pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान

FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी रहेको धारणा राखेकी छिन् । नेपाली कांग्रेस थाहानगर ९ नम्बर वडा समिति चित्लाङको आयोजनामा २९ वैशाखमा भएको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अग्रजको योगदानकै कारण कांग्रेस वर्तमान अवस्थासम्म आइपुगेकोले अग्रजको सम्मान गर्नुपर्ने धारणा राखेकी हुन् । ‘यस वडाले अघिल्लो वर्षमा झैं यसवर्ष पनि अग्रजलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ ।

पार्टीमा लामो समय योगदान दिएका अग्रजहरुको योगदानलाई सम्मान गर्न जरुरी छ’, सहमहामन्त्री डीनाले भनिन्, ‘अरु वडा र पालिकाले पनि यस वडाबाट सिक्न जरुरी छ ।,’ आमनिर्वाचनमा कांग्रेसको उम्मेदवारलाई घात गर्नेहरुलाई पार्टीको आन्तरिक निर्वाचनबाटै पाखा लगाउनुपर्ने उनको निर्देशन थियो । वर्तमान राजनीतिक सन्दर्भमा आफ्नो धारणा राख्दै डीनाले कांग्रेसलाई धोका दिएर बनेको वर्तमान सरकार अहिल्यै धुरमुर अवस्थामा पुगिसकेको बताइन् । कम्युनिस्टहरु सरकार टिकाउन अर्काको पार्टी फुटाउन समेत पछि नपर्ने गरेको डीनाको भनाई थियो ।
कांग्रेस थाहानगर ९ नम्बर समितिले सूर्यमान बलामी, उत्तमप्रसाद उपाध्याय, खिन्द्रबहादुर थापालाइ सम्मान गरेको हो । यस्तै स्व.बिष्णुलाल गमाल र राजभाइ श्रेष्ठलाई मरणोपरान्त सम्मान गरिएको थियो । वडा सभापति राजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु आनन्दराम पराजुली, यतीराज सापकोटा, भीम लामा, भरत गोपाली, उद्धव लामिछाने, खड्ग गोपाली, राजेन्द्र बिडारी, भवानी श्रेष्ठ, बिक्रम गोपाली, दीपक गोपाली, कर्ण गोपाली, राममाया खत्रीलगायतले समसामयिक विषयमा मन्तव्य व्यक्त गरेका थिए ।

FB_IMG_1715524610260-1715524641.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg