himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

युवा ,आफ्नो जिम्मेवारीमा सचेत बनौ !परिवर्तन आफै आउछ - सानोभाई कार्की

sanobhai-1712977745.jpg

आज मुलुकले आह्वान गरिरहेछ ,हे युवाहरु हो आउ म सङ भएको अथाह शक्तिलाई उपयोग गर !परिवर्तनको चहाना तिमिहरुमा छ र चहान्छौ भने असिमित शक्तिलाई भनेर होइन गरेर देखाउ ! म चिच्याइरहेछु ,यहाँ सुन्नेहरुको अभाव भयो।सुन्नेहरुले सुनेमात्र गर्न बाकी रह्यो ।एकपटक गहिरिएर हेर त !हिमाल चिन्ता गरिरहेछ ,आज शक्तिशालीहरुको स्वार्थले मेरो अस्तित्व धरापमा पर्दैछ ,झनै चिन्ता छ ,परिवर्तित जल उपयोगबिहिन खेर गैरहेछ ।जङल दुखी स्वरमा ललकारिरहेछ ,मृतसन्जीवनी बोकेको मेरो शक्ति कोही कसैले चिन्न सकिरहेको छैन ।पहाडहरु मौन छन ,बस्तिहरु निराश छन ।युवाहरुको आशा निराशामा बदलिदैछ ।तराई र भित्री मधेशका उर्वरा भुमिहरु तड्पिरहेछन ,सिंचाइको अभावमा काकाकुलको कथा बोकेकामात्र छैनन ,उर्बराभुमिको उर्वरताको शक्तिले जुवाको दाउ जस्तै मौकाको पर्खाइमा रहनु पर्दा एकातिर उस्को शक्ति ,क्षमता प्रदर्शनमा हारेको महशुस त भएकै छ ,मुलुकबासीको बाच्नकोलागी प्राप्त स्वावलम्बिता पराबलम्वितामा रहनु परेको छ ।स्वाभिमानले सहारा लिनु परेको छ ।पहाडबाट झरेका झरनाहरुको सुमधुर यात्रामा डुब्ने अवसर,रङीचङी चराचुरुङीहरुको सुमधुर स्वरहरुबाट निस्कने,ध्वनीहरुकोश्रवणबाट हुने मन्त्रमुग्धता,बिबिध मौसममा फुलिरहने फूलहरु ,झुलिरहने बोटबिरुवाहरु ,बाग र बुट्यानहरुको प्राकृतिक स्वरुपहरुको रसास्वाधन गरेर समयको उपयोग र आत्मसन्तुष्टि लिन चहाने जमातहरुलाई भित्र्याउने ,देखाउने र टिकाउनेसोच ,क्रियाकलाप र योजनाहरुको अभावमा जन्मदै मर्दै गर्नु परेको परिस्थितिमा मुलुकले आह्वान गरिरहेछ !हे युवाहरु जुट ,अघि बढ ,भुमिकामा आउ अनि यी एकपछी अर्को बहानामा खेर गैरहेको अदित्तीय श्रोत र साधनलाई उपयोग गर ,देशलाई सुन्दर ,अनि सम्वृद्द बनाउ ,जनतालाई लखेट्ने होइन भित्र्याउ ,अड्याउ र उनिहरुको रहेको शक्त्तिको प्रयोग गरेर जनतालाई सुखी बनाउ ,खुशी बनाउ ।हेर सन्सारका कैयौ मुलुकहरुमा शक्तिलाई आयात गरेर मुलुकको परिवर्तन गरेका !यहाँ असम्भव छैन ,असम्भव त केबल मूर्खहरुको डायरीमामात्र हुन्छ भन्ने वाक्यलाई सापट लिदा गलत हुदैन ।यदि यहाँ अभाव छ भने केबल सोचको अभाव छ ,उपयुक्त्त ब्यक्त्तिको अवसरको अभाव छ ,र केवल अवसर पाएकाहरुको दृष्टिकोण को अभाव छ ,त्यो दृष्टिकोणलाई वास्तविकतामा बदल्ने प्रतिबद्दताको अभाव छ ।
