Monday, 29 Apr, 2024
आर्थिक खबर

वर्ल्ड भिजन र नयाँ आशा स्वास्थ्य सहकारी भए मर्जर, अध्यक्षमा बजगाईँ निर्वाचित

1705129957847-1705129969.jpg

ललितपुर । सहकारीमा समस्या भइरहेका बेला ललितपुरमा दुई प्रतिष्ठित सहकारी मर्ज भएका छन । शुक्रबार ललितपुरको महालक्ष्मीस्थानमा रहेको डिलाई पार्टी भेन्यूमा सम्पन्न भएको वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था र नयाँ आशा स्वास्थ्य सहकारी एक आपसमा मर्जर भएका हुन् ।

ललितपुरमा सम्पन्न सभाको उद्घाट गर्दै प्रमुख अतिथि संस्थाको उत्कृष्ट कारोबारी सदस्य पुष्पप्रसाद घिमिरेले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पु(याएको उनको भनाइ थियो ।

राष्ट्रिय गानबाट शुरू भएको सभाको औपचारिक कार्यक्रमको प्रारम्भमा कार्यक्रम सञ्चालक रमेशप्रसाद घिमिरेले सभा सञ्चालनको निम्ति आवश्यक गणपुरक सदस्यहरू उपस्थित भएको घोषणा गरेका थिए । संस्थाका निवर्तमान लेखा समितिका संयोजक माधवप्रसाद सञ्जेलले उपस्थित शेयर सदस्यहरूको स्वागत गर्दै सहकारीले सामना गरिरहेका चुनौतीबारे प्रकाश परेका थिए ।

दुई संस्था मर्जर भएपछि संस्थाको नाम वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेको छ । मर्जरपछि संस्थाको अध्यक्षमा चेतनाथ बजगाई सर्वसम्मत रूपमा चयन भएका छन् ।

शुक्रबार भएको एकीकृत साधारणसभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो । यस्तै, उपाध्यक्षमा मीनराज दुलाल, सचिव रमेशप्रसाद घिमिरे, सहसचिव पदमनाथ पराजुली, कोषाध्यक्ष सुरेन्द्र दाहाल, सदस्यहरू निर्मला बजगाई र राजु संजेल चयन भएका छन् ।

त्यस्तै लेखा तथा सुपरीवेक्षण समितिको संयोजक टंक बास्तोला, सदस्यहरू पुरुषोत्तम सापकोटा, राजकुमार श्रेष्ठ रहेका छन् ।

सहकारी मर्जमा लगेर बचतकर्ताको रकम थप सुरक्षित, अब्बल बन्ने अध्यक्ष बजगाईँले बताए । ‘अहिले सहकारी समस्यामा छ भनेर राम्रा संस्थालाई पनि बदनाम बनाइएको छ, हामी बचतकर्ताको रकम सुरक्षित राख्छौं भनेर पुष्टि गरेका छौँ,’ बजगाईले भने ।

उपाध्यक्ष निर्वाचित दुलालले पनि सहकारी आर्थिक रूपमा झन् सबल बन्ने बताए । ‘अब सदस्य संख्या पनि थप भयो र बचत पनि बढ्यो,’ उनले भने ।

संस्थाले ललितपुरको भैँसीपाटीमा शाखा कार्यालय राख्ने निर्णयसमेत पारित गरेको अध्यक्ष बजगाईँले जानकारी दिए ।

वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीले जिल्लामा १२ वर्षदेखि सहकारी सम्बन्धी सेवा दिएर निरन्तर रूपमा सञ्चालनमा रहेको छ । संस्थामा हाल ९ सय ४२ शेयर सदस्य तथा कुल शेयर पूँजी १ करोड ७७ लाख ७९ हजार छ ।

यसैबीच शुक्रबार भएको साधारणसभामा वर्ल्ड भिजन बहुउद्देश्यीय सहकारीको आर्थिक प्रतिवेदन पेश भइ पारित भएको छ ।

कोषाध्यक्ष सुरेन्द्र दाहालले पेश गरेको प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९–०८० मा १ करोड ५४ लाख १४ हजार ७२० रुपैयाँ ५१ पैसा आम्दानी र १ करोड ४१ लाख १७ हजार २४९ रुपैयाँ १० पैसा खर्च भई १२ लाख ९७ हजार ४७१ रुपैयाँ ४१ पैसा नाफा भएको छ ।

साधारणसभाबाट अध्यक्ष बजगाईको आर्थिक वर्ष २०७९–८० को प्रगति प्रतिवेदन र २०८०–८१ को कार्यक्रम पारित भएको छ ।

साधारण सभामा उत्कृष्ट कारोबार गर्ने सदस्य, जेष्ठ सदस्य, एसईई उत्तीण हुने शेयर सदस्यहरूका छोराछोरीलाई सम्मेत सम्मान गरिएको अध्यक्ष बजगाईले जानकारी दिए ।

सहकारी–सहकारीबीच किन मर्जर गर्नु पर्छ भनेर मर्जरको बारेमा सहकारीका अभियान्ता तेजप्रसाद बजगाईले प्रकाश परेका थिए ।


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...