pani-1786865868.jpg
Sunday, 01 Nov, 2026
worldlink1-1789963258.gif

जीवनशैली

ऐतिहासिक टिष्टुङमा बज्रबाराही जात्रा आजदेखि

FB_IMG_1777283149750-1777682880.jpg

फोटोहरु फाइल

प्राचिन टिष्टुङमा बज्रबाराहीको जात्रा प्रत्येक तीन वर्षमा एक चोटी लाग्दछ । चण्डीपुर्णिमा अर्थात बैशाख पुर्णिमापछि बज्रबाराहीको जात्रा सुरु हुन्छ ।
यो जात्रा तीन दिनसम्म मनाइन्छ । जात्राको पहिलो दिन गाँउबाट देवताहरु ल्याएर टिष्टुङमा बज्रबाराही अवस्थित पिठमा राख्ने गरिन्छ ।
यसको भोलिपल्ट जात्राकै मुख्य दिन प्रत्येक गाँउ गाँउको घरघरबाट बलीसहित पूजा ल्याएर दिनभर पूजा गर्ने गरिन्छ र गाँउबाट ल्याइएका देवताहरु तेस्रो दिन र्फकाइन्छ ।
उपत्यकालाई रक्षा गर्ने चार बाराही मध्ये एक ललितपुरस्थित बज्रबाराहीको मन्दिर ने.सं ७८६ मा निवास मल्लले बनाउन लगाएका हुन् ।
टिष्टुङमा बज्रबाराहीलाई ललितपुरको बज्रबाराहीको आमाको रुपमा लिने गरिन्छ अर्थात टिष्टुङमा बज्रबाराही सबैभन्दा पुरानो हो ।

मकवानपुरको ऐतिहासिक नगर टिस्टुङ बज्रबाराहीमा प्रत्येक तीनतीन वर्ष हुने बज्रबाराही माईको जात्रा यो बर्ष बैशाख १९,२० र २१ गते आज बाट सुरु हुँदै छ।
प्रत्येक ३ वर्षको अन्तरालमा वैशाख पूर्णिमाको शनिबार पारेर जात्राको सुरुवात हुने यहाँको परम्परा छ ।
थाहा नगरपालिका ६ नं वडा कार्यालय र स्थानीय गुठी व्यवस्थापन समितिले जात्राको व्यवस्थापन गरिरहेको छ । तान्त्रिक विधि अनुसार पुजा आजा गर्नुका साथै टिस्टुङ क्षेत्रको इस्ट देवता नै बज्रबाराही भएकाले बज्रवाराहीलाई खुसी पार्दा, आराधाना गर्दा मात्र मानव कल्याण हुन्छ भन्ने जनविश्वास छ । सामान्य अवस्थामा दैनिक सयौं भक्तालुको सहभागिता रहने जात्रा यो वर्ष भने झनै भव्य रुपमा शुरु भएको छ । गुठीको नाममा रहेको २ सय ४ रोपनी जग्गाको आयस्रोतले जात्रा र गुठी संचालन हुँदै आएको थियो । नेपालमा मानिने तीन जिवित देवताहरुमध्ये बज्रबाराही जात्राका धामी एक रहेको बताइएको छ ।
बज्रबाराही अजिमा यहाँको प्रमुख संरक्षक देवता हुन् भने बज्रबाराही जात्रा यहाँको प्रमुख जात्रा हो । जात्रामा यहाँका सबैले आ–आप्mनै भेषभुषा, संस्कृति र बाजागाजाका साथ रमाईलो गरी सहभागि जनाउँछन् । जात्रा संचालन र ब्यवस्थापनका लागि १३ वटा गुठीहरु समेत संचालनमा छन् । एउटा गुठी नेपाल सरकारका नाममा समेत संचालित छन् । गणेश गुठी, कुमारी गुठी, बाराही गुठी, ईन्द्रायणी गुठी, भैरव गुठी, बाजा ब्यवस्थापन गुठी लगायतका गुठीहरु छन् । जात्राका बेलामा बाराही पिठमा बली दिनका लागि पहिले नै दुई वटा राँगा खुल्लारुपमा छाडिएको हुन्छ । यसरी छाडिएको राँगालाई कुट्न, लखेट्न र थुन्न हुँदैन भन्ने मान्यता छ । यसरी छाडा छाडिएका राँगाहरु जहाँ पुगे पनि स्थानीयले पिठो लगायतका खानेकुरा खुवाएर पठाउने गर्छन् ।
जात्रा शुरु हुनुपूर्व पुजारीहरुले एक साता अघिदेखिको आईतबारदेखि बिहिबारसम्म मध्यरात मन्दिरमा (पिठ)मा गई पूजा गर्नुपर्छ । जसलाई चा पूजा भनिन्छ । चा भनेको नेवार भाषामा रात हो । यसरी चा पूजा अर्थात रात पूजा गर्न जानेहरु दुबै जनाले घर नफर्केसम्म एकअर्कासँग बोल्न हुँदैन र पछाडि फर्केर पनि हेर्नु हुँदैन भन्ने मान्यता छ । त्यसको भोलिपल्ट अर्थात शुक्रबार दिउँसो देवीको पूजा गरिन्छ । स्थानीय आगम घर अर्थात आमग छेंमा पूजारीले तान्त्रिक बिधिबाट पूजा गर्छन् । यसरी पूजा गरी सकेपछि स्थानीय कर्माचार्यहरुलाई खड्क दिईन्छ ।
यसरी खड्क दिँदा जसलाई देवता चढ्छ ऊ नै खः द्यो बन्न पाउँछ । यसरी खः द्यो चयन भएपछि उसले सेतो जामा र सेतो बेताली लगाएर खड्क बोकी काम्दै बाहिर निस्कन्छन् । जात्राको पहिलो दिनको मध्यरातमा बिशेष पूजा गरिन्छ । यो पूजा गरेको हेर्नका लागि धेरै मान्छे राती नै उठेर मन्दिर जाने गर्छन् । यो पूजा अन्तर्गत शुरुमा देउला समुदायले ल्याएको पूजा गरिन्छ जसलाई सरकारी पूजाको रुपमा लिईन्छ । यो पूजामा सर्प, भ्यागुतो, हाँस, भेडा, किरा फट्याङग्रा, माछा, चरा, भाले, बोका र राँगा लगायतको बली दिईन्छ ।
यसरी बली दिनका लागि हरेक जीवको भालेपोथी जोडी नै पीठमा लगिन्छ । तर भालेलाई बली दिईन्छ भने पोथीलाई त्यतिकै मन्दिरस्थलमा छाडिन्छ । यो पूजालाई नरवलीको सट्टामा गरिएको पूजा पनि भन्ने गरिन्छ । यसको भोलिपल्ट अर्थात आईतबारको दिनलाई जात्राको मुख्य दिन मानिन्छ । यो दिन टाढा टाढाबाट दर्शनार्थीहरु दर्शनका लागि आँउछन् । जात्राको दोस्रो दिन बिहान झिसमिसेदेखि नै बली दिन सुरु हुन्छ । पञ्चबली दिनेहरुले पनि यही दिन पूजा गर्छन् । पञ्चवलीमा बोका, हाँस, भाले, राँगा र भेडाको बली दिईन्छ । यही दिन तीन बर्ष अघिदेखि भाकल राखेकाहरुले समेत बली पूजा गर्छन् ।
मन्दिरमा पशुपंक्षी मात्रै होईन फलफूल पनि उत्तिकै चढाईन्छ । पूजा सकिएपछि अघिल्लो राती बली दिईएका दुई वटा राँगाका मुटुहरु र बोकाको टाउको यज्ञमा होमिन्छ । बिशेष मन्त्रोच्चारण गर्दै यज्ञ गर्ने चलन छ । यो यज्ञ पश्चात बाराहीको शक्ति पिठमा बली दिईदैन । जात्राको तेस्रो अर्थात अन्तिम दिन सर्वप्रथम पिठमा बली दिई छाडिएका जीवहरुको टाउको संकलन गरिन्छ । त्यसपछि देवतालाई फूलपातीले छोप्ने र त्यसमाथि मासु र भातले छोप्ने चलन छ । त्यही मासु र भातलाई देवता फर्काउनुअघि प्रसादका रुपमा बाँडिन्छ ।
प्रसाद लिनेहरुको भिड हुने भएकाले पुजारीहरुले माथि माथिसम्म फाल्ने र टाढा टाढासम्म फ्याँकेर प्रसाद दिने गर्दछन् । धार्मिक आस्था र मान्यता अनुसार यो प्रसाद खाँदा स्वस्थ्य हुने र रोगव्याधी भए निको हुने आम विश्वास छ । यो दिनमा खुवाइने जाँड पहिले देउला समुदायले खान्छन् र त्यही जुठो जाँड देवताहरुलाई खुवाईन्छ । त्यो जाँड पछि अन्य सर्वसाधारणलाई पनि बाँड्ने चलन छ । त्यसो त जात्रा अवधिभर विभिन्न गुठीमा प्रसादस्वरुप जाँड खुवाउने चलन छ । यावत काम सकिएपछि बज्रबाराही देवीको खटमा धामी र बज्रबाराही अजिमाको प्रतीकका रुपमा एक जना देउला समुदायका ब्यक्ति बस्छन् । खटलाई उठाएर तीन पटक पीठमा जयजयकारसहित परिक्रमा गराईन्छ । सबैतिरको पूजा सकिएपछि अन्त्यमा देउलाटोलमा नै ल्याएर जात्रा समापन गरिन्छ । 

FB_IMG_1777283155044-1777682987.jpg
FB_IMG_1777268986839-1777682987.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg