Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

हामी कोही मुलुकप्रती जिम्मेवार भएनौ !! - सानोभाइ कार्की

sanobhai-sir-1709018739.jpg

 

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा आयोजित मुलुक भरका शिक्षकहरु काठमाडौ केन्द्रित आन्दोलनमा मिति २०८० असोज ३ गतेबाट सम्मिलित थिए ।आन्दोलनले आशान्वित भन्दा माथिको रुप लियो ।शिक्षकहरुको उपस्थिति अनुमान भन्दा ज्यादै बढी थियो ।फलतः आयोजकले ब्यबस्थापनमा ,प्रशासनले नियन्त्रणमा र सहभागीहरुले उपयुक्त निर्देशनमा अन्यौलता महशुस गरिरहेको क्षण मननीय थियो ।आन्दोलनको उपयुक्त ब्यबस्थापन हुन नसक्नुको परिणाम अराजकतामा बदलिनु स्वभाविक मानिन्छ ।पत्रकारहरु ब्यक्तिगत र संस्थागत रुपमा मत मतान्तरणमा सहभागी हुनु,अभिभावकहरुको आ आफ्नो बुझाईको अभिव्यक्ति रहनु ,सरोकारीहरु बीच समर्थन र बिरोधका स्वरहरु गुन्जमान हुनु सरकारको लागि चुनौतीपूर्ण हुँदै गएको थियो ।आयोजकका अगुवा नेतृत्वहरुलाई पनि समयसापेक्ष उपलब्धि प्राप्तिको अवसर नगुमाउन सजग सतर्क थिए ।यही बेला असोज ५ गते आन्दोलनकारी र सरकार बीच आधिकारिक वार्ता गरेर आन्दोलन टुङ्याउने तरखरमा सरकार थियो ।
    नेपालशिक्षक महासङको तर्फबाट आवद्ध सम्वद्द सन्स्थाका उपलब्ध शीर्ष नेतृत्वहरुको शिक्षा मन्त्रालय स्थित शिक्षा सचिबको कार्य कक्षमा पुग्दा शिक्षा मन्त्रालयको तर्फबाट तयार गरिएको २ पृष्ठको बुदागत सहमती हुन सक्ने लिखित कागज शिक्षा सचिव सुरेश अधिकारीबाट हस्तान्तरण गर्दै भन्नू भयो कि यहाँ हाम्रो तर्फबाट तयार गरिएको बुदाहरु छन ।नेपाल शिक्षक महासङमा आवद्ध सम्वद्द सबै नेतृत्वहरु छलफल गर्नु होस तेसपछि दुबै पक्ष बसेर छलफल गर्ने र सरकारको तर्फबाटका वार्ता संयोजक माननीय उपप्रधानमन्त्री एबम गृहमन्त्री नारायण काजी श्रेष्ठ ,सदस्यहरू माननीय शिक्षा  मन्त्री अशोक कुमार राई ,कानुन मन्त्री ,उर्जा मन्त्री ,अर्थमन्त्री / प्रतिनिधिहरुको टेबलमा लाने र यसरी लादा हामीले तयार गरेको र नेपाल शिक्षक महासङका सबै संस्थाहरुले बेलाबखत उठाएका माग र मुद्दाहरूको समायोजित रुपलाई वार्ता टेबलमा लाने ,जुन शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङको पक्ष एक हुनेछ ।
   शिक्षा सचिबले यी अभिव्यक्ति दिदै गर्दाका आन्दोलनकारीहरुको लागि प्राप्त अवसर मेरो बुझाइमा :-
१) शिक्षा नन्त्रालय र नेपाल शिक्षक महासङ साझा  मुद्दामा केन्द्रित हुनु ।
२) शिक्षकका आवद्द सम्वद्द संस्थाहरुलाई मन्त्रालयले तयार गरेको खाकामा आ आफ्नो पेशागत तथा समसामयिक माग र मुद्दाहरूको समावेश गरि ल्याउने अवसर प्रदान हुनु ।
३) मन्त्रालयले तयार गरेको र आवद्ध सम्वद्द सन्स्थाहरुले उठान गरेकोलाई पुनः छलफल गरि एक रुप दिने अवसर प्राप्त हुनु ।
  वास्तवमा यी अवसरहरुको प्राप्ति संगै शिक्षा मन्त्रालयको सभा हलमा प्रवेश गरेका शिक्षकहरुमा पर्याप्त तयारीको अभाव देखियो ।
