himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

सनातन धर्ममा शिवरात्रिको बर्णन र मानव समाजमा यसले दिने ज्ञान :- नवराज नेपाली

FB_IMG_1709818466196-1709852858.jpg

जवजव धर्मको नास हुनेछ मानव समाज  दुख र असान्तमा डुब्ने छ। अत्याचार ,भ्रष्टाचार ,असत्य  ,हिंसा र अश्लीलता चरम सिमामा पुग्ने छ तब धर्मको रक्षार्थ भगवानको अवतरण हुनेछ भनेर भागवत गितामा भनिएको छ यस प्रकारको अवतरण भएर ज्ञानको प्रभाव सारा विश्वमा फैलिएर अज्ञान अन्धकारको बिनास हुनेछ ।परमपिता शिवको एक अलौकिक जन्म बाट यो सृष्टि जगत वेश्यालयवाट बदलिएर शिवालय बन्ने र देबि देवताको राज्य सुरु हुने  जीवनको सबै दुख नास हुने भनी शिव पुरानमा दर्साउदछ । यसैको यादको रुपमा फागुन कृष्ण चतुर्दशीको  रातलाई शिवरात्रीको रुपमा मनाउने गरिन्छ यस रातका हर प्रहरमा भगवानलाई क्रमशः  दूध, दहि,घिउ, मह ले स्नान गराई विषेश मन्त्र भए पनि ॐ नम शिवाय भनेर जप  गर्दा पनि मनुष्य जीवनको दुख नास हुने विश्वास गरिन्छ  ।पुरानहरुमा कालरात्रि ,मोहरात्रि,शुखरात्रि र शिवरात्रि गरि ४ रात्रीलाई विशेष महत्त्व दिए पनि भगवान शिवको प्रिय रात्रि भएकोले यसलाई महाशिवरात्रि भनिएको पाइन्छ। यस पर्वको दिन आफ्नो  नजिकको शिवालय तथा शिवको मन्दिर ,मुर्ति  ,शिवलिङ्ग रहेको स्थानमा पुजा गर्ने चलन छ साथै काठमाडौंमा अवस्थित श्री पशुपति मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ ।यस्तै सत्य युगमा समुन्द्र मन्थन गर्ने क्रममा भिषण बिष निष्कासन भएको र मानव सृष्टि जल्न थाल्दा भगवान शिवले कालकुट बिष आफुले पिएर सृष्टि जगत बचाएको दिन पनि भनिन्छ। 
यस्तै महादेव पार्वती बिवाह भएको दिन पनि कसैले भनेको पाइन्छ।भगवान शिवको निम्ति दूध ,भाङ, धतुरो ,बेलपत्र चढाउने र यो दिनमा शुद्ध भई आराधना गर्ने  गरिन्छ । भगवान शिवले मानवमा हुने  बिकार लिने र सत्य  ज्ञान दिने रुपमा यस दिनलाई लिन सकिन्छ । 
 वास्तवमा अज्ञान पापाचारि दुनियाँमा दिननै रहेता पनि काम ,क्रोध , लोभ ,मोह र अहंकारले अन्धकार मानव जीवन हुने हुदा शिवरात्री भनिएको भन्ने पनि गरिन्छ ।अत लोभ मोह र अत्याचारको दुनियाँमा  शिव रात्रीको नाममा जुन भक्ति ,जप, तीर्थ , उपवास गरिन्छ  उहाँको दिब्य  ज्ञानको अनुभुती लिदै आफ्नो घर परिवारको र  ,समाजको शुख सान्ती र आनन्दी कसरी आध्यात्मिक ज्ञानबाट   लिने र मानव जीवन श्रेष्ठ बनाउने भनेर लाग्न  जरुरत छ । पर्वको नाममा भाङ धतुरो सेवन गरि अनावश्यक मन्द बीस लिएर अमुल्य जीवन नगुमाउनु होला । मानव जीवनमा कुनैपनि श्वाँस अन्तिम हुन सक्छ  ।   ॐ सान्ती  .....

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg