pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप

InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै कैलाश गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाले आरोप लगाएको छ।

कैलाश गाउँपालिकाले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवामा कार्यरत कर्मचारीमाथि भएको भनिएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको हो। गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित खानेपानी तथा सरसफाइ योजना, कैलाश-८ तथा प्रदेश विशेष अनुदानअन्तर्गत सञ्चालित विभिन्न योजनाको निर्माणको जिम्मा सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम थाहा–१०, मकवानपुरस्थित सन्ध्या निर्माण सेवाले पाएको थियो।

निर्माण सेवाले सम्झौताअनुसारको जिम्मेवारी पूरा नगरेको भन्दै गाउँपालिकाको २०८३ भदौ ४ गते बसेको कार्यपालिका बैठकले सन्ध्या निर्माण सेवालाई कालोसूचीमा राख्नेलगायत कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

गाउँपालिकाको उक्त निर्णयविरुद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा भदौ २४ गते अन्तरिम आदेशसम्बन्धी छलफलका लागि अदालत पुगेका निर्माण सेवा पक्षका प्रोप्राइटर टाकाराज थापाले गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीलाई अदालत परिसरमै तथानाम गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाको आरोप छ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूको बैठक बसेर घटनाप्रति गहिरो खेद तथा भर्त्सना गरिएको विज्ञप्तिमा उल्लेख छ। गाउँपालिकाले सार्वजनिक सेवामा रहेर कर्तव्य निर्वाह गरिरहेका कर्मचारीमाथि गालीगलौज, धम्की र अभद्र व्यवहार हुनु दुःखद, निन्दनीय तथा गैरकानुनी कार्य भएको जनाएको छ।

राजनीतिक दलको जिल्ला नेतृत्वमा रहेका निर्माण व्यवसायीबाटै सार्वजनिक सेवामा कार्यरत कर्मचारीमाथि यस्तो व्यवहार भएको आरोप लाग्नु गम्भीर विषय भएको गाउँपालिकाको भनाइ छ। यस्ता घटनाले कर्मचारीको मनोबल खस्किनुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्न सक्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले कर्मचारीलाई सुरक्षित र निर्भीकरूपमा काम गर्ने वातावरण निर्माण गर्न तथा घटनामा संलग्नमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अपिल गरेको छ।

यता यस घटनाबारे प्रतिक्रिया दिँदै थापाले आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको दाबी गरे। अदालतबाट बाहिरिने क्रममा इन्जिनियरलाई भेटेर सामान्य गफगाफ भएकोमा राजनीतीकरण गरिएको उनले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...