Sunday, 12 May, 2024
आर्थिक खबर

सीमभन्ज्याङ बजार अनिश्चतकालका लागि बन्द

simbhanjyang-1597116546.jpg

फाेटाे : विनाेदकुमार लामा

कोरोना भाइरस संक्रमणको डरले मकवानपुरको थाहा नगरपालिका–४ स्थित सीमभन्ज्याङ बजार अनिश्चितकालका लागि भएकोे छ । स्थानीय व्यवसायीहरुले कोरोना संक्रमण फैलनसक्ने भन्दै स्वतः स्फूर्त रुपमा व्यवसाय बन्द गरेका हुन् ।

मकवानपुरको दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा त्रास फैलिएको छ । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका भित्रिने मुख्य नाका भएको र  उक्त राजपथ भएर आवतजावत गर्ने सवारी साधनहरु रोकेर चहलपहल भैरहने भएकोले कोरोनाको कारण व्यवसाय बन्द गर्ने निष्कर्षमा पुगेको स्थानीय होटल व्यवसायी सीताराम सिन्तानले बताउनुभयो ।

कोरोना संक्रमण रोकथामका दृष्टिले बजारलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने सम्बन्धमा सीमभन्ज्याङ बजार व्यवस्थापन समितिले छलफलको आयोजना गर्दा स्थानीय व्यवसायीहरुले परिस्थिति सामान्य नहुन्जेल व्यवसाय नै बन्द गर्ने निर्णय गरेको समितिका अध्यक्ष अमित पाख्रिनले बताउनुभयो । 

सीमभन्ज्याङ त्रिभुवन राजपथकै निकै पुरानो बजार मानिन्छ । मकवानपुरको सबैभन्दा उच्च स्थानमा रहेको यो बजार विशेषगरी सेलरोटी र तरकारी(खाजा)ले प्रशिद्ध छ । त्रिभुवन राजपथ भएर आवतजावत गर्ने सवारी चालकहरु सीमभन्ज्याङमा रोकेर खाजा र खाना खाएर जाने गर्दछन् ।

सीमभन्ज्याङ बागमती प्रदेश राजधानी हेटौंडादेखि ५० किलोमिटर उत्तरतर्फ पर्दछ । यहाँ साना तथा मझौला गरी एक दर्जनभन्दा बढी होटलहरु रहेका छन् । 
 


world-link-1690434568.jpg
मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...