Sunday, 28 Apr, 2024
आर्थिक खबर

मकवानपुरको थाहा नगरपालिकाले थाल्यो इ–पेमेन्ट

Screenshot_20211223-10483-1656694521.png

मकवानपुरको थाहा नगरपालिकाले इ–पेमेन्ट अर्थात अनलाइन भूक्तानी प्रणाली शुरु गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको १७ असारसम्म मात्र एकसय बढि आपूर्तिकर्ता, निर्माण व्यवसायी तथा व्यक्तिहरुको भूक्तानी इ–पेमेन्ट मार्फत गरिसकिएको थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए ।
त्यसैगरी थाहा नगरपालिकाले संघीय संचित कोषमा जम्मा हुने सबै खाले कर तथा निर्माण व्यवसायी, परामर्शदाता, आपूर्तिकर्ता र अन्य सेवा प्रदायक संस्था र व्यक्ति सबैको कट्टी गरेको विभिन्न कर समेत इ–टिडिएस गर्ने कार्य थालिसकेको छ । नेपाल सरकारले विकास गरेका प्रणाली तथा प्रविधि प्रयोगमा ल्याइरहँदा यसबारे आम सरोकारवालालाई सुसुचित गराउन सके थप प्रभावकारी हुने लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए ।
पूर्ण रुपमा ई–पेमेन्ट कार्यान्वयनका ल्याउनका लागि पालिकाबाट भूक्तानी लिनेको बैंक खाता अनुसारको नेपाली तथा अंग्रेजी नाम, बैंकको नाम, शाखा, खाता नम्बर र सम्बन्धितको प्यान वा भ्याट नम्बर अनिवार्य हुनुपर्ने उनले जानकारी दिए ।
पालिकाले १७ असारसम्म एक करोड बढिको भुक्तानी इ–पेमेन्ट मार्फत गरिसकेको लेखा अधिकृत खपाङ्गी मगरले जानकारी दिए । ‘हामीले आपूर्तिकर्ता, निर्माण व्यवसायी, संस्थागत व्यक्तिगतलगायतको इ–पेमेन्ट गरिरहेका छौँ, असार महिनाको कर्मचारीको तलब ई–पेमेन्ट गर्ने तयारी पूरा भएको छ’– खपाङ्गी मगरले भने–‘आगामि आर्थिक वर्ष २०७९÷०८० बाट पूर्णतः इपेमेन्ट प्रणाली प्रयोगमा ल्याउँछौं ।’  
पालिकाले आगामि आर्थिक वर्षबाट सबै खाले खरिद वस्तु, निर्माण कार्य, परामर्शदाता र अन्य सेवाको खरिदको लागि खरिद इकाइ, मुल्याङ्कन समिति र रुजु समितिलाई समेत थप क्रियाशील गराई  सेवा प्रवाह गरिने नगरपालिकाले जनाएको छ । 
त्यसैगरी थाहानगरमा तिर्नुपर्ने करलाई पनि पूर्णतः अनलाईन प्रणाली बनाइने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । उनले भने–‘यसअघि पनि एउटा वडाको कर अर्को वडाबाट तिर्न सकिने व्यवस्था गरेका थियौं, अब हामी वेभ प्रणालीमा जाँदैछौं ।’ नगरपालिकाले कर भुक्तानी प्रणालीलाई अनलाइनमा आधारित बनाई कुनैपनि कर घरैमा बसेर तिर्न सक्ने व्यवस्था गर्न लागेको थाहा नगरपालिकाले जनाएको छ ।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...