himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

इतिहासमा नेपाल,पशुपतिनाथ र गोखुरेश्वर महादेव मन्दिरको उत्पति संरक्षणको पर्खाइमा गोखुरेश्वर- रुपचन्द्र गोपाली निश्चल

432053257_294557371560022-1710860323.jpg



नेपाल धार्मिक दृष्टिले गौरवशाली इतिहास बोकेको देश हो । धार्मिक दृष्टिकोणले नै विश्वमा नेपाललाई बढी मात्रामा चिनिने गरिन्छ । नेपाल शब्द सर्वप्रथम अथर्व परिशिष्टको कुर्म विभागमा उल्लेख गरिएको थियो ।  यो इशापूर्व ५ सय देखी ६ सयको वीचमा निर्माण भएको मानिन्छ । ऋगबेदमा वर्गित हिमवन्त प्रदेश अन्तर्गत नेपाल रहेको पाइन्छ । महाभारत वनपर्वमा नेपाल विषयलाई जिल्लाको रुपमा वर्गीकरण गरिएको पाइन्छ । नेवारहरुको एक जाति नपार थिए र तिनै नेपारहरुको वासस्थान भएकोेले नेपारवाट नेपाल नामाकरण भएको इतिहास पाइन्छ ।

 नेपालका शिलालेखहरुमा वि.सं.५६९को टिष्टुङ अभिलेखमा पहिलो पटक नेपाल शब्दको प्रयोग गरिएको पाइन्छ र नेपालको वर्णन गरिएको पनि छ ।  प्राचिन कालमा हालकै स्वरुप अनुसारको विस्तारित रुपलाई नेपाल भनिन्थ्यो भने एकिकरणपूर्व मल्लकालमा काठमाण्डौं उपत्यकालाई नेपाल भनिन्थ्यो । एकिकरण पश्चात काठमाडौं राजधानी भयो र नेपाल शब्दले वर्तमान नेपाल राज्यलाई जनाउन थालेको हो । अझ 
नेपालको  इतिहासलाई ३ भागमा विभाजन गरिएको पाइन्छ । जस अनुसार  वि.सं.९३५ को अवधिलाई प्रचिनकाल, वि.सं.९३६ देखी १८२५ सम्मको अवधिलाई मध्यकाल र वि.सं. १८२५ देखी हालसम्मको अवधिलाई आधुनिक कालको रुपमा विभाजन गरिएको पाइन्छ । 
प्रचिनकालको इतिहास हेर्ने हो भने चिनवाट मञ्जुश्री प्रवेश गरि चोभारको डाँडावाट चक्रतिर्थ प्रहार पानी काटेर बाहिर फ्याँकेपछी उक्त स्थान मानव वसोवास योग्य भयो त्यसपछी दक्षिणतर्फका नीप जातिका गोपालहरु यहाँ आई यहाँको प्राचीन नागजातिवीच भिडन्त हुँदा  नाग जातिहरु पराजित भई दक्षिण भेगतर्फ लागे र नेपाल उपत्यकामा गोपाल वंशको शासन सुरुवात भयो । 
वंशावलीमा उल्लेखित कथाअनुसार यिनिहरुको एउटा बहुहृी नाम गरेको गाईले सधैं बागमतीको तिरको एकठाउँमा गएर दुध चढाउने गर्दथिन र उक्त दुध चढाउने स्थानमा के रहेछ भनि खनि हेर्दा पशुपतिनाथको ज्योर्तिलिङ्ग उत्पन्न भयो उ र   । टेकु दोभानमा तपस्या गरि बस्ने ने मुनिले गोपालवंशका भुक्तमान ( भूमिगुप्त)लाई राजा बनाए । यीनी गोपालवंशका संस्थापक मात्र नभइ नेपालका प्रथम राजा पनि भए । 
गोपालवंशि ८ जना शाषकहरु ः भूमिगुप्त जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भिमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जिनगुप्त (यक्ष गूप्त)हरुले करिव ५२१ वर्ष शाषण गरेको कुरा उल्लेख भएको पाइन्छ । गोपालवंशकालमा नेपालको सिमाना पूर्वमा दुधकोशीदेखी पश्चिममा त्रिशुली सम्म र उत्तरमा गोसाइकुण्डदेखी दक्षिणमा चित्लाङ्सम्म रहेको थियो । गोपालवंशलाई नेपालमा शाषण गर्ने प्रथम वंशको रुपमा चिनिन्छ । मानवबस्तीको सुरुवात गर्ने पहिलो वंशको रुपमा पनि गोपालवंशलाई चिनिन्छ । भुक्तमान (भुमिगुप्त)लाई ने नामक ऋषिले राजा बनाएका हुन् । गोपालवंशको राजधानि मातातिर्थमा थियो ।  गोपालवंशको मुख्य पेशा गाइ पाल्ने थियो । गोपालवंशका अन्तिम राजा यक्ष गुप्त निसन्तान भएको र निप जातिकै महिषपालहरुले गोपालवंशपछी नेपालमा शाषण गरेको पाइन्छ ।
