pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

जीवनशैली

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने

1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिएका  छन् । 

महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण,  वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १सय दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन हुने निरौलाले जानकारी दिए ।

महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गर्ने जनाइएको छ । ललितपुरको बाँडेगाउँमा सञ्चालित मामाघर आश्रम र भक्तपुरको चाँगुनारायणमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण सहयोगार्थ उक्त महायज्ञ आयोजना हुन लागेको  निरौलाले बताएका छन् ।


मानवसेवा फाउण्डेसन अन्तर्गत नै अहिले मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा रहेका छन् । स्थापना भएको एक वर्ष मात्र भएको र उक्त मामाघर आश्रममा देशका विभिन्न स्थानका करिब ७५ जना अभिभावकविहीन बालबालिकाले निःशुल्क रुपमा गाँस, बास, कपास, स्वास्थ्य र शिक्षा प्राप्त गर्दै आएका छन् ।
त्यस्तै छोरीको घर ज्येष्ठ नागरिक आश्रममा पनि दर्जनबढी बेसहारा आमाबुबाले आश्रय प्राप्त गर्दै आएका छन् । हाल दुवै आश्रम भाडाको घरबाट सञ्चालन भइरहेको उनले जानकारी दिए । देश विदेशमा रहेका नेपालीको सहयोगबाट भवन निर्माण गर्न सके हजारौँ भविष्यका कर्णधार बालबालिका अनि अनुभवका खानी ज्येष्ठ नागरिक आमाबुबाले स्याहार, सत्कार र असल संस्कार सिक्ने अवसर प्राप्त गर्ने विश्वास गरिएको छ ।  

https://thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...