pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु

file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम भइरहेको छ । थाहा नगरपालिका २ र ३ को संगमस्थलमा रहेको शंखमुलमा ‘मोक्षधाम शंखमुल नेपाल नामक संस्था नै दर्ता गरी सोही संस्था मार्फत शंखको आकारको १०८ वटा धारा जडान गर्ने कार्य सुरु गरिएको हो ।
संस्थाका अध्यक्ष गुप्त कार्कीका अनुसार शंख जडान गर्नका लागि दाताहरुबाट सहयोग जुटाएइको छ । ‘एउटा शंख जडान गर्न दाताहरुबाट ४० हजार रुपैयाँ संकलन गरेका छौं,’ उनले भने । १०८ दाताले शंख राख्नका लागि रकम उपलब्ध गराइसकेको उनले बताए । प्रत्येक शंखका दाताले उपलब्ध गराएको नाम उक्त स्थानमा नै लेख्ने व्यवस्था मिलाइएको अध्यक्ष कार्कीले बताए ।
नगरकै गौरवको आयोजना रहेको मोक्षधाम संस्थाका लागि चालु आर्थिक वर्षका निम्ति ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर विष्टले आवश्यक परे थप रकम पनि उपलब्ध गराइने बताए । उक्त स्थानमा जडान गरिएका वटा १०८ शंखको आकारको धाराबाट चौबिसै घन्टा पानी झार्नका लागि खैटे खोलाबाट पानी ल्याउने व्यवस्था मिलाएको छ । मोक्षधाममा एउटा ठूलो शंख पनि राख्न निर्माण कार्य पनि सुरु गरिएको अध्यक्ष कार्कीले बताए ।
पौराणिक महत्व बोकेको शंखमूलमा १०८ धारा निर्माण गरिसकेपछि यस क्षेत्रमा धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ । गर्मीयाममा पर्यटकहरू सिमभञ्ज्याङ, दामन, मार्खु र चित्लाङ जस्ता क्षेत्रमा पुग्ने गरेका छन् । प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाका केन्द्र समेत रहेको थाहा नगरपालिका धार्मिक पर्यटनका लागि आकर्षक बन्दै गएको छ ।
पशुपतिनाथस्थित शंखमूल र थाहा नगरपालिकाको त्रिवेणी शंखमूललाई विश्वका तीन प्रमुख शक्तिशाली शंखमूलमध्येमा गणना गरिन्छ । धार्मिक अगुवाहरुका अनुसार यसको पौराणिक महत्व ‘नेपाल महात्म्य हिमवत खण्ड’मा समेत उल्लेख गरिएको छ । विश्वका तीन प्रमुख शंखमूलमध्ये एक पशुपतिनाथमा, अर्को थाहामा र तेस्रो भारतमा रहेको मान्यता छ । नगर प्रमुख विष्ट शंखमूलको संरक्षण र प्रवद्र्धनले देशव्यापी रुपमा परिचित गराउन सहज हुने बताए ।
शंखमुलमा विशाल शंख, मन्दिर, पार्क, होमकुण्ड तथा तीर्थकुण्ड निर्माणाका लागि डिपिआर बनाइएको छ । ऋषेश्वरबाट उत्तरतर्फ बगेको नारायणी नदी र त्रिवेणीघाटबाट पूर्वतर्फ बगेको नदीको संगमस्थललाई नै शंखमुल गंगा मानिने जनविश्वास छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...