gumba-1715660528.jpg
Monday, 20 May, 2024
थाहा नगर

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। च्वाइस नेपाल र थाहा नगरपालिकाको आर्थिक सहयोगमा चित्लाङ स्वास्थ्य चौकी भवन निर्माण भएको हो । उद्घाटन  कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख विष्टले नागरिकलाई गुणस्तरीय र छिटो स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य चौकी भवन निर्माण गरिएको बताए ।
सामान्य विरामी हुँदा पनि घर नजिकैको स्वास्थ्य केन्द्रबाट सेवा लिनका लागि विष्टले आग्रह गरे ।  प्रमुख विष्टले स्वास्थ्य चौकी भवनको निर्माणले यस क्षेत्रका नागरिकले प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा सहयोगी दाता च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्माले स्वास्थ्य क्षेत्रको पुर्वाधार विकास गर्ने उद्देश्य रहेको बताउदै निर्माण कार्य सम्पन्न पछि पनि च्वाइसले अस्पतालमै सुत्केरी, सवैलाई स्वास्थ्य सेवा, आकस्मिक सेवा, प्राविधिकलाई तालिम तथा दक्ष जनशक्ति उत्पादन गरि सेवा प्रदान गरिने बताउदै नमुना काम सहित छिटो समयमा भवन निर्माण गरिएको बताउदै सहयोग गर्ने सबै लाई धन्यवाद व्यक्त गरे।
२ करोड १० लाख बजेट रहेको योजनामा च्वाइस नेपालले १ करोड ५० लाख तथा थाहा नगरपालिकाको ५० लाख सहित च्वाइसको प्राविधिक सहयोग रहने र डेढ वर्षमा निर्माण पूरा गर्ने लक्ष सहित निर्माण थालिएकोमा समय अगावै निर्माण कार्य सम्पन्न भएको च्वाइसका प्रताप घिमिरेले बताए ।
पहिलो बर्षमा स्वास्थ्य चौकी भवन निर्माण गरिने, दोश्रो बर्ष स्वास्थ्य संस्थालाई आधुनिक उपकरण सहित प्रबिधिमैत्री बनाइने र तेस्रो बर्ष कर्मचारी र स्वास्थ्यकर्मीहरुको क्षमता बिकास गरि दक्ष बनाउन बिभिन्न तालिम कार्यक्रम संचालन गरिने छ।

 चित्लाङ स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष राजकुमार बलामीको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,थाहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवीन खालिङ,च्वाइस नेपालका कन्ट्री डाइरेक्टर प्रतीक शर्मा,डोटेरा नेपालका राजेश अधिकारी,ctvt का पुर्व सदस्य सचीव डाक्टर रामहरी लामिछाने,वडा न ६ का अध्यक्ष राजनभक्त श्रेष्ठ,थाहा नगर स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी,लगायत  राजनैतिक दलका प्रतिनिधिहरु, थाहा नगरपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुख हरु,डोटेरा चाइनाको अतिथिहरु,स्थानीयको उपस्थिति रहेको थियो।
कार्यक्रम जंगबहादुर लामाले संचालन गरेका थिए।

438241350_135873547814928-1715270097.jpg

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...