pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन

FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ४ मा दुईवटा स्किममा काम गर्ने गरी विकास साझेदार संस्था च्वाइस नेपालको सहयोगमा खानेपानी परियोजनाको निर्माण भइरहेको छ ।
पर्यटकीय क्षेत्र दामन–नयाँगाउँ क्षेत्रमा खानेपानीको अभाव बढ्दै गएपछि च्वाइस नेपालको सहयोगमा योजनाको निर्माण कार्य थालिएको थियो । खानेपानी आयोजना अनुगमन कार्यक्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्मा, च्वाइस नेपालका प्रताप घिमिरे, ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समितिका अध्यक्ष बिनोद लामा, उपभोक्ता समितिका पदाअधिकारीहरुलगायतको उपस्थिती रहेको थियो ।
परियोजना अन्तर्गत दामन स्किममा ३० हजार लिटरको रिजर्भ ट्याङ्की तथा इन्टेक निर्माण हुनेछ । नयाँगाउँ स्किममा इन्टेकसहित ३० हजार लिटरको एउटा र अर्को १० हजार लिटरको रिजर्भ ट्याङ्की निर्माण हुने च्वाइस नेपालका प्राविधिक सुभाष मरहट्टाले जानकारी दिए । लाभग्राही क्षेत्रभन्दा मुहान टाढा भएकोले योजनाको लागत अनुमान करिब ७० लाख पुगेको प्राविधिक मरहट्टाले जानकारी दिए । परियोजना अन्तर्गत दामनमा ३२ र नयाँगाउँमा ४१ परिवारका लागि ‘एक घर, एक धारा’ निर्माण हुने च्वाइस नेपालका प्रताप घिमिरेले जानकारी दिए ।
योजना अनुगमनको क्रममा च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले नगरपालिकाको माग र उपभोक्ताहरुको सक्रियतामा योजना सम्पन्नतर्फ उन्मुख भएकोमा खुशी व्यक्त गरे । वास्तविक आवश्यक भएको क्षेत्रमा परियोजना सञ्चालन गर्दा नागरिकले भरपूर लाभ लिने शर्माले उल्लेख गरे । लामो समयदेखि थाहा नगरपालिकासँगको साझेदारीमा भएको कामहरु नागरिकले महशुस गर्ने किसिमको विकास भएको शर्माले प्रतिक्रिया दिए । योजना सम्पन्न पश्चात् थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत सञ्चालन व्यवस्थापन हुने थाहा नगरपालिकाले जनाएको छ ।
च्वाइस नेपाल थाहा नगरपालिकासँग लामो समयसम्म सहकार्य गर्ने संस्थाको रुपमा स्थापित भएको छ । थाहा नगरपालिका र च्वाइस नेपालबीच सन् २०१५ देखि सहकार्य हुँदै शिक्षा, स्वास्थ्य, खानेपानी क्षेत्रमा सहकार्य हुँदै कार्यक्रमहरु सञ्चालन भैरहेको छ ।

FB_IMG_1785209219695-1785209388.jpg
FB_IMG_1785209226273-1785209376.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...