१) प्रथमतः ३ महले ( वर्तमानमा सरकारी ब्यबस्था ,सरकारले ल्याएको प्रस्ताव र हाम्रो माग ) खाकाको अभाव ।
२) दोश्रो आवद्ध सम्वद्द संस्थाहरुको बटम लाइनको अभाव ।
३) तेस्रो वार्ता गर्ने र निकाश निकाल्ने अपेक्षाको कमी ।
४) आन्दोलनमा शिक्षक कर्मचारीहरुको उपस्थितिप्रती गौरव ।
५) आन्दोलनको उठान र बैठान  नेतृत्व कै जिम्मेवारी बोधको कमी ।
उपरोक्त परिस्थितिको उपज केही क्षणको छलफल पछि बिना निष्कर्ष समूह उठ्यो र बिना तयारी शिक्षा सचिवको कार्य कक्षमा प्रवेश गरियो ।यद्यपि शिक्षा सचिवको सदासयताले पुन छलफल गरि यथासम्भव माग र मुद्दाहरुको एकाकार गरियो।यो सुखद पक्ष मान्नु पर्छ । यसपछि शिक्षा मन्त्रालयका प्रतिनिधिहरु  र महासङका सबै  नेताहरुको समूह गृह मन्त्रालय प्रवेश गरियो ।गृह मन्त्रालयमा वार्ता समितिका संयोजक माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायण काजी श्रेष्ठ ,शिक्षा मन्त्री माननीय अशोक कुमार राई ,कानुन तथा न्याय मन्त्री ,उर्जा मन्त्री,सन्चार तथा सुचना मन्त्री एबम प्रबक्ता ,कानुन सचीव ,अर्थ सचिव शिक्षा सचिव ( टोलीप्रमुख) हरुको उपस्थिति थियो।मानौ आन्दोलन ब्यबस्थापनका लागि सर्वोच्च अंग उपस्थित सो अवसरमा बूदागत छलफल प्रारम्भ भयो ।
पेशागत आन्दोलनका नेतृत्वहरुले  आफ्नो पेशालाई सुरक्षित ,मर्यादित र सम्मानित पार्ने प्रयास गर्नु कर्तब्य नै हो ।राज्यले उपलब्ध श्रोत र साधनको ब्यबस्थापन र राज्यलाई सम्वृद्द पार्ने प्रयास राज्य सन्चालकहरुको कर्तब्य र दायित्व हो नै ।यस बिचमा छलफल हुँदै लामो समयपछि वार्तामा  कठिनताकासाथ सहमति भयो ।आन्दोलन कारीका केही पक्षको असहमतिको वाजुद हस्ताक्षर गरियो ।यी बुदाहरु क्रमशः कार्यान्वयन हुँदै जालान आशा गरौं ।नभए पुन आन्दोलनको बिकल्प छैन ।यो चलिरहने प्रक्रिया हो ।किनकी आन्दोलन प्राप्तिको लागि हुन्छ भने सहमति कार्यान्वयनको लागि हुने गर्दछ।
 यहाँ उल्लेख गर्न खोजिएको र वार्ताकै क्रममा माननीय उपप्रधानमन्त्री एबम गृह मन्त्री नारायण काजी श्रेष्ठले अत्यन्तै भावुक भएर उजागर गरेको मार्मिक र यथार्थपरक वाक्य - हामी कोहीपनी राज्यप्रती जिम्मेवार भएनौ - भन्ने भनाइप्रति वार्ता समुहको सदस्य मलाई मनैदेखी छोयो ।वहाले अगाडि व्यक्त गर्नु भयो ।हामी राजनीतिक दलपार्टीहरु जो मुलुकको अवस्था परिवर्तनका खातिर गठन भएको र व्यवस्था बदलेर  कृयाशील छौ,यो देशका कर्मचारीहरु जो आफ्नो क्षमता,बल र बुद्धिले बिकृती र बिसङती निर्मुल पारेर नयाँ नेपालको लागि समर्पित छौ भन्छौ ,तपाईं शिक्षक साथीहरु जो परिवर्तनका लागि काम गर्नु भयो,सिकाउनु भयो ,बहस गर्नु भयो।देशका वुद्दिजीविहरु जस्का विचारले सन्सार परिवर्तन  भएको छ ।हामीले गर्न सकेनौ ,यो देशको बिकास र परिवर्तन कस्ले गरिदेला ?
