषि कर्मबाट अधिक लाभलिने लक्ष्य नै ‘स्मार्ट कृषिरफार्मिङ’ को हो । यस ‘स्मार्ट’ को अवधारणाले सभ्यता र संस्कृतिलाई भविष्यमा कहाँ पु¥याउने हो अहिले नै आँकलनगर्न त कठिन नै छ तर वर्तमान अवस्थामा सबैलाई ‘स्मार्ट’ नै चाहिएको छ । यो अहिलेको आवश्यकता बनेको छ । त्यही भएर कृषि तथा खाद्य प्रणालीलाई चुस्त दुरुस्त राख्न ‘स्मार्ट फार्मिङ’ नै अपनाउन थालिएको हो । 

संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठनका अनुसार सन २०५० सम्ममा विश्वको जनसंख्या दुई अरबले विस्तार हुनेछ । त्यसबेला अहिलेभन्दा ४ प्रतिशतमात्र खेतीयोग्य जमिन बढ्नेछ । यस परिवेशमा आधुनिक प्रविधिको उपयोग गरेर कृषिलाई थप सबल बनाउनु पर्दछ । कृत्रिम बौद्धिकता ९आर्टिफिसियल इन्टेलिजेन्स्० प्रविधि एउटा यस्तो माध्यम हो जसले खेती तथा खाद्य प्रविधिलाई पनि सकारात्मक प्रभाव पार्नेछ र जीवनलाई सहज तुल्याउनेछ । त्यसैले कृषि क्षेत्रमा कृत्रिम बौद्धिकता र यन्त्र अध्ययनको अवधारणालाई तीब्ररूपमा अपनाउन थालिएको हो । 

हाम्रो मुलुक उर्वर भूमिसहित कृषिप्रधान भएकाले कृषिउपज उत्पादनको ठूलो संभावना भएको, मानव जीवनको अभिन्न अङ्ग कृषि प्रणाली नै रहेको, वैज्ञानिक अन्वेषण तथा नवप्रवर्तनले सूचनाका क्षेत्रमा क्रान्ति नै ल्याएको, विश्व कृषि तथा खाद्य प्रणाली आधुनिकीकरण तथा व्यावसायीकरणतर्फ तीब्रतम् रूपमा अगाडि बढिरहेको एवं विभिन्न प्रकारका सरुवा रोग तथा कोभिड–१९ जस्ता महामारीले मानिसलाई सामाजिक दूरी कायमगर्दै कृषि सम्बन्धी श्रम प्रक्रियामा संलग्नहुन बाध्य पारिरहेको परिवेशमा आधुनिक सूचना प्रविधिमा आधारित बनेर ‘स्मार्ट कृषिरफार्मिङ’ प्रणालीतर्फ उन्मुख हुनु अतिआवश्यक भएको छ । 

‘स्मार्ट कृषि’ भनेको कृषि व्यवस्थापनको यस्तो अवधारणा हो जहाँ आधुनिक सूचना सञ्चार प्रविधिको प्रयोग मार्फत उत्पादनको परिमाण र गुणस्तर अभिबृद्धि गर्न सकिन्छ । कृषिका आधुनिक विद्युतीय औजारहरूलाई इन्टरनेटमा जोडेर समग्र कृषि प्रणालीलाई यान्त्रीकरण गर्ने, दूर व्यवस्थापनगर्ने यो एउटा भरपर्दो माध्यम हो । चिजहरूको अन्तरजाल ९इन्टरनेट अफथिङस्० को अवधारणाले तीब्ररूप लिइरहेको परिवेशमा आधुनिक मानव यसबाट भाग्न सक्ने अवस्थापनि रहेन ।

कृषि विकास तथा पशुपालन व्यवसायमा फड्को मार्नमद्दत गर्ने यसअभियानले ‘समृद्ध नेपाल सुखी नेपाली’को साझा राष्ट्रिय संकल्प हासिलगर्न पनि महत्वपूर्ण योगदान पु¥याउनेछ । सभ्यताको यस चरणमा आइपुग्दा कृषि प्रणालीमा धेरै क्रान्तिहरू भइसकेका छन् । केही हजार वर्ष पहिले जनावर र बोट बिरुवालाई घरपालुवा बनाइयो । केही सय वर्ष पहिले क्रमबद्धरूपमा बालीलाई आलोपालोको अभ्यास गर्दै खेती प्रणालीमा केहि सुधार गरियो । केहीदशक पहिले सु–सम्बद्ध उत्पादनका लागिभन्दै मानवनिर्मित मल तथा कीटनाशकको व्यापक उपयोग गरियो जसलाई ‘हरित क्रान्ति’ भनियो । वर्तमानमा सञ्चार तथा सूचना प्रविधिको व्यापक प्रयोगसहित कृषि प्रणाली अघि बढिरहेकोमा यसलाई कृषि क्षेत्रमा भएको ‘चौथो क्रान्ति’ को संज्ञा दिइएको छ । यसलाई कृषि क्षेत्रमा कार्यरत इन्जिनियरहरूको शब्दमा ‘स्मार्ट फार्मिङ’ भन्ने गरिन्छ । उच्चस्तरको सूचना प्रविधि, ड्रोनसहित गुणस्तरीय आधुनिक प्रविधिहरूलाई सूचना तथा सञ्चारको सञ्जालमा आबद्ध गर्दै दक्षतापूर्वक स्रोतको बढि भन्दा बढि आर्थिक उपयोग गरेर उच्चतम् उत्पादन हासिलगर्नु ‘स्मार्ट फार्मिङ’ को मूलमर्म हो । 

