himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

विकास र परिवर्तन नीति मात्र होइन,नियति पनि हो:-सानोभाइ कार्की

FB_IMG_1711337895114-1711337923.jpg

समाज बिकासको क्रम फिरन्ते(जंगली ) युगबाट कृषि युग ,औद्योगिक युग हुँदै वर्तमानको अन्तरिक्ष युगसम्म आइपुग्दा धेरै कालखण्ड निर्माण र बिनाश हुँदै आइपुगेको तथ्य बिबिध प्राग ऐतिहासिक र ऐतिहासिक अभिलेखहरुबाट प्रमाणित हुन्छ ।एउटा युगबाट अर्को युगमा रुपान्तरण तथा परिवर्तन  समययले मात्र  हुदैन ।समय एउटा गति हो ।यो चलिरहन्छ। त्यहाँ सोचको महत्वपूर्ण भुमिका रहेको हुन्छ ।सोचको जन्म दृष्टिकोणबाट हुन्छ ।दृष्टिकोण हेराईको बिन्दु मानिन्छ ।हेराइको केन्द्र ब्यक्ति केन्द्रित वा समाज केन्द्रित दुई धारमा बिभाजित रहेको हुन्छ । एउटा धार ले म को  प्रतिनिधित्व गर्छ ।अर्को धारले हामी को  नेतृत्व गर्दछ ।अर्थात हामी भित्र म पर्छु भन्नू र मैले हामीलाई प्रभावमा पार्न सक्छु भन्नुबाट नै दृष्टिकोणको पहिचान भएको छ । समाज यसैमा रुमल्लिएको छ ।अलमलिएको देखिन्छ । राजनीतिका सिद्धान्तकारहरुले पनि यसैलाई आधार मानेर दर्शनको रचना गरेका र रचित दर्शनको व्याख्या विश्लेषणबाट अनुयायीहरुलाई विश्वस्त पारेको तथ्यलाई केलाउदै जरोमा पुग्ने सहास गरियो भने अन्यथा लिन नपर्ला !
लाग्छ अध्यात्मवाद र भौतिकवादको दुई  भीन्न शीराभित्रपनि यी दुई आधारित पक्षले काम गर्छ नै । किनकी अध्यात्मवाद भित्र म ईश्वर हु भन्नेहरु र हामी इश्वर बन्नु पर्छ भन्नेहरु साथै हाम्रो इश्वर नै एकमात्र इश्वर हो भन्नेहरु बिच प्रशस्त बहस पैरवी ,छलफल ,झैझगडा ,लडाइ हुने गरेको पाइन्छ ।जस्लाई कसैले आस्था मान्दछन ।कसैले बिश्वास मान्छन ।कसैले मुक्तिको मार्ग त कसैले ज्ञान मार्ग ,कसैले आनन्द मार्ग ।कसैले यसैलाई अफिम र गाजाको अम्मल पनि मान्दछन ।
  भौतिकवाद तर्फको यो म र हामी बिचको विश्लेषणको सारमा अर्थ्याउदा उत्पादनको साधन र यस्को उपयोगको आधारलाई लिदा उत्पादनको साधनको केन्द्रिकरण वा बिकेन्दृकरणमा टुङिन्छ ।अथवा उत्पादनको साधनको प्रयोगको स्वामित्व वाला को हुनेबाट दर्शन र सिद्धान्तको ब्याख्या  ,विश्लेषण गरेको पाइन्छ ।परिणामत उत्पादनको साधन ( भुमि ,पुजी श्रम र सङठन ) को स्वामित्व ब्यक्तिगत विषय हो ।यो उस्को क्षमता ,शक्त्ति  र वुद्दिको आधारमा संग्रह गर्छ ,उपभोग गर्छ ।यस्को चरम बिकासको रुप पूजीवाद हो ।यो पद्धतिमा ब्यक्तिले अरुसरह आफ्नो क्षमता बिकास गर्न प्रतिस्पर्धा गर्छ ।भिन्न भिन्न क्षमता र ज्ञान सीप भएकाहरुले आफ्नो ताकतको सीमान्त प्रयोग गर्छ र मुलुक बिकासमा सबैको दायित्व निर्वाह गर्ने अवसर प्राप्त हुन्छ ।किनकी स्वतन्त्र मानबको स्वतन्त्र ब्याबसायिकताले मानव कल्याण हुन्छ ।
अर्को तर्क र प्रयोग समेत भएको छ कि उत्पादनको साधन हामीमा निहित हुनु पर्छ ।हरेक ब्यक्तिको मालिक वा भरणपोषण कर्ता राज्य हो ।राज्य सन्चालक जनताको श्रमबाट उत्पादित अंशबाट चल्ने र राज्य सन्चालकले राज्यभित्रका जनताहरुलाई अत्यावश्यक आवश्यकता ,आरामदायी आवश्यकता र विलासिताका आवश्यकताको बितरण बराबर गरिनु पर्छ ।जनताले उत्पादन बढाएर मुलुकलाई सम्वृद्द र सम्पन्न गर्ने शक्तिशाली बनाउने कर्तब्य भएकोले राज्यप्रति उत्तरदायी र कर्तब्यनिष्ठ बन्नु पर्छ ।यसो गर्दा योग्यता अनुसारको काम र आवश्यकता अनुसारको दाम को नीति लिइन्छ् भने दिनको २४ घण्टालाई ८-८ घण्टा काम ,आराम र मनोरन्जनलाई बिभाजन गर्ने ,ब्यक्तिगत सम्पतिलाई मान्यता नदिने र वर्गविहिन राज्यको परिकल्पना यो दर्शनको गन्तव्य मानिन्छ ।
