pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना

FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा लिफ्टिङ खानेपानी परियोजनाको उद्घाटन गरिएको छ । वर्षौदेखि खानेपानी अभावका कारण दुःख पाइरहेका उपभोक्ताहरुका लागि लक्षित गरी वि.सं. २०७५ सालमा निर्माण शुरु भएको योजना ८ वर्षपछि सम्पन्न भएको छ । योजनाको २९ साउनमा नगर प्रमुख विष्णु बहादुर विष्ट, विकास साझेदार संस्था च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्मा तथा अतिथीहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । आठवर्ष अघि निर्माण थालिएको उक्त खानेपानी परियोजनाका लागि बजेट अभावका कारण समयमै परियोजना निर्माण सम्पन्न हुन नसकेको नगर प्रमुख विष्टले प्रतिक्रिया दिए । लामो समय आर्थिक संकट व्यहोरेर यसवर्ष सर्वपक्षिय सहयोगका कारण योजनाको निर्माण सम्पन्न गर्न सकिएको प्रमुख विष्टको भनाइ थियो ।
खानेपानी परियोजना सम्पन्न गर्नका लागि नागरपालिकाको विकास साझेदार संस्था मानविय सेवा तथा अन्तर साँस्कृतिक आर्दान प्रदान केन्द्र (च्वाइस नेपाल) ले विशेष सहयोग गरेको छ । करिब ८ करोडको लागत अनुमान तयार गरिएको उक्त परियोजनामा च्वाइस नेपालले मात्र २ करोड ५ लाख सहयोग गरेको छ । परियोजनाका लागि तत्कालिन जिल्ला समन्वय समिति मकवानपुरले ७० लाख, प्रदेश सरकार, थाहा नगरपालिका र समुदायका उपभोक्ताहरुको सहलगानीमा खानेपानी परियोजना सम्पन्न गरिएको हो । लिफ्टिङ र ग्राभिटी गरी मिश्रित रुपमा पानी आपूर्ति गरी नागरिकलाई परियोजना मार्फत खानेपानी वितरण गरिएको छ ।
परियोजनामा ग्राभिटीतर्फ करिब ४ किलोमिटर टाढा मझुवा खोलाबाट पानी ल्याएको छ भने सोही खोलाबाट २ किलोटिर टाढा (२२ सय मिटर) माथि डाँडामा ‘डबल लिफ्टिङ’ गरी पानी रिजर्भ गरी उपभोक्ताहरुलाई खानेपानी वितरण गरिएको छ । परियोजनामा १÷१ लाख लिटर क्षमताको दुई वटा र २०÷२० हजार लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । मझुवा खोलामा ४० हजार लिटरको फिल्टरेशन ट्याङ्की, २०÷२० हजार लिटरको दुई वटा लिफ्टिङ् ट्याङ्की सो परियोजनामा निर्माण गरिएको छ । परियोजनामा १० वटा बि.पि.टी., १२ वटा भल्भ चेम्बर निर्माण भएको च्वाइस नेपालका खानेपानी प्राविधिक सुबासचन्द्र मरहट्टाले जानकारी दिए । करिब ७ किलो मिटर मुख्य पाइपलाईन रहेको उक्त परियोजनामा करिब करिब २९ किलोमटिर मुख्य वितरण पाइपलाईन रहेको च्वाइस नेपालका प्रताप ििघमिरेले जानकारी दिए ।
खानेपानी परियोजना उद्घाटन कार्यक्रमका प्रमुख अतिथी तथा नगर प्रमुख विष्णु बहादुर विष्टले नगरको ठूला योजना अन्तर्गतको खानेपानी योजना भएको भएपनि बजेट अभावमा लामो समयसम्म निर्माण सम्पन्न गर्न नसकिएको उपभोक्ताहरुमाझ जानकारी गराए । प्रमुख विष्टले नगरको खानेपानी योजना सम्पन्न गर्नका लागि महत्वपूर्ण योगदान दिने विकास साझेदार संस्था च्वाइस नेपाल, जिल्ला समन्वय समिति मकवानपुर, बागमती प्रदेश सरकार र समुदायका उपभोक्ताहरुलाई आभारसहित धन्यवाद दिए । थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डको अध्यक्ष समेत रहेका प्रमुख विष्टले अब घण्टौं लगाएर खानेपानी बोकेरे ल्याउनु पर्ने समस्या समाधान भएको बताए । उनले खानेपानी परियोजना सम्पन्न हुनु उपलब्धी नभई यसको दिगोपनाले नै उपलब्धी सुनिश्चत गर्ने बताए । खानेपानी परियोजना अन्य योजनाजस्तो नभएको बताउँदै योजनाको नियमित मर्मसंभार र रेखदेख गर्नुपर्ने भएको हुँदा समुदायको सक्रियता भए मात्र योजनाले दिगोपना पाउने विष्टको भनाइ थियो । त्यसका लागि नगरपालिका तथा खानेपानी बोर्डको सहयोग रहने उल्लेख गरे । उनले भने–‘केही समस्या भए, टेबल टक गरों, सामाजिक सञ्जालमा लेखेर समस्या समाधान हुँदैन ।’
