himalen-2083-1778725505.jpg
Wednesday, 17 Jun, 2026
jkmv2083-1778723862.jpg

जीवनशैली

ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि

FB_IMG_1777283149750-1777682880.jpg

फोटोहरु फाइल

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख पुर्णिमापछि बज्रबाराहीको जात्रा सुरु हुन्छ ।
यो जात्रा तीन दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन गाँउबाट देवताहरु ल्याएर टिष्टुङमा बज्रबाराही अवस्थित पिठमा राख्ने गरिन्छ ।
यसको भोलिपल्ट जात्राकै मुख्य दिन प्रत्येक गाँउ गाँउको घरघरबाट बलीसहित पूजा ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाँउबाट ल्याइएका देवताहरु तेस्रो दिन र्फकाइन्छ ।
उपत्यकालाई रक्षा गर्ने चार बाराही मध्ये एक ललितपुरस्थित बज्रबाराहीको मन्दिर ने.सं ७८६ मा निवास मल्लले बनाउन लगाएका हुन् ।
टिष्टुङमा बज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ अर्थात टिष्टुङमा बज्रबाराही सबैभन्दा पुरानो हो ।

मकवानपुरको ऐतिहासिक नगर टिस्टुङ बज्रबाराहीमा प्रत्येक तीनतीन वर्ष हुने बज्रबाराही माईको जात्रा यो बर्ष बैशाख १९,२० र २१ गते आज बाट सुरु हुँदै छ।
प्रत्येक ३ वर्षको अन्तरालमा वैशाख पूर्णिमाको शनिबार पारेर जात्राको सुरुवात हुने यहाँको परम्परा छ ।
थाहा नगरपालिका ६ नं वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले जात्राको व्यवस्थापन गरिरहेको छ । तान्त्रिक विधि अनुसार पुजा आजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले बज्रवाराहीलाई खुसी पार्दा, आराधाना गर्दा मात्र मानव कल्याण हुन्छ भन्ने जनविश्वास छ । सामान्य अवस्थामा दैनिक सयौं भक्तालुको सहभागिता रहने जात्रा यो वर्ष भने झनै भव्य रुपमा शुरु भएको छ । गुठीको नाममा रहेको २ सय ४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी संचालन हुँदै आएको थियो । नेपालमा मानिने तीन जिवित देवताहरुमध्ये बज्रबाराही जात्राका धामी एक रहेको बताइएको छ ।
बज्रबाराही अजिमा यहाँको प्रमुख संरक्षक देवता हुन् भने बज्रबाराही जात्रा यहाँको प्रमुख जात्रा हो । जात्रामा यहाँका सबैले आ–आप्mनै भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागि जनाउँछन् । जात्रा संचालन र ब्यवस्थापनका लागि १३ वटा गुठीहरु समेत संचालनमा छन् । एउटा गुठी नेपाल सरकारका नाममा समेत संचालित छन् । गणेश गुठी, कुमारी गुठी, बाराही गुठी, ईन्द्रायणी गुठी, भैरव गुठी, बाजा ब्यवस्थापन गुठी लगायतका गुठीहरु छन् । जात्राका बेलामा बाराही पिठमा बली दिनका लागि पहिले नै दुई वटा राँगा खुल्लारुपमा छाडिएको हुन्छ । यसरी छाडिएको राँगालाई कुट्न, लखेट्न र थुन्न हुँदैन भन्ने मान्यता छ । यसरी छाडा छाडिएका राँगाहरु जहाँ पुगे पनि स्थानीयले पिठो लगायतका खानेकुरा खुवाएर पठाउने गर्छन् ।
जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आईतबारदेखि बिहिबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्छ । जसलाई चा पूजा भनिन्छ । चा भनेको नेवार भाषामा रात हो । यसरी चा पूजा अर्थात रात पूजा गर्न जानेहरु दुबै जनाले घर नफर्केसम्म एकअर्कासँग बोल्न हुँदैन र पछाडि फर्केर पनि हेर्नु हुँदैन भन्ने मान्यता छ । त्यसको भोलिपल्ट अर्थात शुक्रबार दिउँसो देवीको पूजा गरिन्छ । स्थानीय आगम घर अर्थात आमग छेंमा पूजारीले तान्त्रिक बिधिबाट पूजा गर्छन् । यसरी पूजा गरी सकेपछि स्थानीय कर्माचार्यहरुलाई खड्क दिईन्छ ।
यसरी खड्क दिँदा जसलाई देवता चढ्छ ऊ नै खः द्यो बन्न पाउँछ । यसरी खः द्यो चयन भएपछि उसले सेतो जामा र सेतो बेताली लगाएर खड्क बोकी काम्दै बाहिर निस्कन्छन् । जात्राको पहिलो दिनको मध्यरातमा बिशेष पूजा गरिन्छ । यो पूजा गरेको हेर्नका लागि धेरै मान्छे राती नै उठेर मन्दिर जाने गर्छन् । यो पूजा अन्तर्गत शुरुमा देउला समुदायले ल्याएको पूजा गरिन्छ जसलाई सरकारी पूजाको रुपमा लिईन्छ । यो पूजामा सर्प, भ्यागुतो, हाँस, भेडा, किरा फट्याङग्रा, माछा, चरा, भाले, बोका र राँगा लगायतको बली दिईन्छ ।
यसरी बली दिनका लागि हरेक जीवको भालेपोथी जोडी नै पीठमा लगिन्छ । तर भालेलाई बली दिईन्छ भने पोथीलाई त्यतिकै मन्दिरस्थलमा छाडिन्छ । यो पूजालाई नरवलीको सट्टामा गरिएको पूजा पनि भन्ने गरिन्छ । यसको भोलिपल्ट अर्थात आईतबारको दिनलाई जात्राको मुख्य दिन मानिन्छ । यो दिन टाढा टाढाबाट दर्शनार्थीहरु दर्शनका लागि आँउछन् । जात्राको दोस्रो दिन बिहान झिसमिसेदेखि नै बली दिन सुरु हुन्छ । पञ्चबली दिनेहरुले पनि यही दिन पूजा गर्छन् । पञ्चवलीमा बोका, हाँस, भाले, राँगा र भेडाको बली दिईन्छ । यही दिन तीन बर्ष अघिदेखि भाकल राखेकाहरुले समेत बली पूजा गर्छन् ।
मन्दिरमा पशुपंक्षी मात्रै होईन फलफूल पनि उत्तिकै चढाईन्छ । पूजा सकिएपछि अघिल्लो राती बली दिईएका दुई वटा राँगाका मुटुहरु र बोकाको टाउको यज्ञमा होमिन्छ । बिशेष मन्त्रोच्चारण गर्दै यज्ञ गर्ने चलन छ । यो यज्ञ पश्चात बाराहीको शक्ति पिठमा बली दिईदैन । जात्राको तेस्रो अर्थात अन्तिम दिन सर्वप्रथम पिठमा बली दिई छाडिएका जीवहरुको टाउको संकलन गरिन्छ । त्यसपछि देवतालाई फूलपातीले छोप्ने र त्यसमाथि मासु र भातले छोप्ने चलन छ । त्यही मासु र भातलाई देवता फर्काउनुअघि प्रसादका रुपमा बाँडिन्छ ।
प्रसाद लिनेहरुको भिड हुने भएकाले पुजारीहरुले माथि माथिसम्म फाल्ने र टाढा टाढासम्म फ्याँकेर प्रसाद दिने गर्दछन् । धार्मिक आस्था र मान्यता अनुसार यो प्रसाद खाँदा स्वस्थ्य हुने र रोगव्याधी भए निको हुने आम विश्वास छ । यो दिनमा खुवाइने जाँड पहिले देउला समुदायले खान्छन् र त्यही जुठो जाँड देवताहरुलाई खुवाईन्छ । त्यो जाँड पछि अन्य सर्वसाधारणलाई पनि बाँड्ने चलन छ । त्यसो त जात्रा अवधिभर विभिन्न गुठीमा प्रसादस्वरुप जाँड खुवाउने चलन छ । यावत काम सकिएपछि बज्रबाराही देवीको खटमा धामी र बज्रबाराही अजिमाको प्रतीकका रुपमा एक जना देउला समुदायका ब्यक्ति बस्छन् । खटलाई उठाएर तीन पटक पीठमा जयजयकारसहित परिक्रमा गराईन्छ । सबैतिरको पूजा सकिएपछि अन्त्यमा देउलाटोलमा नै ल्याएर जात्रा समापन गरिन्छ । 

