pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

अपडेट

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप

InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै कैलाश गाउँपालिकाका कर्मचारीलाई गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाले आरोप लगाएको छ।

कैलाश गाउँपालिकाले बिहीबार (आज) विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवामा कार्यरत कर्मचारीमाथि भएको भनिएको दुर्व्यवहारप्रति गम्भीर आपत्ति जनाएको हो। गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित खानेपानी तथा सरसफाइ योजना, कैलाश-८ तथा प्रदेश विशेष अनुदानअन्तर्गत सञ्चालित विभिन्न योजनाको निर्माणको जिम्मा सार्वजनिक खरिद ऐन तथा नियमावलीबमोजिम थाहा–१०, मकवानपुरस्थित सन्ध्या निर्माण सेवाले पाएको थियो।

निर्माण सेवाले सम्झौताअनुसारको जिम्मेवारी पूरा नगरेको भन्दै गाउँपालिकाको २०८३ भदौ ४ गते बसेको कार्यपालिका बैठकले सन्ध्या निर्माण सेवालाई कालोसूचीमा राख्नेलगायत कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

गाउँपालिकाको उक्त निर्णयविरुद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटन, हेटौँडा इजलासमा मुद्दा दायर गरेका थिए। सोही मुद्दामा भदौ २४ गते अन्तरिम आदेशसम्बन्धी छलफलका लागि अदालत पुगेका निर्माण सेवा पक्षका प्रोप्राइटर टाकाराज थापाले गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीलाई अदालत परिसरमै तथानाम गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको गाउँपालिकाको आरोप छ।

घटनापछि गाउँपालिकाका कर्मचारीहरूको बैठक बसेर घटनाप्रति गहिरो खेद तथा भर्त्सना गरिएको विज्ञप्तिमा उल्लेख छ। गाउँपालिकाले सार्वजनिक सेवामा रहेर कर्तव्य निर्वाह गरिरहेका कर्मचारीमाथि गालीगलौज, धम्की र अभद्र व्यवहार हुनु दुःखद, निन्दनीय तथा गैरकानुनी कार्य भएको जनाएको छ।

राजनीतिक दलको जिल्ला नेतृत्वमा रहेका निर्माण व्यवसायीबाटै सार्वजनिक सेवामा कार्यरत कर्मचारीमाथि यस्तो व्यवहार भएको आरोप लाग्नु गम्भीर विषय भएको गाउँपालिकाको भनाइ छ। यस्ता घटनाले कर्मचारीको मनोबल खस्किनुका साथै सार्वजनिक सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्न सक्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले कर्मचारीलाई सुरक्षित र निर्भीकरूपमा काम गर्ने वातावरण निर्माण गर्न तथा घटनामा संलग्नमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग अपिल गरेको छ।

यता यस घटनाबारे प्रतिक्रिया दिँदै थापाले आफूले कसैलाई पनि ज्यान मार्ने धम्की नदिएको दाबी गरे। अदालतबाट बाहिरिने क्रममा इन्जिनियरलाई भेटेर सामान्य गफगाफ भएकोमा राजनीतीकरण गरिएको उनले बताए।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg