jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी

1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शनिबार हेटौंडामा आयोजना गरिएको गोष्ठीमा मकवानपुर जिल्लाबाट निर्वाचित निर्वाचित जनप्रतिनिधिको सहभागिता थियो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रिनको सभाध्यक्षतामा भएको गोष्ठीमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् वागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि मोक्तानले जनप्रतिनिधिको क्षमता विकासका लागि गोष्ठी उपलब्धिमूलक हुने बताइन् ।

गोष्ठीमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् संघीय सांसद् माधब सापकोटा (सुबोध) ले ‘कुशल नेतृत्वका आयाम’, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् वागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले ‘स्थानीय तहको बजेट प्राथमिकीकरण र समाजवाद उन्मुखता’, अधिवक्ता गणेश पाण्डेले ‘स्थानीय सरकारको काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिएका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमले गोष्ठीको औचित्यमाथि प्रकाश पारेको गोष्ठीमा वागमती गाउ“पालिका अध्यक्ष सर्केश घलान र थाहा नगर पूर्वमेयर लवशेर बिष्टले स्थानीय सरकार सञ्चालनको अनुभवजन्य मन्तव्य राखेका थिए ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर सचिव वीरबहादुर घलान ज्वालाले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रमिला लामा, नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, ज्येष्ठ कम्युनिष्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदीको आतिथ्यता थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट मकवानपुर जिल्लाका स्थानीय तहमा निर्वाचित प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यलगायत पार्टीका नेता,कार्यकर्ताको सहभागिता थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...