pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग

1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ ।
काठमाडौं जिल्लाको प्रवेशद्वारको रुपमा रहेको ऐतिहासिक सडक भिमफेदी थानकोट सडक ३ दशकदेखि निर्माणधिन अवस्थामा रहेको र हालसम्म पनि बजेट अभावका कारण बन्न ढिला भइरहेको छ । जसका कारण थानकोट चित्लाङ सडक खण्डमा दुर्घटना हुँदै आइरहेको छ ।
लामो समयदेखि निर्माणधिन थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि बाटो बालोपत्र गर्न बाँकी रहेको छ ।

मकवानपुर जिल्लाको चित्लाङमा पर्यटकीय क्षेत्रको रुपमा दु्रतगतिले विकास भइरहेको हुँदा उक्त सडक निर्माणले लाखौं लाख पर्यटकहरुको आवत जात गर्ने र समग्र मकवानपुर जिल्लालाई पर्यटन क्षेत्रमा सघाउ पु¥याउने छ । साथै हजारैं व्यक्तिहरु रोजगारीको अवसर प्राप्त गर्ने छन् । जसको कारण त्यस सडकमा कालोपत्र गर्न अति आवश्यक रहेकोले २०८१÷०८२ मा बजेट विनियोजन गर्न माग गरिएको संघीय सांसद राजेन्द्र कुमार केसीले बताए ।
थानकोट पानीघाट चित्लाङ खण्ड (गणेशमान सिंह राजमार्ग)मा कालो पत्र गर्नको लागि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री राजेन्द्र कुमार केसीले अर्थ मन्त्री वर्षमान पुन समक्ष ३० करोड रुपैया बराबरको बजेट विनियोजनको मागसहित पत्र प्रेस गरेका छन् ।

सो बजेटले काठमाडौं मकवानपुर दुवै तर्फको यातायात पर्यटन तथा विकासमा विशेष भूमिका खेल्नेछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...