pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे

DSCN4807-1714313841.JPG

 

मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा रहेको थाहा नगरपालिकामा जनता टिकाउनै मुस्किल भएको तथ्याङ्कले देखाएको छ । थाहा नगरपालिका एमआइएस सेवा ईकाईको तथ्याङ्क अनुसार विगत ४ वर्षमा बसाइइसरी आउनेको तुलनामा बसाइसरी जानेको तथ्याङ्क तीन गुणा बढि रहेको छ ।

स्रोत: एमआइएस सेवा इकाई, थाहा नगरपालिका ।

एमआइएस सेवा इकाई प्रमुख रुपक कार्कीका अनुसार वि.सं. २०७७ सालदेखि २०८० सालसम्म पालिकामा जम्मा ९० परिवारका २ सय ९२ जना बसाइसरी आएका छन् । सोही अवधीमा २ सय ८८ परिवारको १ हजार ७२ सदस्य बसाइसरी अन्यत्र गएका छन् । सबैभन्दा बढि बसाईसरी जाने जाने २ नम्बर वडाका नागरिक रहेका छन् । ४ वर्षमा २ नम्बर वडाका ५६ परिवारका २ सय ३५ सदस्यले गाउँ छाडेका छन् । दोस्रोमा ७ नम्बर वडाबाट ३३ परिवारका १ सय १७ जना र तेस्रोमा ५ नम्बर वडाका २७ परिवारका ८१ जना बसाइसरी वडा छोडेका छन् । सबैभन्दा कम बसाई सराई हुने वडा भने ८ नम्बर रहेको छ । ८ नम्बर वडाबाट ४ वर्षमा जम्मा ९ परिवारका ३३ जना मात्र बसाइसरी गएका छन् ।

बसाइसरी आउनेको तथ्याङ्क भने निकै कमजोर छ । यद्यपि बसाइ सरी आउनेहरुको रोजाइको वडा भने ६ नम्बर रहेको छ । चार वर्षमा कुल बसाइ सरी आएका ९० परिवार मध्ये २१ परिवार ६ नम्बर वडामै आएका छन् । दोस्रोमा १ नम्बर वडा रहेको छ । यस वडामा १२ परिवारका ४८ जना अन्यत्रबाट बसाइसरी आएका छन् । त्यस्तै ११ परिवारका ४५ जना बसाईसरी आएको ३ नम्बर वडा तेस्रो रोजाईमा परेको छ ।

वि.सं. २०७७ देखि २०८० सम्मको बसाईसरी आउने/जानेको तथ्याङ्क । स्रोत: एमआइएस सेवा इकाई, थाहा नगरपालिका ।

बसाईसरीको वार्षिक तथ्याङ्क हेर्ने हो भने थाहा नगरपालिकामा २०७७ सालमा ११ परिवार बसाईसरी आएका छन् । सोही वर्षमा ६४ परिवार अन्यत्र गएका छन् । तथ्याङ्क अनुसार २०७८ सालमा ३७ परिवार बसाईसरी आउँदा ७७ परिवार बसाइसरी गएका छन् । २०७९ सालमा २५ परिवार बसाइसरी आएका छन् भने ९३ परिवार बसाई सरी गएका छन् । त्यसैगरी वि.सं. २०८० सालमा १७ परिवार बसाईसरी आउँदा ५६ परिवार बसाईसरी गएको तथ्याङ्क रहेको एमआइएस सेवा इकाइका फिल्ड सहायक अच्युत विडारीले जानकारी दिए ।

 

 

 

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...