FB_IMG_1777283155044-1777682987.jpg
FB_IMG_1777268986839-1777682987.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
साना किसान बज्रबाराही द्वारा बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सम्पन्न, करिब २०० कृषक लाभान्वित
FB_IMG_1781624623120-1781624964.jpg

थाहा, मकवानपुर । राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको आयोजनामा तथा राष्ट्रिय बाली रोग...

भोलिबाट सुरु हुँने छैटौं थाहा गोल्डकपको सम्पूर्ण तयारी पूरा
FB_IMG_1781621513862-1781621538.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा सञ्चालन हुन लागेको छैटौं संस्करणको थाहा...

नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
FB_IMG_1781482885790-1781483023.jpg

असार ३०–३१ — नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन “सामुदायिक क्याम्पसका जनशक्तिको पेसागत...

थाहामा महासंघ बागमती प्रदेश नेतृत्वको स्वागत, पर्यटनमा निजी क्षेत्रसँग सहकार्य गर्न नगर प्रमुखको आह्वान
InShot_20260614_194755936-1781445804.jpg

मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश...

पर्यटकलाई तामाङ संस्कृतिको स्वाद चखाउँदै टिष्टुङमा सामुदायिक होमस्टे सञ्चालन
Notes_260614_070240_eb9-1781400298.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहाको टिष्टुङमा होमस्टे सुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको पहलमान टोल...

सीपमूलक शिक्षामा जोड दिएर विद्यार्थी बढाउने अभियानलाई प्राथमिकता दिनुपर्छ” : सांसद मोक्तान
FB_IMG_1781365962043-1781365995.jpg

थाहा, मकवानपुर ।  पालुङ क्याम्पसको २३औँ क्याम्पस परिषद् उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिदै  प्रमुख...

झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg