pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’

InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश गौतमले मोटरसाइकल तथा ईभी गाडीका चालकलाई थर्काएको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।
भाइरल भिडियोमा सांसद गौतमले सवारी चालकहरूसँग विवाद तथा भनाभन गरेको देखिन्छ। घटनाको वास्तविक कारण, परिस्थिती र त्यसक्रममा भएका गतिविधिबारे भने स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
यसैबीच सामाजिक अभियन्ता विशाल राज महतले घटनालाई लिएर जनप्रतिनिधिको आचरण, नागरिक अधिकार र कानुनको निष्पक्ष कार्यान्वयनमाथि प्रश्न उठाएका छन्।
महतले ‘कानुन सबैका लागि बराबर हो कि सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’ भन्दै जनप्रतिनिधिले जनताको मत सेवा गर्नका लागि पाएको र त्यसको दुरुपयोग गर्न नहुने बताएका छन्।
उनले जनप्रतिनिधि बनेपछि जनतालाई थर्काउने, सवारीसाधन तेर्साएर सडक अवरुद्ध गर्ने वा शक्ति प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको बताएका छन्। पद र शक्तिको दम्भ देखाउने प्रवृत्तिको आलोचना गर्दै उनले जनप्रतिनिधि कानुनभन्दा माथि हुन नसक्ने स्पष्ट पारेका छन्।
घटनाको भिडियो खिच्ने व्यक्तिलाई लामो समय प्रहरी कार्यालयमा बोलाएर केरकार गरिएको भनिएको विषयलाई समेत महतले गम्भीर रूपमा उठाएका छन्। यद्यपि उक्त दाबी सत्य भए–नभएको निष्पक्ष छानबिनबाट स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
‘गल्ती गर्ने शक्तिशालीलाई छुट र घटना देख्ने नागरिकलाई केरकार गर्ने अवस्था हो भने प्रश्न गम्भीर हुन्छ,’ महतले भनेका छन्।
उनले घटनामा कसले के गर्‍यो, विवादको वास्तविक कारण के थियो, प्रहरी कार्यालयमा के भयो र भिडियो खिच्ने व्यक्तिमाथि किन केरकार गरियो भन्ने विषयमा सम्पूर्ण तथ्य जनतासामु सार्वजनिक गर्न माग गरेका छन्।
महतका अनुसार नागरिकले प्रश्न गर्नु अपराध होइन र सार्वजनिक घटनाको भिडियो खिच्नु लोकतान्त्रिक समाजमा नागरिकको अधिकारभित्र पर्छ। पत्रकार वा नागरिकले घटनाको भिडियो खिचेकै आधारमा उनीहरूमाथि दबाब वा त्रास सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
‘हामी कसैलाई दोषी ठहर गर्दै छैनौँ। तर घटनाको निष्पक्ष छानबिन अनिवार्य छ,’ उनले भनेका छन्।
सुशासन भाषणमा मात्र नभई व्यवहारमा देखिनुपर्ने बताउँदै महतले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
‘जनताको मत मालिक बन्न होइन, जनताको सेवक बन्न हो। नागरिक समाज र सामाजिक अभियन्ता मौन बस्दैनन्,’ महतले भनेका छन्।
उनले आफूहरू कुनै व्यक्तिको पक्ष वा विपक्षमा नभई कानुन, सत्य र नागरिक अधिकारको पक्षमा रहेको स्पष्ट गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
‘कानुनको डण्डा कमजोरमाथि मात्र होइन, शक्तिशालीमाथि पनि चलोस्,’ महतको भनाइ छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg