pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। च्वाइस नेपाल र थाहा नगरपालिकाको आर्थिक सहयोगमा चित्लाङ स्वास्थ्य चौकी भवन निर्माण भएको हो । उद्घाटन  कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख विष्टले नागरिकलाई गुणस्तरीय र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण गरिएको बताए ।
सामान्य विरामी हुँदा पनि घर नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा लिनका लागि विष्टले आग्रह गरे ।  प्रमुख विष्टले स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा सहयोगी दाता च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास गर्ने उद्देश्य रहेको बताउदै निर्माण कार्य सम्पन्न पछि पनि च्वाइसले अस्पतालमै सुत्केरी, सवैलाई स्वास्थ्य सेवा, आकस्मिक सेवा, प्राविधिकलाई तालिम तथा दक्ष जनशक्ति उत्पादन गरि सेवा प्रदान गरिने बताउदै नमुना काम सहित छिटो समयमा भवन निर्माण गरिएको बताउदै सहयोग गर्ने सबै लाई धन्यवाद व्यक्त गरे।
२ करोड १० लाख बजेट रहेको योजनामा च्वाइस नेपालले १ करोड ५० लाख तथा थाहा नगरपालिकाको ५० लाख सहित च्वाइसको प्राविधिक सहयोग रहने र डेढ वर्षमा निर्माण पूरा गर्ने लक्ष सहित निर्माण थालिएकोमा समय अगावै निर्माण कार्य सम्पन्न भएको च्वाइसका प्रताप घिमिरेले बताए ।
पहिलो बर्षमा स्वास्थ्य चौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिने छ।

 चित्लाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन खालिङ,च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा,डोटेरा नेपालका राजेश अधिकारी,ctvt का पुर्व सदस्य सचीव डाक्टर रामहरी लामिछाने,वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी,लगायत  राजनैतिक दलका प्रतिनिधिहरु, थाहा नगरपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुख हरु,डोटेरा चाइनाको अतिथिहरु,स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रम जंगबहादुर लामाले संचालन गरेका थिए।

438241350_135873547814928-1715270097.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...