   ब्यक्ति कुन पार्टीको हो । उस्को स्वभाव कस्तो छ ? कस्तो हुनु पर्ने भनेर बहस छलफल गर्न लामो समय खर्च गर्न रुचाउने हामी र हाम्रो नियतिलाई थाती राखेर एकपटक गम्भीर  हुदै यो वाक्य - देशप्रती हामी कोही जिम्मेवार हुन सकेनौ ,यो देशको उत्थान कस्ले गरिदेला भन्नेमा केन्द्रीकृत हुने हो भने के वास्तविक र मार्मिक छैन र ? मुलुकको सम्वृद्दीको खातिर बैयक्तीक स्वार्थ,त्यो स्वार्थपूर्तिका लागि चाकरी चाप्लुसी ,आफू अनुकुल नियमकानुनको निर्माण र कार्यान्वयनको शक्ति खर्चनु ,सारमा मलाइ भए पुग्छ बाकी देखाजायगाको चिन्तनले देश उभो लाग्न सक्ला ? हाम्रो मुलुक सम्वृद्द भए मेरो पनि उन्नति उसै हुन्छ भन्ने सोचाइ र राम्रोको लागि राम्रोले अवसर पाउनुपर्छ ,नराम्रोले राम्रोलाई अवसर दिदा खुशी मान्न सक्नु पर्छ यही उच्च चेतना र मुलुकप्रतिको योगदान होइन र ?
यसप्रसङमा एउटा सुनेको घटना म सदैब उदाहरणमा लिने गर्दछु । पन्चायत कालमा जिल्ला पन्चायतका सभापति हरुलाई फ्रान्समा  ब्कास अध्ययनको लागि भ्रमण लगेको कुरा एकजना प्रधानपन्चले बताउनु भयो । ३०/३५ कि संख्यामा गएका जिल्ला सभापतिहरु चियापान र भेटघाटको अवसरमा जमघट भए ।चियाको अर्डर गरियो ।चिता पसलेले चिया ल्याएपछि पिउन शुरु गरियो ।एकजना चियामा कडा चिनी खाने बानी भएका सभापतिले चिया पसलेलाई बोलाएर एक चम्चा चिनी थपिदिन अनुरोध गर्नु भएछ ।चिया पसलेले दिएको जवाफमा माफ गर्नु होला म अनुरोध स्वीकार गर्न सक्दिन ।किनकी मेरो पसलमा एकदिनमा तपाइँहरु जस्तै २०० जना चिया पारखीहरु चिया पिउन आउछन ।हरेकले एक चम्चा चिनी थप गर्न माग गर्नु भयो भने २०० चम्चा थप गर्नुपर्छ ।म जस्ता चिया पसले हजारौंको संख्यामा छन ।ती सबैले एक एक चम्चा चिनी थप गरेर जोड्दा राज्यले थप चिनी उत्पादन गर्नुपर्छ सो बापत राज्यको लगानी थप गर्नु पर्ने परिस्थिति उत्पन्न हुन्छ ।
यहाँनेर कुरो चिया पसलेको भन्दा पनि उनीमा रहेको राष्ट्रप्रतिको उच्च चेतना र दायित्व मननीय छैन र ?