   वास्तवमा युवाहरु तिनै हुन जो उमेरले १८ वर्ष पुगेका ४० ननाघेका ।उमेरले मात्र युवाको परिभाषित गर्दा सबैमा न्याय हुदैन ।त्यो उमेर समुहमा रहेको शारीरिक र मानसिक स्वस्थता,जिम्मेवारी प्रतिको हौसला अनि दृढता ,परिवर्तनको चहानामा रहेको लगनशीलता ,आफ्नो उपस्थितिमा अरुमा प्रकाश छर्ने क्षमता ,क्षमतामा नम्रता ,ब्यबहारमा सरलता ,कार्य सम्पन्नतामा सहजता ,अनुशासनमा लौहता ,प्राप्तिमा गम्भीरता अनि अवसर नपाउदा पनि धैर्यता र सहनशिलता रहेकैहरुबाटमात्र मुलुकले आह्वान गरेको आह्वानको सम्बोधन गर्न सक्ने तथ्यमा अडिग रहेका र तेस्को अवसरको खोजीमा रहेकाहरु यथार्थमा युवाहरु हुन । युवाहरु तिनै विशेषताका प्रतीक हुन । चहाना निजि हो ।परिस्थितिलाई यथार्थतामा बदल्ने युवाहरुको दायित्व हो ।त्यो दायित्व ठिक समयमा ठिक निर्णय गर्दामात्र परिणाममा बदलिन सक्छ ।अवसरको प्राप्ती पछि उस्को ब्यबहारले,कृयाकलापले , नतीजालेमात्र छुट्याउन सक्छ कि बोली र ब्यबहारको भिन्नता ।
    वास्तवमा !असम्भब केही छैन ,असम्भव छ भने हामीभित्र रहेको विश्वासको ,दृढताको ,योजनाको ,योजनालाई लक्षमा पुराउने र परिणाममा झल्काउने प्रतिबद्धताको ।यही क्षणमा उपयुक्त यस घडीमा ,युवाहरुको यो महासागरमा डुबुल्की मार्न र आफ्नो चहाना ,क्षमता र शक्त्तिलाई प्रयोग गरि मुलुकले खोजेको ,समाजले चाहेको ,हरेक ब्यक्त्तिहरुको खोजीमा अन्तर्निहित आफ्नो देशमा ,आफ्नो परिवारसङै रहेर रमाउदै आफ्नो मानसिक र शारीरिक श्रम शक्त्तिको प्रयोगले मुलुकलाई सम्वृद्द , जनतालाई खुशी र सुखीको आवश्यकताको परिपूर्तिमा आफ्नो दिमागले सोचेको ,नयनले देखेको ,कर्णले श्रवण गरेको ,बिबेकले ठहर गरेको अनि बुद्धिले निर्णय गरेको मनन गरेको क्षणलाई यथासक्य मनस्थितिलाई परिस्थितिमा बदल्ने अवसरको खोजी युवाहरुको फोरमबाट नै हुन सक्ने ठहर  मननीय छैन र ?तर परिस्थितिले यी सबै बकबास साबित हुन पुगेको छ। केबल कल्पनामा सिमित रहेको देखिन्छ ।
यहाँ प्रश्न उठ्छ किन ? बाधक के हो ? के परिवर्तन नभएकै हो र ? युवाहरुले केही नगरेकै हुन त ? मुलुकमा पटकपटक भएको क्रान्तिले परिवर्तन ल्याएको छैन र ?
उपर्युक्त खुल्दुलीहरुलाई निदान गर्न  यी दुई भावपूर्ण शब्दहरुमा केन्द्रित हुनु कसो होला ?
