pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

महालक्ष्मी पालुङ शाखाले दियो थाहाका अटो चालकहरुलाई बित्तिय साक्षरता र ट्राफिक सचेतता

336616365_176621188480629-1679142636.jpg

ट्राफिक चेतनाको अभावमा सडक दुर्घटना बढिरहेको तथ्यांक आइरहेको बेला महालक्ष्मी विकास  बैङ्कले  थाहा नगरपालिका भित्र संचालनमा रहेको अटो चालक हरुलाइ  सम्भावित दुर्घटनाबाट जोगिन र अरुलाई पनि जोगाउन उपयोगी हुने ट्राफिक सचेतना कक्षा सहित बित्तिय साक्षरता तालिम दिइएको छ । सडक प्रयोगकर्ता सबैले जान्नु पर्ने ट्राफिक नियम, सडकमा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुनसक्ने सम्भावित कारण लगायतका सडक पर्मिटको विषय सामग्री समावेश गरी नगर भित्रका अटो चालकहरुलाई   ट्राफिक सचेतना कक्षा दिइएको हो ।ईलाका  प्रहरी कार्यालय पालुङको ट्राफिक शाखामा कार्यरत ट्राफिक प्रहरी कुमार मैनाली र ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी सहायक निरीक्षक उमेश प्रसाद कोइरीले ट्राफिक सचेतता सम्बन्धि  सहजीकरण गरेका थिय।  नेपालमा प्रतिदिन सरदर ७ जनाको मृत्यु दुर्घटनाकै कारण हुने गरेको पाइन्छ । सडकमा एक जनाले गरेको गल्तीको परिणाम कयौँले भोग्नु परेका उदाहरण पनि प्रशस्त भएको कार्यक्रमको अवसरमा जानकारी दिदै अटो चालकहरु संग अन्तरक्रिया गरियको थियो।
महालक्ष्मी विकास बैंक पालुङ शाखाका शाखा प्रमुख नितेसराज पाण्डेको अध्यक्षता तथा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बैंकका कर्मचारी सरद हमालले कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेका थिय ।
कार्यक्रममा प्रमुख अतिथी थाहा नगरका उपप्रमुख भरत गोपालीले प्रविधिको उच्चतम प्रयोग गर्न अझैं पनि शहर र शिक्षित क्षेत्रमा हिचकिचावट रहेको देखियको बताउदै तलब बैंक खातामा जम्मा भए पनि एकैपटक रकम निकालेर खल्तीमा राख्ने बानी कर्मचारी वृत्तमा विद्यमान रहेको र  जबसम्म कर्मचारी नै नगदरहित कारोवार गर्न प्रेरित हुँदैनन् त्यति बेला सम्म वित्तीय साक्षरताले सार्थकता नपाउने अवस्था रहेको हुदा नगद रहित कारोबार गर्न पहिला कर्मचारी बाट नै सुरु हुनुपर्ने बताउनुभयो।
तेसै गरि महालक्ष्मी विकास बैंक बागमती प्रदेश ख का प्रमुख शम्भु प्रसाद पराजुलीले नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई हरेक पालिकामा पुग्नुपर्ने नीति लिएपछि बैंकिङ पहुँच सर्वसाधारणसम्म सहज भएको  बताउदै  शतप्रतिशत वित्तीय पहुँच भने पुग्न नसकेको बताउनुभयो पराजुलीले "शहर केन्द्रित वित्तीय पहुँच संघीयता कार्यान्वयनसँगै गाउँबस्तीहरुमा पुगेको छ" भन्नुहुदै सामाजिक सुरक्षा भत्तादेखि लिएर कर्मचारीको तलवभत्तासम्म बैंकिङ प्रणालीमार्फत हुनु त्यसको सकारात्मक पक्ष भएको बताउनुभयो वहाँले  वित्तीय पहुँचको विस्तार सँगै बैंक तथा वित्तीय संस्थाहरुको विस्तार भएको र जसले गर्दा अर्थतन्त्र चलायमान गराउन मद्दत गरेको मान्न सकिनेमा जोड दिदै विगतमा अनौपचारिक प्रणाली मार्फत खर्च हुने परिपाटीलाई अहिले औपचारिक प्रणालीमार्फत खर्च हुँदा आर्थिक सुशासन भएको मान्न सकिने धारणा व्यक्त गरे।
कार्यक्रममा महालक्ष्मी विकास बैंकका पालुङ शाखाका शाखा प्रवन्धक नितेशराज पाण्डेले स्थानीय निकायका जनप्रतिनिधिहरु मार्फत वित्तिय क्षेत्रका जानकारहरुको राय सल्लाह सुझावमा स्थानीय स्तरमा नै वित्तिय साक्षरतका कार्यक्रमहरु संचालन गरेमा त्यो प्रभावकारी हुने हुँदा कार्यक्रमको आयोजना गरेको बताउदै  जस्ले जनमानसमा सकारात्मक सन्देश जाने र समाजमा वित्तिय पहुँचमा उल्लेख्य बृद्घि हुने हुँदा  यदि यसो गर्न सके सामाजिक न्याय र समानुपातिक आर्थिक वितरण लाई पनि टेवा पुरयाउन सकिन्छ भनेर कार्यक्रमको आयोजना गरियको बताए।
कार्यक्रममा बजार व्यवस्थापन समिती शिखरकोटका अध्यक्ष मनोज रायमाझी ,युवा समाजसेवी यादव जंग रायमाझी ,वडा न १ का अध्यक्ष हेरमान गोपाली वडा न ३ का सदस्य कृष्ण कुमार कार्की ,४ का सदस्य शुन्दरराज केसी,थाहा नगर अटो व्यावसायि संघका सचिव किरण गोपाली,महालक्ष्मी विकास बैंक हेटौंडा शाखाका शाखा प्रबन्धक अनन्त राज धिताल,बैंकका हेटौंडा शाखाका कर्मचारी रामेश्वर अर्याल ,पालुङ शाखाका कर्मचारी हरु,नगर भित्रका बजार व्यवस्थापन समितिका पदाधिकारी हरु थाहा नगर अटो व्यावसायी संघका पदाधिकारीहरु तथा नगरभित्र संचालनमा रहेको अटो चालकहरुको उपस्थिति रहेको थियो।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी जस्ता विषयमा जानकारी दिईएको थियो । यस बाहेकक कार्यक्रममा पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणजस्ता विषयमा सहभागिलाई सिकाईएको थियो ।
कार्यक्रमलाई बैंकका कर्मचारी सुसान्त ढकालले संचालन गरेका थिय।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...