pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी

1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शनिबार हेटौंडामा आयोजना गरिएको गोष्ठीमा मकवानपुर जिल्लाबाट निर्वाचित निर्वाचित जनप्रतिनिधिको सहभागिता थियो ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर संयोजक भीम पाख्रिनको सभाध्यक्षतामा भएको गोष्ठीमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् वागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता थियो । प्रमुख अतिथि मोक्तानले जनप्रतिनिधिको क्षमता विकासका लागि गोष्ठी उपलब्धिमूलक हुने बताइन् ।

गोष्ठीमा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् संघीय सांसद् माधब सापकोटा (सुबोध) ले ‘कुशल नेतृत्वका आयाम’, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् वागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले ‘स्थानीय तहको बजेट प्राथमिकीकरण र समाजवाद उन्मुखता’, अधिवक्ता गणेश पाण्डेले ‘स्थानीय सरकारको काम, कर्तव्य र अधिकार’ विषयमा प्रशिक्षण दिएका थिए ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इञ्चार्ज विजय गौतमले गोष्ठीको औचित्यमाथि प्रकाश पारेको गोष्ठीमा वागमती गाउ“पालिका अध्यक्ष सर्केश घलान र थाहा नगर पूर्वमेयर लवशेर बिष्टले स्थानीय सरकार सञ्चालनको अनुभवजन्य मन्तव्य राखेका थिए ।

नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर सचिव वीरबहादुर घलान ज्वालाले सञ्चालन गरेको कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य प्रमिला लामा, नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटी सचिवालय सदस्य ललित घलान, ज्येष्ठ कम्युनिष्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुबेदीको आतिथ्यता थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट मकवानपुर जिल्लाका स्थानीय तहमा निर्वाचित प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्यलगायत पार्टीका नेता,कार्यकर्ताको सहभागिता थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg