pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

शिखर बचतको १३ औं साधारणसभा सम्पन्न,संस्थाको कारोबार १० करोड

shikhar1-1704544102.jpg

थाहा नगरको मुख्य बजार शिखरकोटमा कार्यालय रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मनोज रायमाझीको सभापतित्वमा सम्पन्न साधारण सभामा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता तथा च्वाइस नेपालका सामाजिक बिकास विशेषज्ञ कुल प्रसाद  तिवारीको बिशिस्ट आतिथ्यता रहेको साधारणसभा उद्घाटन कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष मधुसूदन बिष्ट,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,भुमी आयोग मकवानपुरका सदस्य अरुण रायमाझी,फरक सोचका अध्यक्ष यादव रायमाझी,दामन चेली समाजका अध्यक्ष राधिका रायमाझी,जिल्ला बचत तथा ऋण सहाकारीका संचालक फणिन्द्र सुवेदी,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,थाहा नगरपालिका रोजगार संयोजक कुमार नेगी,पाथिभरा बचतका भुपेन्द्र हमाल,लगायत बित्तीय संस्था तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष मनोज रायमाझी  तथा कोषाध्यक्ष निरज  रायमाझीले आर्थिक वर्ष २०८०/०८१ को अनुमानित आय व्यय तथा वार्षिक कार्यक्रम र लेखा समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरिएको थियो । उक्त प्रतिवेदन उपर छलफल गरी साधारण सभाबाट पारित गरिएको छ । संस्थाका अध्यक्ष मनोज रायमाझीले अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै संस्था थाहा नगरको केही उत्कृष्ट सहकारीहरु मध्यको सहकारी हुँदै  जानुले बिश्वास बढ्दै गएको बताउदै आगामी दिनमा राष्ट्रिय सहकारी बैंक मार्फतको कारोबार र च्वाइस नेपाल र शिखर बचतको सम्बन्ध लाई निरन्तरता दिदै सदस्य हितकोषको व्यवस्था गर्ने भावी रणनीति भएको उल्लेख गर्दै बचतमा आकर्षक योजना हरु ल्याइयको प्रतिबेदन प्रस्तुत गर्दै च्वाइस नेपाल संगको साझेदारीमा उत्कृष्ट कृषक तथा उद्यमी पुरस्कार,व्यावसायिक तालिम,टनेल बितरण ,रिवेट कार्यक्रम हरु गर्दै आइरहेको प्रतिबेदन प्रस्तुत गरे। तेसै गरि संस्थाका कोषाध्यक्ष निरज रायमाझीले आर्थिक वर्ष  मा संस्थाको सेयर पुँजी १ करोड ३८ लाख  बाट १ करोड ४२ लाख पुगेको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै ५ करोड ६९ लाख निक्षप संकलन गर्दै ६ करोड ४५ लाख रुपैया लगानी बाट २१ लाख ६९ हजार  मुनाफा गर्न सफल रहेको प्रतिवेदन प्रस्तुत गरे १४ सय  सदस्य संख्या रहेको संस्थाको वार्षिक कारोबार ९ करोड २० लाख पुगेको छ। साधारणसभाको अवसरमा शुभकामना दिदै प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टले उत्पादनसँग सदस्यलाई जोड्ने गरी आयातलाई प्रतिष्थापन गर्न सामाजिक उद्यमशीलताको क्षेत्रमा अगुवाई गर्न शिखर बचतलाइ लाई आग्रह गरे वहाँले सहकारी अभियानले छरिएर रहेको पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको धारणा राख्नु भएको थियो । साधारणसभाको अवसरमा च्वाइस नेपाल र शिखर बचतको संयुक्त रूपमा उद्यमी व्यवसायी पुरस्कार बाट १० जना उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मानित गरियो सम्मानित हुनेमा प्रह्लाद बिष्ट,जितेन्द्र कुमार,विनय प्रसाद जैसवाल ,कपिल केसी,निकेश गोपाली,बिष्णु कार्की ,रामकाजी कार्की र कमला रायमाझी भय भने उत्कृष्ट समुहकर्ता सम्मान मधुकर विक्रम श्रेष्ठ र सीता केसी लाई प्रदान गरियो। उत्कृष्टलाई  प्रमुख अतिथी नगर प्रमुख बिष्टले नगद तथा सम्मानपत्र द्वारा सम्मानित गरे भने संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व बहन अन्तर्गत एक जना लाई  छात्रवृत्ति प्रदान गरेको छ।
साधारणसभाको अवसरमा संस्थाका व्यवस्थापक सुमन बिष्टलाई उत्कृष्ट कर्मचारी द्वारा सम्मान गरिएको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...