pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

लालीगुराँस महिला बहुउद्देश्यीयको २२ औं साधारणसभा सम्पन्न

FB_IMG_1736602730859-1736602755.jpg

महिलाहरुको आर्थिक र सामाजिक स्तर माथी उकास्दै आत्मनिर्भरता बढाउने अभिप्रायले विक्रम संवत् २०५९ जेठ २ गते थाहा नगरपालिका वडा न १ ओखरबजारमा स्थापना भएको लालीगुरास महिला बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २२ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। 
संस्थाका अध्यक्ष रीता प्रधानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा २७ पौषमा थाहा नगरको जेसिज सभाहलमा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभामा अध्यक्षको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रीता प्रधानले ग्रामीण समुदायको सानो क्षेत्र बाट ४८ जना सदस्यहरुबाट सुरुवात गरिएको संस्थामा हाल थाहा १ र २ वडामा गरि ६९५ जना महिला शेयर सदस्यहरु रहेको उल्लेख गर्दै संस्थाको उद्देश्य अनुरुप कार्य गर्दै आइरहेकोले तत्कालीन मध्यमाञ्चलकै उत्कृष्ट सहकारीको रुपमा र २०८१ मा थाहा नगरपालिका बाट उत्कृष्ट महिला सहकारीको रुपमा पहिचान गराइ पुरस्कृत समेत हुन सफल रहेको स्मरण गर्दै संस्थाले "एकका लागि सबै र सबैका लागि एक" भन्ने भनाइलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताउनुभयो।

अध्यक्ष प्रधानले संस्थाले आर्थिक कृयाकलाप मात्र नगरी विभिन्न कार्यक्रम हरु जस्तै मनोसामाजिक मनोविमर्श सेवा कार्यक्रम अन्तर्गत प्राथमिक मनोवैज्ञानिक सहयोग,व्यक्तिगत मनोविमर्श,पारिवारिक मनोविमर्श,सामुदायिक मनोविमर्श,अभिमुखिकरण,तरकारी खेती,बाख्रा पालन लगायत कार्य र घरेलु हिंसामा पीडित महिलाहरूलाई उचित न्याय दिलाउने कार्यको पनि निरन्तर भैरहने कार्यक्रम प्रस्तुत गर्नुभयो।अध्यक्ष प्रधानले आगामी दिनमा संस्थाले ओखरबजारमा रहेको भवन स्तरोन्नति ,सुत्केरी भेटघाट ,नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धि तालिम,किशोरी केन्द्रित कार्यक्रम ,सदस्य सर्वेक्षण ,शेयर सदस्य वृद्धि ,कम्प्युटर सफ्टवेयर जडान ,मनोसामाजिक परामर्श कार्यक्रम वडागत रुपमा संचालन गर्ने,घरेलु हिंसाको अन्त्य ,लक्षित बर्गको महिलालाई कृषि तालिम तथा बीउ पुँजीको कार्यक्रम  जस्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखियको प्रतिवेदन प्रस्तुत गरेका थिय।

तेसैगरी साधारणसभामा संस्थाका कोषाध्यक्ष नानीछोरी प्रधानले आफ्नो आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुजी २५ लाख ५ हजार ९ सय तथा बचत ७९ लाख ५७ हजार रुपैयाँ र ऋण लगानी १ करोड १८ लाख रहेको आर्थिक प्रतिवेदन प्रस्तुत गरे। साधारणसभामा संस्थाका सचिब रितु कार्कीले २१ औं साधारणसभाको समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिय। 
साधारणसभा लाई आफ्नो शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी नगर प्रमुख बिष्णु बिष्टले सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताउदै सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सिमित नरही लालिगुरास महिला बहुउद्देश्यीय जस्तै अरु सहकारी हरुले पनि विभिन्न सामाजिक क्रियाकलाप पनि लाग्नु पर्ने उल्यख गरे ।
उनले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्काप्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने औल्याए। 
साधारणसभामा,वडा न ३ का  अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,चेतनशील महिला सहकारीका अध्यक्ष सकुन्तला गोपाली,फरक सोचका अध्यक्ष यादव रायमाझी, बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय अधिकृत चन्दा व्यन्जनकार लगायतकाले साधारणसभाको उपलक्ष्यमा शुभकामना दियका थिय।

साधारणसभामा,थाहा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछाने,झम्केश्वरी माबिका प्रधानाध्यापक गणेशमान श्रेष्ठ,ल्याम्ह पुच: का सुविन्द्रमान प्रधान,थाहा नगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठ,पालुङ जेसीज २०२४ का अध्यक्ष निरज रायमाझी,पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र,थाहा नगरपालिकाका मनोसामाजिक परामर्सदाता सुनिता बस्नेत,महिला जागृती सहकारीका अध्यक्ष सुमित्रा बिडारी,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ,लेखापरीक्षक बिमल कुमार बिष्ट,पत्रकार  लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

साधारणसभाको अवसरमा संस्थामा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाइ सम्मानित गरियको थियो। साधारणसभा लाई समाजसेवी युवा तथा जनकल्याण  माबिका शिक्षक भुमिराज अवस्थिले संचालन गरेका थिए भने कार्यक्रममा स्वागत मन्तव्य संस्थाका शान्ता कुमारी रिमालले गरेका थिए।

FB_IMG_1736602739931-1736602755.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...