च्वाइस नेपालका राष्ट्रिय निर्देशक प्रतीक शर्माले समुदायको माग र नगरपालिकाको योजनाप्रतिको अपनत्वका कारण संस्थाले लगानी गरी योजना सफल भएकोमा उपभोक्ताहरुलाई बधाई दिए । निर्देशक शर्माले खानेपानी योजना उद्घाटन भएपछि अब च्वाइस नेपालले समुदायलाई चटक्कै छोड्छ भन्ने कुरा नबुझ्न आग्रह गरे । यसअघि सरस्वती माविका विद्यार्थीहरुका लागि छात्रवृत्ति वितरण गरिएको पनि यहि खानेपानी योजनासँग सम्बन्धीत भएको उल्लेख गरे । खानेपानी योजनाका लागि आवश्यक सहयोग जारी नै राखिने शर्माको प्रतिवद्धता रहेको छ । थाहा नगरपालिकासँगको ११ वर्षे साझेदारीको स्मरण गर्दै समुदायकै लागि च्वाइस नेपाल नगरपालिकासँगै रहन चाहने संस्था भएको उल्लेख गरे । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरज पौडेलले खानेपानी नागरिकको आधारभूत आवश्यकता भएको औल्याउँदै नगरपालिकाले प्राथमिकताका साथ योजना सम्पन्न गरेको बताए । खानेपानी परियोजनाको उद्घाटनसँगै टाढाबाट पानी बोक्ुपर्ने अध्यायको अन्त्य भएको पौडेलको भनाइ थियो । उपभोक्ता, समुदाय, नगरपालिका, बोर्ड सबैको साझा प्रयासबाट योजनालाई दिगोपना दिनूपर्ने पौडेलको भनाइ छ । थाहानगरको ७ नम्बर वडाको माथिल्लो भेग चिसापानीदेखि देउखेलसम्मको नागरिकका लागि खानेपानी आपूर्तिमा सहयोग गर्ने च्वाइस नेपाल, नगरपालिका तथा सबै सरोकारवालाहरुलाई वडाध्यक्ष शिवराज थिङले धन्यवाद दिए । थिङले खानेपानी परियोजना मात्र नभई वडाको समग्र विकासका लागि आफू जहिल्यै जुनसुकै बेला सहकार्य गर्न तयार रहेको बताए ।
स्थानीय उपभोक्ता तथा इन्द्रायणी माविका प्रधानाध्यापक नारायण बहादुर कार्कीले खानेपानी परियोजना सम्पन्न भएपछि घण्टौं लगाएर डोकामा पानी बोक्नु पर्ने बाध्यता अन्त्य भएको बताए । खानेपानी परियोजना सम्पन्न गर्नका लागि सहयोग गर्ने च्वाइस नेपाल, जिल्ला समन्वय समिति, थाहा नगरपालिका बागमती प्रदेश सरकार, उपभोक्ता लगायत सबै सरोकारवालाहरुलाई उनले धन्यवाद दिए । थाहा नगरपालिकाको ७ नम्बर वडा कार्यालय परिसरमा भएको कार्यक्रममा थाहा नगरपालिकाले सहयोगी संस्था च्वाइस नेपाललाई सहयोगको उच्च् कदर गर्दै सम्मान गरेको छ भने सो अवसरमा सरस्वती माविले सम्मान गरेको छ । कार्यक्रममा उपभोक्ता समितिको कामको प्रशंसासहित नगरपालिकाले समितिलाई पनि सम्मान गरेको छ ।

थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवरज थिङको अध्यक्षतामा भएको कार्यक्रममा चिसापानी मझुवा लिफ्टिङ खानेपानी उपभोक्ता समितका अध्यक्ष दिवाना घलेले स्वागत गरेका थिए । कार्यक्रममा च्वाइस नेपालका प्रताप घिमिरे, घनश्याम थापा, थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक शकुन्तला गोपाली, थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगी, सुरज भुजेल, प्राविधिक कविन्द्र वड, पत्रकार शम्भू अधिकारी, खानेपानी उपभोक्ता समितिका पदाअधिकारीहरु, च्वाइस नेपालका प्रतिनीधिहरुलगायतकाको आतिथ्यता रहेको थियो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...