पहिलो - आशान्वित परिवर्तन हुन नसक्नुको कारण !
दोश्रो - परिवर्तन भयो भन्दै नथाक्ने हामीहरुको उत्तरमा देखिने परिणाम !
  तथ्यलाई खोजी गर्नकालागी एकपटक हामी पहिलोको चर्चातर्फ ध्यान लगाउ कि आशान्वित परिवर्तन हुन नसक्नुको कारण के हो ?
  मुलुकको सम्वृद्दी नीतिको निर्माण र त्यसको कार्यान्वयनबाट हुन्छ ।नीति निर्माण गर्नको निम्ति दूर दृष्टि चाहिन्छ ।दूर दृष्टिलाई दृष्टिकोण भनिन्छ ।परिवर्तनको नीति मिल्नेहरुको एकीकृत स्वरुप संगठनात्मक पद्धति हो । सङठन निर्दिष्ट उद्देश्य पुर्ती गर्ने र सो बाट समाजको आवश्यकता र निरुपित श्रमिकहरुको पेशागत समस्या समाधानमा निहित हुन्छ ।हुनुपर्दछ । यो दृष्टिकोणमा आधारित सिद्धान्तबाट संचालित  हुन्छ।सङठनको बृहतस्वरुप पार्टी हो । जहाँ पृथकपृथक उद्देश्यहरुबाट निर्मित सङठनहरुको स्वार्थलाई प्रतिनिधित्व गर्दछ ।निर्देशक र परिचालकको भुमिका निर्वाह गर्दछ र गरिनुपर्छ ।यी सबै स्वार्थहरु चाहे सङठनको होस वा दल पार्टीको त्यो राष्ट्रिय स्वार्थसङ जोडिएको हुनु अनिवार्य शर्त हो । यसो हुदाहुदै पनि आशान्वित परिवर्तन हुन नसक्नुको कारण के हुन सक्ला ? यस्का पछाडिका कारणहरु यसो हुन सक्ला कि ?
१) राष्ट्रको राष्ट्रिय स्वार्थमा राजनैतिक पार्टीको स्पष्ट लक्ष नहुनु ।
२) राष्ट्र सम्वृद्दीको नारा चर्को लगाउने तर योजना नहुनु ।शिक्षालाई उत्पादनसङ नजोड्नु ,भएका उध्योगधन्धा र कलकारखानाहरुमा राजनीतिक प्रभावमा खोल्नुको सट्टा बन्द हुँदा सन्तोष मान्नु ।
३) दलहरु राष्ट्र निर्माणकार्य भन्दा सत्तारोहणको लागि पूर्ण शक्ति केन्द्रित गर्नु ४) भातृ संघ सङठनहरु राष्ट्रिय स्वार्थमा भन्दा दलीय स्वार्थमा लिप्त हुनु ।
५) राज्य सन्चालन बिधिमा भन्दा ब्यक्तिको सोच र बुझाईको मुल नेतृत्वको चहानामा हावी हुनु ।
६) एक दल र अर्को दल बीच आरोप प्रत्यारोप हदैसम्मको हुँदा समर्थक ,शुभचिन्तक र कार्यकर्ताहरुले तदनुरुप धारणा निर्माण गर्नु ।फलत राजनीतिप्रतिको चासो भन्दा निराशामा ,बैराग्यतामा र घृणामा बदलिनु ।
७) शासन बिधिको नहुदा नातावाद ,कृपावादको दलदलमा फस्नु र भ्रष्टाचारको उचाई चुलिनु ।
    उपर्युक्त तथ्यहरु र यस्तै परिस्थितिमा रुमल्लिएका युवाहरुले आफ्नो देशमा भविष्य नदेख्नु ,यहाँ कुनै सम्भावना छैन भन्दै रोजिरोटीको लागि आफ्नो मानसिक र शारीरिक चिन्तन र श्रमलाई अर्काको मुलुक बनाउन खर्चिनु विडम्बना होइन र ?यसैको परिणामस्वरूप आज गाउँ घर युबा बिहिन हुनु ,उच्च शिक्षाको उपयोगमा सम्भावनाको बदलामा अन्धकार मात्र देख्नु र दिन दुगुणा रात चौगुणाको दरले युवा पलायनतालाई कसरी बुझ्ने ?