    आखिर जे जस्तो भए पनि सबै दर्शन ,सिद्धान्त वा वाद र यसबाट सन्चालन गरिने बिकासको अभियानको मुल र अन्तिम गन्तव्य बिकास र परिवर्तन नै हो ।बिकास यही हो वा यति भए पुग्छ भन्ने सीमा हुदैन ।यद्यपि तुलनात्मक सुधारलाई बिकास भन्ने गरेको पाइन्छ ।परिवर्तन भनेको पाइन्छ ।
   सन्सारको वर्तमान शासकीय प्रणाली  नियाल्दा प्रजातान्त्रिक प्रणालीलाई लिइएको छ ।जहाँ सामुहिकता र वर्गविहिन समाजको परिकल्पना र गन्तब्य गौण र उत्पादनको साधनको बिकेन्दृकरण प्रधान रहेको छ।आवधिक निर्वाचन पद्धतिबाट नेता चुनिने ब्यबस्था मानिने यो शासन प्रणालीमा फरक फरक विचार ,सोच र नियतबाट चुनिने नेताहरुको काम गर्ने शैलीमा विविधता आउने कुरा स्वभाविक मानिन्छ ।
    नेपालको वर्तमान शासन प्रणाली बहुदलीय प्रतिस्पर्धात्मक छ ।दलीय आचरण ,अनुशासन ,नीति र घोषणापत्रको आधारमा गर्ने परिवर्तनको खाका र शैली फरकफरक हुनु स्वभाविकै हो ।तदनुरुप नै परिणाम देखिएको छ । यद्यपि परिवर्तनको सार निर्मित नीति भन्दा नियतले काम गरेको पाइन्छ ।यस्को ज्वलन्त उदाहरणमा कतिपय स्थानमा आफ्नो कार्यक्षेत्रको आवश्यकतालाई प्रधान पक्ष मानिन्छ ।यो पक्षका पक्षधरहरु आवश्यकता परिपुर्तिको लागि उपलब्ध श्रोत र साधनको समुचित बितरणलाई उपलब्धि  मानिन्छ ।आफ्नो लक्ष पूरा गर्न नपुग श्रोत र साधनको खोजी गर्ने  र ठूलो सपना देख्ने अनि साकार पार्ने अभियानमा निरन्तर लागि पर्ने गरेको देखिन्छ ।
अर्कोथरी जति श्रोत र साधन छ ।त्यो  साधन र श्रोतलाइ तोकिएको बिधिको आधारमा कार्य सम्पन्न गर्ने ।अर्थात थप योजनाको परिकल्पना तिर नलाग्ने गरेको पाइन्छ ।यदाकदा श्रोत हेरेर काम गर्ने र बिललाई मुख्य आधार मानेर सन्तुष्ट हुने गरेको देखिन्छ । यो पनि हर्ताकर्ताको वा अख्तियार प्राप्त नेताको नियत र क्षमतामा भर पर्दछ ।
एकाथरी यो पनि  पाइन्छ कि उपलब्ध श्रोत र साधनलाई खर्च गर्न उद्दत रहने ।थप परिकल्पना र योजना निर्माणलाई झन्झट मान्ने र उपलब्ध श्रोत र साधनलाई तोकिएको विधि र निर्देशनको पालना गर्नु अनुशासन माने यो जगत थप सपना देख्ने ,थप श्रोत साधनको खोजी गर्ने भन्दा पनि तालुकदार संस्थाबाट प्राप्त श्रोतसमेत पठाउने अड्डालाइ नै फिर्ता गरेर इमान्दारिता प्रदर्शन गर्ने गरेको पाइन्छ ।
   यसरी समग्रमा दुनियाँको बिकास र परिवर्तनलाई नजिकबाट नियाल्दा पाइने सार भनेको जुनसुकै असल,यथार्थपरक ,बिकासमुखी ,जनमुखी नीति निर्माण गरेता  परिणाम लिन चाहिँ अख्तियार प्राप्त नेता वा शासकको नियत नै मुख्य जिम्मेवार रहने कुरा नकार्न सकिँदैन ।किनकी नियतले परिवर्तन र सुधार चहानेहरु असम्भवलाई पनि सम्भव बनाउछन ।उनीहरुको चिन्तन मनन ,सोचलाई तदनुरुप वातावरण निर्नाणमा दत्तचित्त रहन्छन  भने नियत स्पष्ट ,दूरगामी र परिवर्तनकामी छैन भने सम्भावनाभित्र पनि  चुनौतीपूर्ण अवस्था देख्छन ।यसैले विकास र परिवर्तन नीतिले मात्र होइन नियतको परिणाम हो भन्नुमा अतिशयोक्त्ति नहोला !!

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg