pani-1786865868.jpg
Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड

InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।
थाहा नगरपालिकाका प्रमुख विष्णु विष्टको अध्यक्षतामा सम्पन्न बैठकमा हेटौंडा आँखा अस्पतालका प्रशासन तथा वित्त प्रमुख उमेश महत र बाह्य विभाग प्रमुख कृष्ण कुशाहले सहजीकरण गरेका थिए।
कार्यक्रममा थाहा नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत नीरज पौडेल, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङका प्रमुख विवेक राजथलालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
बैठकमा आँखा केन्द्रले आर्थिक बर्ष २०८२/०८३ मा प्रदान गरेका सेवा तथा आगामी योजनाबारे जानकारी गराइएको थियो। सो अवधिमा ४ हजार ४ सय ३२ जना बिरामीको आँखा परीक्षण, ९७ जनाको शल्यक्रिया तथा १ हजार ३ सय १९ जनाको आई स्क्रिनिङ गरिएको जानकारी दिइएको छ।
त्यस्तै, आँखा केन्द्रमार्फत ११० जना विद्यालयका विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरिएको तथा २२ जना शिक्षक र ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आँखा स्वास्थ्यसम्बन्धी तालिम प्रदान गरिएको जनाइएको छ।
गत आर्थिक बर्षमा ८८ जनाको निःशुल्क शल्यक्रिया तथा ४२ जनाको सशुल्क फेको प्रविधिबाट शल्यक्रिया गरिएको जानकारी गराइयो।
आगामी दिनमा फेको प्रविधी बाट सल्यक्रिया गर्नको लागि पालिकाको सहयोग आवश्यक रहेको बैठकमा प्रस्तुत गरिएको थियो।
त्यसैगरी, आँखा केन्द्रमा बिरामीको सुविधाका लागि व्यवस्थित शौचालय तथा बिरामी आराम कक्ष निर्माण गर्न पनि पालिकाको सहयोग आवश्यक रहेको विषय बैठकमा उठाइएको थियो।
बैठकमा आँखा स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी बनाउँदै स्थानीयस्तरमै गुणस्तरीय सेवा विस्तार गर्न पालिका, आँखा केन्द्र तथा सरोकारवाला संघसंस्थाबीच सहकार्यलाई निरन्तरता दिने विषयमा समेत छलफल भएको थियो।

20260824_095937-1787580854.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...