jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु हो”

1746898366225_1-1746898525.jpg

 

“व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु हो”

थाहा नगरपालिका–४, मकवानपुरका केशव सुनारले आरके मेटल हस्तकला प्रोडक्सन एण्ड सप्लायर्स २०७५ सालमा स्थापना गरेका हुन्। विदेशमा केही वर्ष काम गरेपछि आफ्नो देश फर्केर आफ्नै व्यवसाय सुरु गर्ने दृढ संकल्पका साथ उनले यो उद्योग थालेका हुन्। 

सन् २०१८ देखि अहिलेसम्म उनले नेपालको सांस्कृतिक सम्पदालाई समेट्ने उद्देश्यले मेटल हस्तकलाको माध्यमबाट आफ्नो व्यवसाय सफलतापूर्वक सञ्चालन गरिरहेका छन्। कुराकानी 

तस्बिर: महावीर पुन आरके मेटल ह्यान्डिक्राफ्ट प्रोडक्सन एन्ड सप्लायर्सको भ्रमण गर्दै।

तपाईंले मेटल उद्योगमा आफ्नो यात्रा कसरी सुरु गर्नुभयो?

विदेशबाट फर्किएपछि मसँग कुनै विशेष सीप थिएन, न त म आफ्नो भविष्यबारे निश्चित थिएँ। 

त्यही बेला मेरो भाइ रामकुमार सुनारले करिब एक दशकको अनुभवसहित मेटल हस्तकलाको क्षेत्रमा आफ्नो पहिचान बनाइसकेका थिए।

त्यसपछि मैले भाइसँगै प्रशिक्षण लिन सुरु गरें, सँगसँगै उनको काममा सहयोग गर्दै मेटल हस्तकला बनाउन सिकें। यही क्रममा मैले परम्परागत सीपलाई व्यवसायिक अवसरमा बदल्न सकेँ। आज सात वर्ष बितिसकेछ यो उद्यमशील यात्रामा।

मेटल हस्तकला निर्माण प्रक्रिया र बजार कस्तो छ?

मेटल हस्तकला भन्नाले धातुलाई काट्ने, ढाल्ने, उत्कीर्ण गर्ने, पालिस गर्ने जस्ता विभिन्न प्रक्रियाबाट कलात्मक तथा उपयोगी वस्तु निर्माण गर्नु हो। यो पूर्ण रूपमा सीपमा आधारित प्रक्रिया हो, जहाँ डिजाइन तयार पारिन्छ र त्यसअनुसार हातैले धातुमा काम गरिन्छ। हामी मुख्यतया तामा, पित्तलजस्ता धातुको प्रयोग गर्छौं।

हाल नेपाल तथा विदेशमा मेटल हस्तकलाको बजार सकारात्मक देखिन्छ। प्रेम चिन्हहरू, सरकारी तथा संस्थागत उपहार सामग्रीहरू, टोकन अफ लभ, सजावटका सामग्रीहरू, ब्याज, की–रिङ, मोनोग्राम, नेपाली स्मृति चिह्नहरू जस्ता वस्तुहरूको माग बढ्दो छ। यी सामग्रीहरू व्यक्तिहरू, संघ–संस्थाहरू, पर्यटकहरू र कार्यक्रमहरूमा अत्यन्त लोकप्रिय छन्।

बजार सुरु गर्दा र अहिलेको अवस्थाबीच के परिवर्तन देख्नुभएको छ?

मेरो सिकाइको यात्रा पूर्ण रूपमा व्यावहारिक अनुभवमा आधारित रह्यो। मैले सबै सीप, ज्ञान र तालिम भाइसँगै काम गर्दै सिकें।

छोटो समयमा भाइसँग काम गर्दै मैले बजार मागअनुसार नयाँ डिजाइनका धातुका उत्पादनहरू बनाउन थालेँ। मैले अनौठो तथा आकर्षक डिजाइनका वस्तुहरू बनाउन थालेपछि मेरा उत्पादनहरू बजारमा छुट्टै पहिचान बनाउन सफल भए। सुरु देखिनै मेटल हस्तकलाको बजार सकारात्मक रूपमा बढ्दै गएको अनुभव गरेको छु।

के तपाईंले आफ्नो व्यवसाय दर्ता गर्नुभएको छ? दर्ता गर्नुको उद्देश्य के थियो?

हो, मैले आफ्नो व्यवसाय “आरके मेटल हस्तकला प्रोडक्सन एण्ड सप्लायर्स”को रूपमा दर्ता गरेको छु। व्यवसाय दर्ता गर्नुको मुख्य उद्देश्य आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु हो।

यसले सरकारी निकाय र निजी संस्थाहरूसँग सहकार्य गर्न सजिलो बनाउँछ। साथै, ऋण, अनुदान वा सहुलियत सुविधा लिन व्यवसाय दर्ता अनिवार्य भएकाले भविष्यमा व्यवसाय विस्तार गर्न समेत मद्दत पुग्छ। ग्राहकहरूको नजरमा व्यवसायको विश्वसनीयता बढाउन दर्ता गरिएको हो।

तपाईंको बजार कति बिस्तार भएको छ?

हाल हाम्रो बजार मुख्य रूपमा काठमाडौं उपत्यकामा र देशका प्रमुख सहरहरूमा बिस्तार भएको छ। साथै, विदेशमा बसोबास गर्ने नेपालीहरूले पनि केही उत्पादनहरू अर्डर गर्छन्। हामी फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जाल र इमेल/फोनमार्फत अर्डर लिन्छौं।

तपाईंको सबैभन्दा लोकप्रिय र बढी अर्डर हुने उत्पादनहरू कुन–कुन हुन्?

सबैभन्दा बढी अर्डर हुने तथा लोकप्रिय उत्पादनहरूमा क्रस खुकुरी ब्याज, नेपाली झन्डा स्ट्यान्ड, टोकन अफ लभ, नेम प्लेट, मेडल ब्याज, की–रिङ, नेपाली स्मृति चिह्न गिफ्टहरू आदि पर्दछन्। यी वस्तुहरू संघ–संस्था, सरकारी तथा गैरसरकारी कार्यक्रमहरू, विद्यालयहरू र विशेष समारोहहरूमा धेरै प्रयोग हुन्छन्।

तपाईंको व्यवसायबाट मासिक आम्दानी कति हुन्छ?

यदि व्यवसाय राम्रो चलेमा मेरो मासिक आम्दानी करिब ८० देखि ९० हजार रुपैयाँसम्म हुन्छ। अर्डरको मात्रा र बजार अवस्थाका आधारमा आम्दानी घटबढ हुने गर्छ। ठूला अर्डरहरू आएमा राम्रो आम्दानी हुन्छ भने कहिलेकाहीं बिक्री कम हुँदा केही असर पनि पर्छ। समग्रमा वार्षिक कारोबार २५–३० लाख रुपैयाँजति रहेको छ। 

नेपाली हस्तकलाको माग बढ्दो रहेकाले भविष्यमा अझ राम्रो आम्दानी हुने सम्भावना देखिएको छ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...