pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

संघीय सरकार मार्फत थाहालाई ४४ करोड ९० लाख बजेट

DSCN4816-1717401924.JPG

अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारबाट मकवानपुरका स्थानीय तहहरुले आर्थिक वर्ष २०८१/०८२ का लागि ४ अर्ब ४० करोड ७२ लाख रुपियाँ बजेट पाउने भएका छन् । मकवानपुरको एक मात्र उपमहानगरपालिका हेटौंडाले सबैभन्दा बढि १ अर्ब १६ करोड ५३ लाख बजेट पाउने भएको छ । हेटौंडाले संघबाट समानीकरण अनुदान २९ करोड ९८ लाख, सशर्त अनुदान ८१ करोड ७५ लाख, १ करोड ३० लाख विशेष अनुदान र ३ करोड ५० लाख समपुरक अनुदान पाउने भएको हो ।

मकवानपुरमा सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाले २२ करोड ८० लाख रुपियाँ पाउने भएको छ । इन्द्रसरोवरले वित्तीय समानीकरणतर्फ ७ करोड २६ लाख, सशर्त अनुदान १२ करोड ८४ लाख, विशेष अनुदान १ करोड २० लाख र समपुरक अनुदान १ करोड ५० लाख बजेट पाउने भएको हो । थाहा नगरपालिकाले ४४ करोड ९० लाख रुपियाँ बजेट पाएको छ । थाहाले समानीकरण अनुदान १२ करोड २८ लाख, सशर्त अनुदान ३० करोड ६२ लाख, विशेष अनुदान र समपुरक अनुदान १/१ करोड पाउने भएको हो । थाहा नगरपालिकाले पाएको यो बजेट मकवानपुरको बकैया गाउँपालिकाले पाएको बजेट भन्दा ४ करोड ४१ लाख कम हो ।

बकैया गाउँपालिकाले ४९ करोड ३१ लाख बजेट पाएको छ । बकैयाले वित्तीय समानीकरण अनुदान ११ करोड ९१ लाख, सशर्त अनुदान ३४ करोड ५५ लाख, समपुरक अनुदान २ करोड ८५ लाख रुपियाँ पाएको छ । यो गाउँपालिकाले विशेष अनुदान भने पाएको छैन । जिल्लाको कैलाश गाउँपालिकाले २७ करोड ३७ लाख रुपियाँ बजेट पाएको छ । कैलाशले वित्तीय समानीकरण अनुदान ९ करोड ४ लाख, सशर्त अनुदान १७ करोड ६८ लाख र समपुरक अनुदान ६५ लाख पाएको छ । कैलाशले पनि विशेष अनुदान पाएको छैन ।

बागमती गाउँपालिकाले ४२ करोड ५ लाख रुपियाँ बजेट पाएको छ । बागमतीले वित्तीय समानीकरण अनुदान १० करोड ४९ लाख, सशर्त अनुदान ३१ करोड १६ लाख, विशेष अनुदान ५० लाख पाएको छ भने समपुरक अनुदानबाट बागमती गाउँपालिका वञ्चित भएको छ । भीमफेदी गाउँपालिकाले ३९ करोड ५ लाख बजेट पाएको छ । समानीकरणतर्फ भीमफेदीले ९ करोड ९२ लाख, सशर्त अनुदान २६ करोड ७३ लाख, विशेष अनु्दान १ करोड र समपुरक अनुदान १ करोड ४० लाख रुपियाँ पाएको छ । मकवानपुरगढी गाउँपालिकाले ३४ करोड ५ लाख बजेट पाएको छ । मकवानपुरगढीले वित्तीय समानीकरण अनुदान ९ करोड ८२ लाख, सशर्त अनुदान २३ करोड ७३ लाख, विशेष अनुदान ५० लाख पाएको छ भने समपुरक अनुदान पाएको छैन ।

जिल्लाको मनहरी गाउँपालिकाले ३५ करोड २८ लाख रुपियाँ बजेट पाएको छ । मनहरीले समानीकरण अनुदान १२ करोड ३७ लाख, सशर्त अनुदान २१ करोड ९१ लाख र समपुरक अनुदान १ करोड पाएको छ । मनहरीले विशेष अनुदान प्राप्त गरेको छैन । राक्सिराङ गाउँपालिकाले २९ करोड ३८ लाख बजेट पाएको छ । राक्सिराङले समानीकरण अनुदान ९ करोड ४४ लाख पाएको छ भने सशर्त अनुदान १९ करोड ४४ लाख पाएको छ । विशेष अनुदान ५० लाख पाएको राक्सिराङले समपुरक अनुदान पाएको छैन । मकवानपुरका स्थानीय तहहरुलाई अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत संघीय सरकारले चालुतर्फ ३ अर्ब ९७ करोड ९१ लाख र पुँजीगत ४२ करोड ८१ लाख बजेट पठाएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाएको छ । यसमध्ये महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रुपैयाँ र गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल ८८ अर्ब रुपैयाँ रहेको छ । सशर्त अनुदान २ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । विशेष अनुदान ८ खर्ब ४० अर्ब र समपुरक अनुदान ७ अर्ब रुपैयाँ जाने अर्थ मन्त्रालयले जनाएको छ । समानीकरण अनुदानतर्फ महानगरपालिकामा २ अर्ब ५५ करोड, उपमहानगरपालिकामा ३ अर्ब १४ करोड, नगरपालिकामा ३८ अर्ब ४२ करोड र गाउँपालिकाहरुमा ४३ अर्ब ८८ करोड रुपैयाँ पठाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...