यसै प्रसङमा नर्वे गएका एकजना नेपालीले गरेको अनुभव मननीय छ ।उत्तरी क्षेत्रमा पर्ने नर्वे चिसोको कारण स्याउ फल्ने देश हो ।एकपटक एउटा भरियाले पसलको सामान बोकेर जङ्गलको बाटो बाट एक सहर देखि अर्को सहरमा पुराउने गरि हिडेको र लटरम्म स्याउ फलेको जङ्गलबाट अर्को सहरमा पुगेर स्याउ किनेर खाएकोनेपालीले देखेछन ।अचम्म हुँदै उनले सोधेछन ।तपाइले स्याउ किन्नु भयो ।जबकी त्यो जङ्गल सुनसान छ र लटरम्म स्याउ फलेको छ ।त्याहा नखाएर किन स्याउ किनेर खानु भयो ? ती भरियाले जवाफ दिएछन कि जङलमा स्याउको रुखहरु छन ।यद्यपि ती स्याउ तेसरी टिपेर खादा हामीलाई  गाली गर्छन नि !सुनसान ठाउँमा कस्ले गाली गर्ने ?उनले भने आत्माले गाली गर्छ नि !जो सधै साथमै त हुन्छ । एउटा सानो भनिने काम गर्ने भारवाहकको यो आत्मानुशासन अनुकरणीय छैन र ?
  एकपटक चिनिया निर्माण व्यावसायी नेपालमा सडक कालोपत्रे गरिरहेका थिए ।त्यहाँ नेपाली कामदारहरु छदै थिए ।उनिहरुको काम हेर्न नेपाली दर्शक गएकाहरु मध्यका एक जनाले चुरोट पिएर ठुटो कालोपत्रे गर्दैगर्दाको ठाउँमा फाले चिनियाँ निर्माण व्यावसायीले गम्भीर हुँदै भने हेर्नुस त यो ननिभेको चुरोटको ठुटो अल्कत्रामा फ्याक्दा यस्ले अल्कत्रा जलाउछ र गिट्टलाई छुट्याउछ ।अनि तेहीबाट खाल्डो पर्दै फेरि ठूलो खर्चमा सडक निर्माणका लागि रकम लगानी गर्नुपर्छ ।जुन रकमले एउटै काम गर्नु भन्दा फरक काम गर्दा अर्को आवश्यकता पूरा गर्न सकिन्छ नि होइन र ? यो कति उत्तरदायी र जवाफदेही पूर्ण छैन र ?
   उपर्युक्त उदाहरणहरु सुन्दा गन्थन लाग्न सक्छ ।यद्यपि चेतना ,आत्मअनुशासन र दायित्व जवाफदेहिता तलदेखी माथिसम्मका नागरिकहरुसङ हुनै पर्ने कुराको बोध गर्दैन र ?
  हान्रो जस्तो मुलुक जहाँ क्रान्तिको नाममा बीभत्स हत्या मन पराउछौ ।बिनाशलाई गौरब मान्दछौ ।गालीलाई इज्जत सम्झन्छौ ।बिग्रेकोलाइ अरुप्रती देखाउछौ ।सप्रेकोलाई आफुतिर जस लिन हतारिन्छौ ।आफुले जे गरेपनि सही ठान्दछौ ।अरुले जे जस्तो र जसरी गरेपनी खोटमात्र देख्छौ ।अवसर दिदा ठिक मानिसलाई ठिक जिम्मेवारी दिनु भन्दा आफू र आफन्तलाई अवसर उपलब्ध गराउछौ ।एउटै क्षेत्रलाई उन्नत बनाउने भन्दा धेरै पद ओगट्छौ र आफू लोकप्रिय हुने सपना देखिरहन्छौ ,,।पदमा पुग्न साम ,दाम दण्ड ,भेद जुन हतियार फेला पार्छौ प्रयोग गर्छौ र पदमा पुगेपछि छोडन मनै गर्दैनौ । उपलब्धिको पामन भन्दा आफ्नो पदको गाथा भन्न र भनाउन आनन्द लिन्छौ ।अनि आफ्नो काम ,जिम्मेवारी ,दायित्व ,अनुशासन भन्दा सकारात्मक पक्षमा भन्न र भनाउन लागि पर्छौ ।
अधिकार नपाउदा आन्दोलन गर्ने ,पाएपछी कर्तब्य पूरा गर्न नसक्ने र आफुले नसकेपनी अरुलाई खसाल्न रमाउने सोच ,चेतना र आत्मानुशासनले ग्रसित हामीहरुको बिचमा माननीय उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको अभिव्यक्ती हामी कोही मुलुकप्रती जिम्मेवार भएनौ ,हुन सकेनौ को औचित्यपूर्ण छैन र ?
