pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम

FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ ।
थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि विज्ञान प्रदर्शनी तथा विज्ञान शिक्षा प्रवर्द्धन–२०८३ प्रतियोगितामा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको छ।
आज जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय दोस्रो, पालुङ अंग्रेजी आवासीय विद्यालय तेस्रो तथा मत्स्यनारायण माध्यमिक विद्यालयले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
थाहा नगरपालिका भित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको प्रदर्शनीमा विद्यार्थीहरूले विज्ञान तथा प्रविधिसम्बन्धी विभिन्न सिर्जनात्मक परियोजनाहरू प्रस्तुत गरेका थिए। प्रदर्शनीले विद्यार्थीहरूको अनुसन्धान क्षमता, सिर्जनशील सोच र व्यवहारिक ज्ञानलाई उजागर गरेको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा थाहा नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले यस्ता प्रदर्शनीले विद्यार्थीमा वैज्ञानिक सोच र नवप्रवर्तनको भावना विकास गर्ने उल्लेख गर्दै ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिसम्बन्धी ज्ञान र सीप विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
प्रदर्शनीमा जनकल्याण मावि, सुन्दरीदेवी मावि, सरस्वती मावि, बागेश्वरी मावि, नाट्यश्वरी मावि, दुर्गादेवी मावि, पालुङ मोर्डन, पालुङ भ्याली हार्ट एकेडेमी, हिमालयन इङ्लिस स्कुल, मत्स्यनारायण मावि तथा पालुङ अंग्रेजी आवासीय माविको सहभागिता रहेको थियो।
विद्यार्थीलयका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, विज्ञान शिक्षक समाज मकवानपुरका अध्यक्ष भरत पोखरेल, प्याब्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, विद्यालयका निवर्तमान प्रधानाध्यापक सानोभाइ कार्की, जनकल्याण एलुम्नाइ एसोसिएसनका सदस्य तथा सञ्चारकर्मी शम्भु अधिकारीलगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

FB_IMG_1781275010287-1781275027.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...