Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

आर्थिक खबर

सुखी भविष्य सहकारीको अध्यक्षमा पुनः सुरेन्द्रमान प्रधानको नेतृत्व

1705744037120-1705744187.jpg

थाहा नगरपालिका ३ थानाबजारस्थित सुखी भविष्य वचत तथा ऋण सहकारी संस्था लि.मा सुरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।

शनिबार विकास घरमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले प्रधानको अध्यक्षता सञ्चालक समिति निर्वाचित भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सचिवमा बिक्रम केसी, कोषाध्यक्षमा बिक्रम श्रेष्ठ, सदस्यहरुमा दिपराज लामिछाने, राजेन्द्र भुजेल र दिलमाया तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुजन कुमार रायमाझी, सदस्यहरुमा सुर्य बहादुर दोङ र कमल बहादुर कार्की निर्वोरोध निर्वाचित हुनु भएको छ ।

थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष प्रधानको अध्यक्षमा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष प्रधानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष रेशम विष्ट  बैदेशिक भ्रमणमा रहेकोले सचिव विक्रम केसीले नै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

सभाको अवसरमा प्रमुख अतिथि तिवारी, सहयोगी वचत तथा ऋण सहकारी संस्थाका सचिव धर्म प्रधानलगायतले शुभकामना मन्तव्य दिनुभयो । सभाको अवसरमा साधारण वचततर्फ थाहा ४ का राम गोतामे, थाहा २ का सन्तबहादुर पोडे, दैनिक वचततर्फ थाहा ९ का राजु श्रेष्ठ, थाहा १ का गौरी प्रधान, उत्कृष्ट कर्जातर्फ थाहा ४ का निर्मला तामाङ, थाहा ९ का मानबहादुर स्याङ्तान र कर्मचारीतर्फ केशव कुमार प्रधान सम्मानित हुनु भएको छ ।

1705744039939-1705744418.jpg
1705744034529-1705744418.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...