pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण लामाको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा थाहा–३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी, अस्पतालका प्रमुख डाक्टर जोनशोन विक, व्यवस्थापन समितिका सदस्यहरू उर्मिला गोपाली, नवराज थापा र कृष्णकुमार कार्कीलगायत सञ्चारकर्मी शम्भु अधिकारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पतालमा उत्कृष्ट कार्य गर्ने मेडिकल अधिकृत डा. समाज गोपाली, हेल्थ असिस्टेन्ट राजन खड्का, अ.न.मी. निरीक्षक रिचा देव, सिनियर अनमी श्वेता पराजुली, ल्याब असिस्टेन्ट रमेश खड्का तथा कर्मचारी प्रदीप विष्ट र केशव घिमिरेलाई कदरपत्रसहित सम्मान गरिएको थियो। सम्मानित कर्मचारीहरूलाई प्रमुख अतिथि पौडेलले कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए।
कार्यक्रममा लामो समय अस्पतालमा सेवा गरी सेवानिवृत्त भएका रामकृष्ण खड्का र दिनेश थापालाई बिदाइ गरिएको थियो भने डा. कल्पना चौधरी र हेल्थ असिस्टेन्ट रचना शर्मालाई अस्पतालमा स्वागत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि निरज पौडेलले स्वास्थ्य सेवा प्रत्यक्ष रूपमा नागरिकको जीवनसँग जोडिएको महत्वपूर्ण सेवा भएकाले अस्पतालका कर्मचारीले आफ्नो जिम्मेवारीलाई सेवाभावका साथ निर्वाह गर्नुपर्ने बताए। उनले उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई सम्मान गर्दा अन्य कर्मचारीलाई समेत अझ जिम्मेवार र प्रेरित भएर काम गर्ने वातावरण बन्ने उल्लेख गरे।
पौडेलले अस्पतालमा लामो समय सेवा गरेका कर्मचारीको योगदानको सम्मान गर्दै सेवानिवृत्त कर्मचारीलाई आगामी जीवनका लागि शुभकामना व्यक्त गरे। साथै नयाँ कर्मचारीलाई स्वागत गर्दै अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए।
कार्यक्रममा हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

20260826_161521-1787753836.jpg
20260826_162741-1787753919.jpg
20260826_163503-1787753920.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...