Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

आर्थिक खबर

सहकारीका सचिबहरुको भेला सम्पन्न : छ बुँदे प्रतिबद्धता पत्र पारित

FB_IMG_1677860480881-1677860654.jpg

हेटौंडा, १९ फागुन/जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मकवानपुरको आयोजनामा संघमा आवद्ध सहकारी संस्थाका सचिबहरुको एकदिने भेला सम्पन्न भएको छ ।
संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षता एवम् बागमती प्रदेश सहकारी बिकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा भएको भेलामा संघमा आवद्ध ७१ ओटा सहकारी संस्थाका सचिबहरुको सहभागिता रहेको थियो ।
शुक्रवार सम्पन्न भेलामा प्रमुख अतिथि देबकोटाले सहकारी संस्थाहरुमा आईपरेका समस्या समाधानको निम्ति सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहनु नै मुख्य समाधान भएको बताउनुभयो । उहाँले जिल्ला बचत तथा ऋण सहकारी संघले सदस्य सदस्य संस्थाहरुलाई बिभिन्न कार्यक्रम, शिक्षा, तालिम सञ्चालन गरेको र सदस्य संस्थालाई सुसूचित गरिरहेकोले यस्ता शिक्षा, तालिम, कार्यक्रममा सहभागी भई संस्थाको बिकासमा लाग्नआग्रह गर्नुभयो ।
भेलामा बागमती प्रदेश पर्यटन तथा नागरिक उड्डयन एवं सहकारी मन्त्रालयका रजिष्ट्रार नारायण प्रसाद ज्ञवालीले सहकारीको मूल्य मान्यता, सिद्धान्त, ऐन नियमको परिपालना र सुशासनमा रहेर सहकारी संचालनमा आए सहकारीमा समस्या नआउने बताउनुभयो । उहाँले विभिन्न कारणले सहकारीहरुमा समस्या आएको बताउदै समस्याको सामाधानको निम्ति जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरले निरन्तर रुपमा गरिरहेको कार्यको प्रशंशा गर्नुभयो । 

भेलाले प्रभावकारी ढंगले सहकारी संस्था संचालन गर्नको लागि ६ बुंदे प्रतिबद्धता पत्र समेत पास गरेको छ ।

प्रतिबद्धता पत्रमा सहकारी संस्थामा आएको चुनौतीको सामूहिक रुपमा समाधान गर्न सदस्यहरुसंग निरन्तर सम्पर्कमा रहेर संस्थाको गतिबिधि संचालन गर्ने, संस्थामा पर्याप्त तरलता कायम राख्ने, सहकारी मूल्य, मान्यता, सिद्धान्त, सहकारी ऐन, नियमावलीको पूर्ण पालना गरी सदस्य हितमा कार्य गर्ने उल्लेख छ ।

भेलामा संघका अध्यक्ष कल्पना श्रेष्ठले समसामयिक परिस्थितिमा सहकारी संस्थाका समस्या, चुनौती, यसको समाधानका दीर्घकालीन उपायहरु, सचिवको  भूमिका, संस्थाका संभावित अनियमितताका छिद्रहरु, यसको पहिचान एवं समाधान गर्ने उपाय सहितको  कार्यपत्र  प्रस्तुत गर्नुभएको थियो भने व्यवस्थापक सुमित्रा कुमारी वाईबाले संघको संस्थागत जानकारी  प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिम पौडेल,संघका सचिव बिरेन्द्र प्रसाद ढुंगाना, कोषाध्यक्ष बिष्णु माया लामा लगायतको उपस्थिति रहेको थियो ।

 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...