संयुक्त राष्ट्र संघले सन् २०३० भित्र दिगो विकास लक्ष्यमार्फत वर्तमानमा विश्वका ८० करोड मानिसले भोगिरहेको भोकमरीको पीडाबाट मुक्तगर्ने भनेको छ । यो लक्ष्य हासिल हुनेमा आशंका उत्पन्न भइरहेकै परिवेशमा कोरोना महामारीले थप समस्या थोपरेको छ । ‘स्मार्ट फार्मिङ’ दिगो कृषि विकासका लागि महत्वपूर्ण माध्यम हो र यसले दिगो विकास लक्ष्यहासिल गर्ने दिशामा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । अब भिन्न प्रकारले खेती र कृषिकार्यहरू हुन जरुरी छ । उच्च गुणस्तरीय प्रविधि जस्तो कि सेन्सर, उपकरण र सूचना प्रविधिको बलियो सञ्जाल आजको आवश्यकता हो । भविष्यमा कृषि उपकरणहरू ज्यादै परिष्कृत जस्तो कि रोवोटको उपयोगसहित आद्रता, हवाई छवि र जीपीएस प्रविधि हुनेछ । यस्ता उच्चस्तरको प्रविधिबाट कृषि प्रणाली बढि नाफामुखी, कुशल, सुरक्षित र वातावरण मैत्री हुने अपेक्षा गरिएको छ । 

नवप्रवर्तनद्वारा सिर्जित उच्चस्तरको यान्त्रीकीकरणबाट खाद्य सुरक्षा प्रदानगर्न र आयातमा परनिर्भरता घटाउन, उत्पादन र उत्पादकत्व बढाएर कृषि उपजमा निर्यात अभिबृद्धि गर्न समेत ठूलो मद्दत मिल्नेछ । बाली शृङ्खला पूरा गर्नकै लागि यसको उपयोग गर्न सकिन्छ । जमिन र माटोको विश्लेषण गर्न, बिऊबिजन छर्न तथा रोप्न, किटनाशक औषधी छर्कन, बाली निगरानीगर्न, सिँचाई गर्न, बाली स्वास्थ्य उपचार गर्न समेत ड्रोनको प्रयोग गर्न सकिने अवस्था हुँदैछ । स्याटेलाइटको प्रगोगलाई पनि उच्च प्राथमिकता दिइँदैछ । हाम्रो जस्तो देशको तराई क्षेत्रमा स्मार्ट फार्मिङ सहजभए पनि पहाडि र हिमाली भेगमा भने अलि गाह्रो त हुनेछ तर असंभव भने छैन । 

कृषिलाई स्मार्ट बनाउनका लागि जनशक्ति पनि प्रविधिको प्रयोग गर्न पोख्त चाहिन्छ । कतिपय त परम्मरागत कृषि पद्धतिमा आबद्ध मानिसलाई तालिम दिएर सबल बनाउन सकिन्छ । तर उच्चस्तरको प्रविधि सञ्चालनगर्न सक्ने प्रविधिमैत्री जनशक्ति उत्पादनगर्नका लागि अहिले देखि नै राज्यले ध्यान पु¥याउनु पर्दछ । यसैगरी पुरानो कृषि प्रणालीमा संलग्न जनशक्ति बेरोजगार हुने संभावनालाई ख्यालगर्दै आयआर्जन र विकासका विभिन्न क्षेत्रमा स्थानान्तण गर्न समेत ठोस योजना बनाउन अग्रसर हुुनु पर्दछ । शुरुआत कालमा ‘स्मार्ट फार्मिङ’मा उल्लेख्य मात्राको आर्थिक लगानी आवश्यक पर्ने भएकाले यस क्षेत्रमा लगानी प्रवद्र्धनका लागि ठूलो मेहनत गर्नुपर्ने खाँचो रहेको छ । 