 कर्कप्याट्रिकको वंशावली अनुसार आभिरहरु राजपुत उत्पतिका ग्वालाहरु भएका र सिम्रौनगढ र जनकपुर बिचको समथल भूभाग आफूसँग हातहतियार समेत राखि ठुलो संख्यामा भैँसि पाल्ने गरेकोमा पछी उपत्यका प्रवेश गरी गोपालवंशी राजालाई हराई शाषणमा नियन्त्रण कायम गरेको भनि उल्लेख गरिएको छ । यी दुवै पेशाले फरक तर एउटै जाति भएको इतिहासमा उल्लेख गरिएको पाइन्छ । अभिरहरु ठुलो संख्यामा रहेको र काठमाडौं उपत्यकावाट फैलिँदै टिष्टुङ उपत्यका प्रवेस गरि शाषण गरेको इतिहास पाइन्छ । 
अभिरहरुको शाषण अवधिमा नै गोखुरेश्वर क्षेत्रमा बसोवास रहेको थियो । जहाँ अभिरहरु र उनिहरुले परास्त गरेका गोपालहरु समेत बसोवास गदर्थे । यसरी यिनिहरुले धेरै गाइभैँसीहरु पाल्ने गर्दथे । सोही समयमा गोखुरेश्वर महादेव मन्दिर उत्पति भएको इतिहास छ । किंवदन्ती अनुसार  गोखुरेश्वर महादेव मन्दिर उत्पतीको इतिहास पशुपतिनाथको उत्पतीसंग पनि सम्वन्धित रहेको छ । काठमाडौं उपत्यकावाट अभिरहरुको वासस्थान वृद्घि हुँदै जाने क्रममा उनिहरु क्रमश पश्चिमीभेग टिष्टुङ उपत्यकाकामा आएको र सोही ठाउँमा शाषण गरी बसेको पाइन्छ । उक्त समयमा गोखुरेश्वर महादेव मन्दिरको उत्पती सम्वन्धमा रहेको किंवदन्ती अनुसार एउटा गाइले हालको कुन्छाल खोलाको नदि किनारा जसलाई नदितिर्थ र रत्नकान्तिको दोभानको रुपमा चिनिन्छ । उक्त स्थानमा एउटा गाइले आफ्नो खुरले हरेक दिन खोस्रने गर्दथे र उक्त स्थानमा खुर स्वरुपमा एउटा दर्शनढुङ्गाको चम्किलो तेज स्वरुप देखिएको र उक्त स्थानलाई अभिरहरुले गाईले आफ्नो खुरले खोस्रेर उक्त ज्योति स्वरुपको उत्पति गराइएकोले गोखुरेश्वर महादेव उत्पति भएको र उक्त स्थानमा जप ध्यान गर्न थालिएको र शिवको जवध्यान गर्दा शिवशक्ति स्वरुप श्री गौखुरेश्वर महादेव खुसी भई ग्वालाहरुको गोठमा गाइवस्तुहरुमा विघ्नवाधाहरु नआउने र गाइवस्तुहरु सप्रिँदै आउने तथा आफ्ना मनोकाँक्षाहरु पनि पुरा हुने विश्वास गरेको किंवदन्ती पाइन्छ । 
गौखुरेश्वर महादेव मन्दिर थाहा नगरपालिका वडा नं.१ र ६ को  सिमाक्षेत्रमा पर्ने मन्दिर हो । कुन्छाल गाउँवाट उत्तर र टिष्टुङवाट पश्चिम भेगमा अवस्थित यो मन्दिर राजधानी काठमाडौंवाट गणेशमान मार्ग हुँदै जम्मा ३० कि.मि. दुरीमा पुग्न सकिन्छ । यो स्थान ऐतिहासिक टिष्टुङ उपत्यकाका, तत्कालिन बज्रवाराही गा.वि.स.