Tuesday, 30 Apr, 2024
आर्थिक खबर

मनहरी समृद्धको तेश्रो साधारण सभा गोल्डेन कार्ड प्राप्त गर्ने शेयर सदस्यलाई मासिक ब्याजमा १ प्रतिशत छुट

1699108050765-1699108074-1699108360.jpg

मनहरी गाउँपालिका वडा नम्बर ९ ज्यामिरेमा अवस्थित मनहरी समृद्ध बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो साधारण सभा सम्पन्न भएकोछ । 
शनिबार सम्पन्न भेलाले नयाँ कार्य समिती समेत प्राप्त गरेकोछ । सहकारीको नयाँ नेतृत्वमा नारायण सुवेदी चयन भएको हो । सुवेदी  उधोग बाणिज्य संघ पश्चिम क्षेत्र समिती सभापती समेत रहिसक्नुभएकोछ ।
भेलाबाटै असल ऋणी शेयर सदस्यहरुलाई गोल्डेन कार्ड प्रदान गरिएको थियो ।गोल्डेन कार्ड प्राप्त गर्ने शेयर सदस्यले मासिक ब्याजमा १ प्रतिशत छुट समेत प्राप्त गर्नेछन् । २०७६ सालमा स्थापना भई सहकारी अभियान सन्चालन गरेको संस्थाको शेयर सदस्य २०८० असार मसान्तसम्म ६ सय ६६ जना शेयर सदस्य रहेको छ भने कात्तिक १८ गते सम्म २ सय भन्दा बढी नयाँ सदस्य थपिएको श्रोतले जनाएकोछ ।
चार बर्षको अबधिमा ४३ लाख १८ हजार पाँच सय बैसठ्ठी बराबरको सम्पती सस्थाको नाममा जोडिसकेकोछ । भने संस्थाले १० लाख ३५ हजार छ सय नौ रुपैयाँ खुद नाफा गरेकोछ । यस्तै गरि संस्थाले  २ करोड ९७ लाख २६ हजार छ सय छत्तीस रुपैया ७७ पैसा को कारोबार गरेकोछ ।
कार्यक्रमका प्रमुख अतिथी तथा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतिले शेयर सदस्यहरुलाई  संस्थाको आयब्यय सूक्ष्म ढंगले अनुसन्धान गर्न आग्रह गर्नुभयो । साथै सहकारीको हरेक सवालमा निगरानी राख्नु पर्दछ । भन्दै सहकारी हरेक शेयर सदस्यको आफ्नै सम्पती भएको बताउनुभयो । एक अर्को प्रसङ्गमा 
 गाउँपालिकाले सहकारीसङ्ग सहकार्य गर्दै पशु पालनलाई प्राथमिकता दिदै आईरहेको बताउनुभयो । पालिका किसान मैत्री रहेको भन्दै आगामी दिनमा किसानलाई दानामा अनुदान दिने तर्फ पालिकाले सोचिरहेको बताउनुभयो । 
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो ।यस्तैगरी मनहरी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष राजकुमार श्रेष्ठ बिशिष्ट अतिथी यस्तै उधोग बाणिज्य संघ पश्चिम क्षेत्र समिती मनहरीका सभापती गणेश मान मानन्धर , दिब्यज्योती बचत तथा ऋण सहकारीका अध्यक्ष सुजिता कार्की, मनहरी बचतका अध्यक्ष नारायण भट्ट लगाएत अन्यको आतिथ्यता रहेको थियो ।
हेमलाल उप्रेतिको नेतृत्वमा रहेको सहकारी पछिल्लो समय संस्थाकै उपाध्यक्ष रामु दराईले नेतृत्व गर्दै आईरहनुभएको थियो ।
रामु दराईको नेतृत्वको समिति भंग भएसङ्गै 
 दिपक पौडेल, दिपक अधिकारी  र राम चन्द्र पुरी तीन सदस्यीय निर्बाचन मण्डल गठन गरिएको थियो ।
निर्बाचन मण्डलका संयोजक दिपक पौडेलले नवनिर्बाचित समितिलाई सपथ खुवाउनु भएको थियो । नब निर्बाचित टिमको अध्यक्षमा नारायण सुवेदी , उपाध्यक्ष रामु दराई, सचिब पुष्कर सुबेदी, कोषाध्यक्ष नवराज पराजुली सहित नौ सदस्यीय कार्यसमिति रहेकोछ ।यस्तैगरी बिष्णुहरी सुवेदी लेखा संयोजक  मिलन अर्याल र रचना गोपाली सदस्यमा निर्बाचित गरिएकोछ ।


world-link-1690434568.jpg
पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...