pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’

InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश गौतमले मोटरसाइकल तथा ईभी गाडीका चालकलाई थर्काएको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको सत्यतथ्य छानबिन गर्न माग गरिएको छ।
भाइरल भिडियोमा सांसद गौतमले सवारी चालकहरूसँग विवाद तथा भनाभन गरेको देखिन्छ। घटनाको वास्तविक कारण, परिस्थिती र त्यसक्रममा भएका गतिविधिबारे भने स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
यसैबीच सामाजिक अभियन्ता विशाल राज महतले घटनालाई लिएर जनप्रतिनिधिको आचरण, नागरिक अधिकार र कानुनको निष्पक्ष कार्यान्वयनमाथि प्रश्न उठाएका छन्।
महतले ‘कानुन सबैका लागि बराबर हो कि सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’ भन्दै जनप्रतिनिधिले जनताको मत सेवा गर्नका लागि पाएको र त्यसको दुरुपयोग गर्न नहुने बताएका छन्।
उनले जनप्रतिनिधि बनेपछि जनतालाई थर्काउने, सवारीसाधन तेर्साएर सडक अवरुद्ध गर्ने वा शक्ति प्रदर्शन गर्ने अधिकार कसैलाई नभएको बताएका छन्। पद र शक्तिको दम्भ देखाउने प्रवृत्तिको आलोचना गर्दै उनले जनप्रतिनिधि कानुनभन्दा माथि हुन नसक्ने स्पष्ट पारेका छन्।
घटनाको भिडियो खिच्ने व्यक्तिलाई लामो समय प्रहरी कार्यालयमा बोलाएर केरकार गरिएको भनिएको विषयलाई समेत महतले गम्भीर रूपमा उठाएका छन्। यद्यपि उक्त दाबी सत्य भए–नभएको निष्पक्ष छानबिनबाट स्पष्ट हुनुपर्ने उनको भनाइ छ।
‘गल्ती गर्ने शक्तिशालीलाई छुट र घटना देख्ने नागरिकलाई केरकार गर्ने अवस्था हो भने प्रश्न गम्भीर हुन्छ,’ महतले भनेका छन्।
उनले घटनामा कसले के गर्‍यो, विवादको वास्तविक कारण के थियो, प्रहरी कार्यालयमा के भयो र भिडियो खिच्ने व्यक्तिमाथि किन केरकार गरियो भन्ने विषयमा सम्पूर्ण तथ्य जनतासामु सार्वजनिक गर्न माग गरेका छन्।
महतका अनुसार नागरिकले प्रश्न गर्नु अपराध होइन र सार्वजनिक घटनाको भिडियो खिच्नु लोकतान्त्रिक समाजमा नागरिकको अधिकारभित्र पर्छ। पत्रकार वा नागरिकले घटनाको भिडियो खिचेकै आधारमा उनीहरूमाथि दबाब वा त्रास सिर्जना गर्ने प्रवृत्ति स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
‘हामी कसैलाई दोषी ठहर गर्दै छैनौँ। तर घटनाको निष्पक्ष छानबिन अनिवार्य छ,’ उनले भनेका छन्।
सुशासन भाषणमा मात्र नभई व्यवहारमा देखिनुपर्ने बताउँदै महतले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
‘जनताको मत मालिक बन्न होइन, जनताको सेवक बन्न हो। नागरिक समाज र सामाजिक अभियन्ता मौन बस्दैनन्,’ महतले भनेका छन्।
उनले आफूहरू कुनै व्यक्तिको पक्ष वा विपक्षमा नभई कानुन, सत्य र नागरिक अधिकारको पक्षमा रहेको स्पष्ट गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।
‘कानुनको डण्डा कमजोरमाथि मात्र होइन, शक्तिशालीमाथि पनि चलोस्,’ महतको भनाइ छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...