pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

मकवानपुरको थाहा नगरपालिकाले थाल्यो इ–पेमेन्ट

Screenshot_20211223-10483-1656694521.png

मकवानपुरको थाहा नगरपालिकाले इ–पेमेन्ट अर्थात अनलाइन भूक्तानी प्रणाली शुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको १७ असारसम्म मात्र एकसय बढि आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा व्यक्तिहरुको भूक्तानी इ–पेमेन्ट मार्फत गरिसकिएको थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।
त्यसैगरी थाहा नगरपालिकाले संघीय संचित कोषमा जम्मा हुने सबै खाले कर तथा निर्माण व्यवसायी, परामर्शदाता, आपूर्तिकर्ता र अन्य सेवा प्रदायक संस्था र व्यक्ति सबैको कट्टी गरेको विभिन्न कर समेत इ–टिडिएस गर्ने कार्य थालिसकेको छ । नेपाल सरकारले विकास गरेका प्रणाली तथा प्रविधि प्रयोगमा ल्याइरहँदा यसबारे आम सरोकारवालालाई सुसुचित गराउन सके थप प्रभावकारी हुने लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए ।
पूर्ण रुपमा ई–पेमेन्ट कार्यान्वयनका ल्याउनका लागि पालिकाबाट भूक्तानी लिनेको बैंक खाता अनुसारको नेपाली तथा अंग्रेजी नाम, बैंकको नाम, शाखा, खाता नम्बर र सम्बन्धितको प्यान वा भ्याट नम्बर अनिवार्य हुनुपर्ने उनले जानकारी दिए ।
पालिकाले १७ असारसम्म एक करोड बढिको भुक्तानी इ–पेमेन्ट मार्फत गरिसकेको लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए । ‘हामीले आपूर्तिकर्ता, निर्माण व्यवसायी, संस्थागत व्यक्तिगतलगायतको इ–पेमेन्ट गरिरहेका छौँ, असार महिनाको कर्मचारीको तलब ई–पेमेन्ट गर्ने तयारी पूरा भएको छ’– खपाङ्गी मगरले भने–‘आगामि आर्थिक वर्ष २०७९÷०८० बाट पूर्णतः इपेमेन्ट प्रणाली प्रयोगमा ल्याउँछौं ।’  
पालिकाले आगामि आर्थिक वर्षबाट सबै खाले खरिद वस्तु, निर्माण कार्य, परामर्शदाता र अन्य सेवाको खरिदको लागि खरिद इकाइ, मुल्याङ्कन समिति र रुजु समितिलाई समेत थप क्रियाशील गराई  सेवा प्रवाह गरिने नगरपालिकाले जनाएको छ । 
त्यसैगरी थाहानगरमा तिर्नुपर्ने करलाई पनि पूर्णतः अनलाईन प्रणाली बनाइने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । उनले भने–‘यसअघि पनि एउटा वडाको कर अर्को वडाबाट तिर्न सकिने व्यवस्था गरेका थियौं, अब हामी वेभ प्रणालीमा जाँदैछौं ।’ नगरपालिकाले कर भुक्तानी प्रणालीलाई अनलाइनमा आधारित बनाई कुनैपनि कर घरैमा बसेर तिर्न सक्ने व्यवस्था गर्न लागेको थाहा नगरपालिकाले जनाएको छ ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...