नेपालमा कृषि मन्त्रालय अन्तर्गत वि।सं। २०१० सालमा कृषि इन्जिनियरिङ एकाइको स्थापना भएपछि कृषि तथा पशु फार्महरूका लागि आधुनिक कृषि औजारहरू भित्र्याउने र परीक्षण गर्ने काम शुरु गरियो । कृषिमा यान्त्रीकरण प्रक्रियाले गति लिन नसक्दा अहिले पनि मुलुकको कृषि क्षेत्रमा मुलतः परम्परागत हाते यन्त्र र जमिन तयार गर्न पशुद्वारा सञ्चालित काठे हलोमा नै निर्भर रहेको पाइन्छ । विस्तारै तराई र पहाडी उपत्यकाहरूमा कृषि कर्मका लागि आधुनिक उपकरणहरूको प्रयोग हुन थालेको छ । तर खाद्य सुरक्षाको सृदृढीकरण र कृषि उपजमा आयात प्रतिस्थापनगर्न कछुवाको गतिमा हिँडेर संभव हुँदैन । विगतका कृषि सम्बन्धी राष्ट्रिय नीति तथा योजनाको समीक्षा गरीकन त्यसबाट उपयुक्त शिक्षालिँदै र अन्तर्राष्ट्रिय प्रयासको अनुशरण गर्दै कृषिमा आधुनिकीकरण गर्नुको विकल्प छैन । कृषि प्रवद्र्धन नीति, २०७१ ले औँल्याएझैँ कृषि यान्त्रीकरणद्वारा कृषिजन्य वस्तुको उत्पादकत्व बढ्ने, लागत न्यूनीकरण हुने, उत्पादित वस्तुको गुणस्तर कायम राख्न सघाउ पुग्ने र औद्योगीकरणले तीब्रता हासिल गर्नेछ । अनि नेपालको संविधान २०७२ ले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वमा परिकल्पना गरेझैँ कृषिको व्यवसायीकरण, औद्योगीकरण, विविधकरण र आधुनिकीकरण हुनेछ । 

बढ्दो जनसंख्या, सामाजिक तथा जनसांख्यिकीय फेरबदल, तीब्र शहरीकरण, जलवायु परिवर्तन, स्मार्ट कृषि प्रविधिको उन्नयन, जैविक प्रविधिको विकास, विश्वव्यापार अभिबृद्धि, बदलिँदो अन्तर्राष्ट्रिय कानून तथा सम्झौताजस्ता कारणले स्मार्ट कृषिलाई मुलुकमा तीब्र रूपमा बढाउनु पर्ने खाँचो छ । कृषि र खानाको इन्टरनेट ९अन्तरजाल० सुदृढ तुल्याउन सक्दा नै दिगो कृषिविकास तथा सुखी र समृद्ध मानव समाज निर्माण गर्न संभव छ । 

विकसित पश्चिमा मुलुकहरूमा आधुनिक विज्ञानले सूचना प्रविधि विकास गर्र्न सहज तुल्याएको र शिक्षाको विकास भएकाले ‘स्मार्ट फार्मिङ’ मा जोड दिन सजिलो भएको छ । कृषि कर्मतर्फ झुकाव घटिरहेको र जापानजस्ता देशमा बुढ्यौलीको जनसंख्या बढिरहेको परिवेशमा परम्परागत कृषि प्रणालीको ठाउँमा ‘स्मार्ट फार्मिङ’ वैकल्पिक माध्यम बनिरहेको छ । यद्यपि‘स्मार्ट फार्मिङ’ को अवधारणा कार्यान्वयनहुँदा सूचना सुरक्षाको सवालभने गम्भीररूपमा उठ्न सक्छ । मानव अधिकारको अवधारणा र अन्तर्राष्ट्रिय कानूनको परिपालनामा आघात पर्न नदिने जवाफदेहि नवप्रर्वतन हुनुपर्दछ ।

अब परिणाममुखी अनुसन्धान र विकासलाई कृषि प्रणालीसँग जोड्न पछि पर्नु हुँदैन । प्राज्ञिक एवं वैज्ञानिक अनुसन्धानमा फड्को मार्न नसक्दा सामाजिक आर्थिक समृद्धिको यात्रालाई निश्चित रुपमा धक्का पुग्दछ । कृषि प्रणालीमा पूर्वाधार विकास दिगो र विस्तारित हुन सक्दैन । यस वास्तविकतालाई गहिरोसँग आत्मसातगर्दै स्वदेशका विभिन्न विश्वविद्यालयहरु, कृषि र पशु विज्ञान विश्वविद्यालय, नेपाल कृषि अनुसन्धान परिषद्, नवप्रवर्तन तथा आविष्कार केन्द्र, प्राज्ञिक संस्था तथा अध्ययन अनुसन्धानका क्षेत्रमा समर्पित संस्थाहरुलाई समन्वयात्मक रुपमा अग्रसर हुन प्रोत्साहितगर्दै ‘स्मार्ट फार्मिङ’ को विस्तार तथा विकासमा लगाउनु पर्दछ । सु–शासन, पारदर्शीता, उत्तरदायित्व र इमान्दारिताका साथ राज्य संयन्त्र, निजी, सहकारी तथा सामुदायिक क्षेत्र लाग्ने हो भने प्रकृति र संस्कृतिको वैभव नेपालले चाँडै नै ‘स्मार्ट फार्मिङ’ बाट प्रतिफल हासिलगर्न सक्नेमा विश्वास गर्न सकिन्छ । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg