pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

सुखी भविष्य सहकारीको अध्यक्षमा पुनः सुरेन्द्रमान प्रधानको नेतृत्व

1705744037120-1705744187.jpg

थाहा नगरपालिका ३ थानाबजारस्थित सुखी भविष्य वचत तथा ऋण सहकारी संस्था लि.मा सुरेन्द्रमान प्रधानको नेतृत्वमा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।

शनिबार विकास घरमा सम्पन्न १४ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले प्रधानको अध्यक्षता सञ्चालक समिति निर्वाचित भएको निर्वाचन अधिकृत भूमिराज अवस्थीले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सचिवमा बिक्रम केसी, कोषाध्यक्षमा बिक्रम श्रेष्ठ, सदस्यहरुमा दिपराज लामिछाने, राजेन्द्र भुजेल र दिलमाया तामाङ निर्विरोध निर्वाचित हुनु भएको छ ।

यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुजन कुमार रायमाझी, सदस्यहरुमा सुर्य बहादुर दोङ र कमल बहादुर कार्की निर्वोरोध निर्वाचित हुनु भएको छ ।

थाहा नगरपालिका सहकारी शाखाका प्रमुख अस्मिता तिवारी घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष प्रधानको अध्यक्षमा सभा सम्पन्न भएको हो । सभामा अध्यक्ष प्रधानले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो भने कोषाध्यक्ष रेशम विष्ट  बैदेशिक भ्रमणमा रहेकोले सचिव विक्रम केसीले नै आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो ।

सभाको अवसरमा प्रमुख अतिथि तिवारी, सहयोगी वचत तथा ऋण सहकारी संस्थाका सचिव धर्म प्रधानलगायतले शुभकामना मन्तव्य दिनुभयो । सभाको अवसरमा साधारण वचततर्फ थाहा ४ का राम गोतामे, थाहा २ का सन्तबहादुर पोडे, दैनिक वचततर्फ थाहा ९ का राजु श्रेष्ठ, थाहा १ का गौरी प्रधान, उत्कृष्ट कर्जातर्फ थाहा ४ का निर्मला तामाङ, थाहा ९ का मानबहादुर स्याङ्तान र कर्मचारीतर्फ केशव कुमार प्रधान सम्मानित हुनु भएको छ ।

1705744039939-1705744418.jpg
1705744034529-1705744418.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...