 यद्यपि वर्यमानमा हामी गणतान्त्रिक नेपालको शासकीय पद्दतिमा वकालत गरिरहेका छौ ।यहाँ थुप्रै सुधार गर्नु पर्ने चुनौती हामीहरुको माझमा छ ।किनकी एउटा निरंकुश शासन पद्धतिमा लामो कार्यकाल भोगेका हाम्रो मनस्थिति बदल्नु छ ।कार्यशैली फेर्नु छ ।संस्कारमा क्रान्ती ल्याउनु छ ।म बाट हामीमा सोचाइ लानु र प्रयोग गर्नुछ ।नेताको नीति ,कर्मचारीहरुको शैली ,नागरिकहरूको  चेतनामा राष्ट्रप्रतिको उच्च भावना र मैले मेरै  देशका निमित्त केही गर्नु पर्दछ ।किनकि म गर्न सक्छु ।राष्ट्र मेरो हो सुधार , परिवर्तन र विकास मेरो नै दायित्व हो । म बाट असम्भव होइन सम्भावना नै सम्भावना छ ।बिदेश अनुभव बटुल्ने स्थल हो ,कर्म मैले मेरै देशमा गर्नुछ ।अरुकालागी श्रम बेचेर धन ,मान र इज्जत कमाउनु भन्दा मेरो देशकोलागी खर्चेको श्रम र पसीनाले मलाई गौरव लाग्छ ।चाहे जे जस्तो होस !को भावना मनैदेखी नजगाएसम्म यहाँ कोही जिम्मेवार देखिदैनन ।
  अब यस्कालागि नेताले ठूलो भाषण होइन ,स साना तर महत्त्वपूर्ण कामको थालनी गर्न , राष्ट्रसेवीहरुले मुलुक दोहन होइन निर्माण र सिर्जना गर्न ,किसानले नाफाको लागि होइन स्वस्थ र आत्मनिर्भर हुन ,साधारण नागरिकले महत्वाकांक्षी होइन स्वाभिमानी बन्न र जिउन ,नीतिको निर्माण अरुलाई देखाउन होइन ,आफ्नो मुलुकको वास्तविकतामा आधारित रहेर  गर्न ,श्रोत मागेर होइन उत्पादन बढाएर ,यो देशमा उपलब्ध श्रोत र साधनको उपयोग गर्न ,प्रयोग गर्न ,नेपालको लागि नेपालकै श्रोत र साधनको प्रयोग गर्न जबसम्म हामी तन ,मन र वचनले समर्पित हुदैनौ तबसम्म अविश्वास ,निराशा ,आत्म्ग्लानी र अरावलम्विता दिन दुगुणा र रात चौगुणाले वृद्धि हुँदै जान्छ र देश जनशक्ति बिहिन ,योजना बिहिन ,गन्तव्य बिहिन र  मर्नकालागि बाचेकाहरुको देश नबन्ला भन्न सकिँदैन । बेला बितेको छैन ।अब हाम्रो सोचमा परिवर्तन एकमात्र बिकल्प हो ।यो नीतिनिर्माता देखि कार्यान्वयन को तहसम्म हुन र गराउन संकल्प गर्नु चै ढिला भएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg