pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

राष्ट्रिय सहकारी बैंक २१ औं बर्षमा

FB_IMG_1691142161239-1691142250.jpg

राज कुमार के.सी. 
हटौंडा, १९ साउन÷सहकारी क्षेत्रको एकमात्रै बैंक राष्ट्रिय सहकारी बैंक स्थापनाको २१औं बर्षमा प्रवेश गरेको छ ।
बि.सं. २०६० असार २५ गते दर्ता भई २०६० साउन १९ गतेबाट कारोबार शुभारम्भ गरेको अवसरमा बैंकको हेटौंडा शाखाले शुभकामना आदानप्रदान कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।
राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका संयोजक नारायण प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख एवम् सहकारी रजिष्ट्रर राधाकृष्ण खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले सहकारीको बिद्यमान समस्याको समाधान गर्नको लागि सहकारी बैंक, सहकारी संघ संस्थाहरुले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । 
त्यस्तै बैंकका हेटौंडा शाखा संयोजक नारायण प्रसाद देवकोटाले सहकारी संस्था र सहकारी बैंक बीचको सहकार्यले सहकारीमा आएका समस्याहरु समाधान गर्न सहगोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्रीप्रसाद लम्साल, हेटोंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल लगायत सहकारी संघ संस्थाका सञ्चालक र कर्मचारीहरुको सहभागिता रहेको थियो ।
बंैकको हेटौंडा शाखा अन्तरगत ३ सय ३७ सदस्य संस्था मार्फत १ अर्ब २७ करोड बचत संकलन गरिएको छ भने ६९ करोड कर्जा लगानी रहेको शाखा प्रमुख रामेश्वर अर्यालले बताउनुभयो ।
हाल देशका बिभिन्न स्थानमा ६८ वटा शाखा र एउटा कर्पाेरेट कार्यलय  रहेको राष्ट्रिय सहकारी बैंकमा ७७ वटै जिल्लाका १६ हजार ६० वटा सहकारी संघ संस्थाहरु सदस्य रहेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...