    हिजोको परिस्थितिमा एकदलीय शासन थियो ।हुकुमी शासनमा मुख बन्द थियो ।जानेको र बुझेको कुरा बोल्नु लेख्नु अपराध मानिन्थ्यो र सजायको भागीदार हुन्थ्यो । अति जे भए पनि खती हो भन्ने मान्यता अनुरुप क्रान्ति भयो ।परिवर्तन भयो ।निरंकुश तन्त्रको अन्त भयो ।लेख्न ,पढ्न र बोल्न पाइयो ।भनौ मुख खोलियो । तर कान बन्द गरियो ।आँखा बन्द गरियो ।यस्लाई परिवर्तन भनियो ।सारमा ब्यबस्था बदलियो अवस्था ज्यु का त्यु रह्यो ।किनकी हिजो आफ्नो पहुचमा शक्ति र श्रोत नहुदा जे जे भनियो ,आफ्नो पालामा सुधारिएन ।त्यसैको अनुशरणमा समय बिताइयो ।परिवर्तनमा आउनु पर्ने संस्कार ,शैली र पद्धतिमा जन आभास हुने गरि प्रत्याभुत हुने गरि जनताले आत्मानुभुत गर्न नपाउनु के यस्को कारण होइन र ?
दोश्रो - बुझ्नै नसकिनेगरी जनताले उपभोग गरिरहेको पक्ष के हो भने एउटै नेताले एक पक्षमा हो भन्छ र उसैले सोही विषयलाई होइन भन्छ ।उहीँ ब्यक्ति सत्तामा रहदा सम्भावना नै सम्भावना देख्छ ।आफुले गरेका कीर्तिहरु जनतालाई बिश्वस्त पार्दै हिड्छ जब उ सत्ताबाट बाहिरिन्छ ,नकारात्मक मात्रै देख्छ र बहकिदै हिड्छ । यसो हुनुको मुल कारण राष्ट्र निर्माणकार्यमा स्पष्ट दृष्टिकोणको अभाव भन्नू कोही कुनै प्रती आग्रह पूर्वाग्रह होला र ? परिवर्तित राज्य सन्चालन बिधिले हिजोको एकतन्त्रीय शासन व्यवस्थाको ठाउँमा बहुदलीय व्यवस्थाले स्थान पायो ।केन्द्रिकृत श्रोतलाई बिकेन्दृकरण गरियो ।तल्लो तहसम्म श्रोतको बाडफाड गर्ने अधिकार सुनुस्चित गरियो ।श्रोतको बाडफाडमात्र होइन श्रोत संकलनको अख्तियारीसम्म दिनु आफैमा सुधारिएको मान्नु पर्छ ।यद्यपि त्यो हक र अधिकारलाई कसरी प्रयोग गरियो ?विधि र पद्धतिमा रह्यौ वा आफुके जानेकोलाई मान्यौ ?  हाम्रा लगानीका क्षेत्रहरु र तिनिहरुले ल्याएको वर्तमान परिणामलाई छर्लङ्याइ रहेको छैन र ? शिक्षा ,स्वास्थ्य ,सुरक्षा ,गाँस ,बास ,कपासको प्रबन्ध गर्न ,उत्पादित क्षेत्रमा लगानी गरि  जनताहरुको क्षमता अभिवृद्धि गर्न शिक्षामा सीप बिकास ,बिकसित सीप र ज्ञानलाई स्थानीय श्रोत र साधनको परिचालनबाट स्वरोजगारमा वृद्धि र उत्पादनमा जोड गर्यौ ? यसो गरेको भए आज यो अवस्थाको सिर्जना किन भयो ?कसरी भयो ?नेताहरुले बोल्दै गरेको भाषण र हामी आफ्नै भोगाइको बिचमा तालमेल छ कि छैन ?