हालको थाहा नगरपालिका क्षेत्रमा अवस्थित धार्मिक दृष्टिले निकै महत्वपूर्ण मन्दिर हो । रक्तकान्ति र नदितिर्थको संगमस्थलमा अवस्थित चौसठ्ठी ज्योर्तिलिङ्ग मध्येको एक महत्वपूर्ण शिवालय यो मन्दिरमा विभिन्न समयमा दर्शनार्थिहरुको घुइँचो लाग्ने गर्दछ । शिवरात्रि, बाला चर्तुदशी, श्रावण मास आदिमा मात्र होइन यहाँ हरेक चाडपर्वमा पूजाआजा हुने गर्दछ । मानिसको मृत्यु पछिको बाह«ौं दिनमा सवै १३ दिने दाजुभाइहरुले यहाँ गएर नुहाइ धुवाइ पछि भगवान शिवको पूजा गरेपछि चोखिन्छ भन्ने मान्यता रहेको छ । जनैपुर्णिमा तथा गाइजात्रामा यो मन्दिरको परिक्रमा गर्नु अपरिहार्य हो । यो मन्दिरमा श्रीपञ्चमीको दिन हरेक वर्ष गाउँलेहरुले हरेक घरवाट एक एक मुठ्ठी कुस लगि छाना छाउने र पूजाआजा गरि जात्रा मनाउने प्रचलन रहेकोमा केही वर्ष अगाडी गाउँलेहरुले रकम संकलन गरि मन्दिरको छाना ढलान गरेकोले नियमित छाना छाउने कार्य भने हटेको पाइन्छ यद्यपी पूजा भने हुने गर्दछ । यहाँको पूजाआजाको व्यवस्थापनको लागि गुठी जग्गा पनि रहेको छ  र गुठीको जिम्मेवारी लिएको व्यक्तिले सोको लागि आवश्यक बन्दोवस्ती गर्नुपर्दछ । कार्तिके भजन, एकादशी, पुर्णिमा जस्ता तिथिको अवसरमा गाउँका भजन मण्डली गुरुहरुवाट मन्दिर परिसरमा भजन गर्ने र पूजाआजा गर्ने चलन रहेको छ । 
 यस क्षेत्रको ज्योर्तिलिङ्ग मध्येको एक महत्वपूर्ण यो गोखुरेश्वर मन्दिर पुरातात्विक र धार्मिक रुपले महत्वपूर्ण भइकन पनि दर्शनार्थिहरुले सजिलै पूजाआजा समेत गाह«ो हुने अवस्था छ । मन्दिर वरिपरि अव्यस्थित वाटो, मन्दिरभित्र सहजै प्रवेश गर्न नसक्ने अवस्था, विगतमा भएको कुण्ड लोप हुनु, मन्दिर भित्र मूख्य मुर्ति रहेको स्थानमा विगतमा पानीको निकास भएता पनि २०७२ को भूकम्प पश्चात भक्तजनले चढाउने गरेको पानी तथा दुध निकासा हुन नसकी  मूर्ति नै छोपिने गरि पानी जाम भएको अवस्थाले यो मन्दिर हाल मन्दिर जस्तो समेत देखिन छोडेको छ । वर्षातको समयमा त मन्दिर परिक्रमा गर्न सक्ने अवस्था सम्म हुँदैन । 
टाढावाट आउने भक्तजनहरुका निम्ति सामान्य बासको व्यवस्थापन, खानेपाली, बत्ति, शौचालय, स्नान कक्ष जस्ता अत्यावश्यक बस्तुहरुको व्यवस्थापन गर्न सकेमा धार्मिक पर्यटन समेतमा टेवा पुग्नेछ । मन्दिर नजिकै रहेको कुन्छाल गाउँलाई सन् २०१७ मा नेपाल सरकार, पर्यटन वोर्र्ड तथा भिटोफ नेपालले पर्यटन दिवशको अवसरमा नेपालको पर्यटकिय गन्तब्य गाउँ भनि घोषणा भएको यो गाउँको एक महत्वपूर्ण पक्ष यसै मन्दिर संग जोडिएको धार्मिक पर्यटन पनि हो । यद्यपी नेपाल सरकार र सम्वद्घ निकायहरुवाट खासै सहयोग र पर्यटन प्रवर्धनको निम्ति ठोस कदम अघि बढेको छैन । यहाँ भ्रमणको निम्ति आउने पर्यटकहरुले यो मन्दिरलाई व्यवस्थित गर्ने सन्दर्भमा आवाज उठाउने गरिएतापनि सुनुवाइ गर्ने निकाय नहुँदा यति धेरै पुरातात्विक र धार्मिक रुपमा महत्वपूर्ण मन्दिर जिर्ण जस्तै बन्दै जानु दुःखद छ । आसा छ सम्वन्धित पुरातत्व विभाग, नेपाल पर्यटन वोर्ड र सम्वन्धित निकायहरुवाट यसको उचित संरक्षण र चिनारीको निम्ति पहल हुने आसा गरिन्छ । थाहा १, कुन्छाल

432063100_294557375226688-1710860324.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg