Friday, 10 May, 2024
थाहा नगर

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)

1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको छ।
प्रत्येक १२ बर्षमा देखाइने नाच २०७९ देखि सुरु गरि २०८१ बैशाख १५ गते समापन गरिएको हो।
नाचमा,विभिन्न,देवी,देवताहरु  गणेश,सातकन्या,सेतीदेवी,बज्रवाराही,पाँच कन्या,भैरव,चुनी,सिकारी,महादेव,पार्वती,गंगा लगायतका देवदेवीहरुको नाच र तानसेन र चन्द्रसेनको कथामा आधारित नाटक देखाइने कुन्छालका मुल गुरु ज्वारीलाल गोपालीले बताए।
यता थाहा नगरपालिका २ श्री ईन्द्रायणी बस्ती  देउला टोलमा  लोप हुँदै गएको ऐतिहासिक अर्चुरो र बन्यो  राजा को कथा मा आभारित १२ बर्ष को नाच  २९ बर्ष पछि देखाइएको छ।
मुल गुरु साहिला देउलाका अनुसार २९ बर्ष पछि पालुङको देउला बस्तिमा नाच देखाइएको हो। 
१२ बर्ष ऐतिहासिक नाच संचालन समितिका अध्यक्ष सानुकान्छा  देउलाका अनुसार २०७९ कार्तिक १९ गते देखि देखाउन सुरु भएको नाच ११ खट सम्म सफलता पुर्वक सम्पन्न गरि १२ खट तिथि अनुसार सकाउनु पर्ने भएको ले तिथि हेराउदा मिति २०८१ बैशाख १५ गते सम्म मात्र जुर्न गएको हुदा टोल सबै को सल्लाह ले २०८१ बैशाख १३ गते देखि सुरु गरि १५ गते श्री ईन्द्रायणी मन्दिरमा साङगे गरि श्री ईन्द्रायणी माई को मन्दिर मा लगेर सकाउने निर्णय गरिएको थियो।  
सोही अनुरुप विधि बिधान अनुसार १२ बर्ष नाचको समापन गरिएको हो।
नाचमा प्रत्यक खटमा विभिन्न देवी देवता सिद्धि गणेश, बाल कुमारी ,इन्र्द्रयणी , बज्रबाराही ,रक्षा काली, वन देवि ,महा भौरव लगाएतका देवदेवीहरुको पुजाआजा                                             सहित नाच देखाइन्छ।


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...