    सुनिन्छ ,नेताहरुको लगानी मुलुक बाहिर घनिभुत छ ।उनिहरुका बालबालिकाहरु मुलुक बाहिर अध्ययनरत छन ।रोजगारमा बाहिर नै कमाउछन अनि रमाउछन !अनि धन कमाइसकेपछी नामका खातिर मुलिक बनाउने बहानामा नाम कमाउन देशभित्र प्रबेश गर्छन ।अत्तालिएका र दिग्भ्रमित नागरिकहरुलाई आश्वासन बाड्छन ।त्यो भुलभुलैया हो वा वास्तविकता ? छुट्याउन नसक्दा फेरि अल्मलिनुको बिकल्प भेट्टाउदैनन ।
      अत समस्त युवाहरु ! यी सबै परिस्थितिमा अब अल्मलिने सुबिधा युवाहरुमा छैन ।किनकी यो ध्रुब सत्य हो कि हाम्रो मुलुक अरुले कहिल्यै बनाइदिदैनन ।यदि हामी हाम्रो देशलाई समुन्नत हेर्न चहान्छौ भने बनाउने हामीले नै हो ।यस्का लागि युवाहरु जुट्नुको बिकल्प कदापी छैन ।युवाहरुमा भएका नविनतम सोच र चिन्तनलाई स्थापित गर्न ,वस्तविक रुपमा एकपछि अर्को गर्दै बित्दै गएको समयलाई सदुपयोग गर्न ,अग्रजहरुबाट आशा गरिएको ,विश्वास गरिएको तर परिणाम नभेट्टाएकोलाई आत्मसात गरि उनैका पछि लागेर होइन ,अघि बढेर दलको छहारीभित्र लुकेर होइन दलभन्दा माथी उठेर राष्ट्र निर्माणकालागी बालकालको चुल्बुलाहट र युवा अवस्थाको अनुभवलाई समेट्दै असम्भव भित्रको सम्भावनाको खोजी गर्न विश्वका बिकसित देश कसरी बिकसित भए ? कस्ले ती देशहरुको बिकास गरे ? कसरी गरे ?अनुभवलाई आधार मानेर ,विश्वासलाई आत्मसात गरेर अग्जि बढ्नु जरुरी छ ।उदाहरण स्वरुप समुद्रमुनिको देश हल्यण्डको निर्माण ,मरुभूमिलाई हराभरा बनाउन इजरायलको मिहेनत ,जमिनमुनि सहरको निर्माण गर्ने दक्षिण कोरिया ,आर्थिक बिकासमा विश्वलाई जित्ने चीन ,बिकासोन्मुख देश कै कित्तामा रहदारहदै शक्ति राष्ट्रको पन्क्तिमा पुगेको भारत ,एक एक क्षेत्रमा विशिष्टता हासिल गर्ने अमेरिका ,रुस आदिबाट सिकाइ सिक्दै र कर्त्ब्यलाइ धर्म मानेर  ,पदलाई अवसर मानेर ,योग्यता र सीपलाई गौरव मानेर ,क्षमतालाई वरदान मानेर अब हामी हाम्रो देश निर्माणमा समाहित हुनु र  समयको आह्वानलाई सम्बोधन गरेर आखामा देश ,चिन्तनमा देश ,परिकल्पनामा देश ,यत्रतत्र सर्बत्र मेरोदेश र जनतालाई सर्वोपरी राख्दै जुटौ ,अघि बढौ किनकी देश आफै बन्दैन बनाउने नै हो ।यो युवाहरुको पहिलो र अन्तिम दायित्व हो ,कर्तब्य हो र धर्म  हो ।
                        

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg