pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

जीवनशैली

आज घरघरमा लक्ष्मीपुजा सहित दिपावली गरिदैं

FB_IMG_1730335841381-1730336026.jpg

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

 

 

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका पनि भनिन्छ।

लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ।​

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। हाल पालामा दीयोको स्थानमा मैनबत्ति बाल्ने प्रचलन पनि बढ्न थालेको छ। दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउछन्।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् गौतमको भनाइ छ।

आज साँझ युवतीले समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ। वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो। ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि धर्मशास्त्रविद् गौतमले बताए।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइन्छ। यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। 

लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ। कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ। शास्त्रीयरुपमा भने औँसीपछि कात्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए। 

chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...