Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

आर्थिक खबर

बागमतीमा चालू आर्थिक बर्षको ८ महिनामा २७.७६ प्रतिशत बजेट खर्च

IMG_20230304_142134-768x5-1677939368.jpg

बागमती । मकवानपुरको बागमती गाउँपालिकाको चालू आर्थिक वर्षको ८ महिनासम्ममा २७.७६ प्रतिशत बजेट खर्च भएको छ । आ.व. ०७९/०८० को फागुन १९ सम्ममा २७.७६ प्रतिशत मात्र खर्च भएको हो ।

गाउँपालिकाको आज भएको ९ औं गाउँसभामा अध्यक्ष सर्केश घलानद्वारा प्रस्तुत प्रतिबेदन अनुसार चालू आर्थिक बर्षको फागुनसम्म कुल ६६ करोड २२ लाख २४ हजार विनियोजित बजेट मध्ये १८ करोड ३८ लाख ३४ हजार ७ सय ८२ रुपैयाँ ८३ पैसा मात्रै खर्च भएको हो ।
पालिकाको चालु खर्च ३८.६२प्रतिशत र पूंजीगत खर्च १३.९प्रतिशत भएको प्रतिबेदनमा उल्लेख छ ।आर्थिक विकासमा १९.३४ प्रतिशत, सामाजिक विकासमा ३६.९२ प्रतिशत, पूर्वधार विकासमा १०.४३ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २४.५६ प्रतिशतर कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ३५.८२ प्रतिशत खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।

यसआर्थिक बर्षमा जम्मा २६४ वटा योजना तथा कार्यक्रमहरु मध्ये हालसम्म १२ वटा योजनाहरु टेण्डर भएकोमा ७ वटा योजनाको सम्झौता भइ कार्यान्वयनको अवस्थामा रहेको छ । त्यस्तै एउटा योजनाको सम्झौता हुन बाँकि रहेको छ भने तीनवटा योजनाको टेण्डरको मिति कायम रहेको र एउटा ठेक्का रद्द भएको छ । उपभोक्ता समिति मार्फत ११४ वटा योजनाहरु सम्झौता संचालनमा रहेका छन् । ५४ वटा योजनाहरुको भुक्तानी भएको छ भने १०८ वटा योजनाहरु सम्झौता हुने क्रममा रहेका छन् ।

चालु आ.व.मा पशुपन्छी विकास शाखा तर्फ २४ वटा कार्यक्रमहरु मध्ये ९ वटा कार्यक्रम कार्यान्यनमा आएको छ । जस अन्तर्गत कृषि तथा पशु प्रवर्द्धन, भोर्लेनी दुग्ध चिस्यान केन्द्र, अन्तर जिल्ला कृषक अवलोकन भ्रमण, दुधमा अनुदान, सरुवा रोग विरुद्ध खोप खरिद तथा भ्याक्सिनेटर ज्याला, पशु स्वास्थ्य शिविर तथा प्राथमिक उपचार, भुस्याह कुकुरहरु बन्ध्याकरण शिविर, भोर्लेनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई बिउंपूजी अनुदान वितरण लगायतका कार्यक्रमहरु सम्पन्न भएको छ ।

त्यस्तै शिक्षा तर्फ यस पालिकाले बागमती गाउँपालिकाको परिचय नामक स्थानीय विषयको पाठ्यक्रम (कक्षा १ -८ )को निर्माण गरी चालु शैक्षिक वर्षमा कक्षा १-५ सम्म कार्यन्वयनमा ल्याएको छ । कक्षा १-३ को सिकाइ मुल्यांकन फारम र स्थानीय पाठ्यक्रम छपाई तथा वितरण भएको छ । साथै स्थानीय पाठ्यक्रम र निरन्तर विद्यार्थी मुल्यांकन सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु समेत संचालन गरेको छ ।

त्यसैगरी पालिका अन्तर्गतका ५० वटै विद्यालयहरुमा पालिकाको प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा प्रभावकारी रुपले विद्यालय सामाजिक परिक्षणको कार्य सम्पन्न भएको छ । बागमती गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रुपमा सम्पन्न गरी छनोट भएका १०९ जना विद्यार्थीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार पालिकाको वडा नं. ४ र ५ का भूमिहीन सुकुम्वासी ३० जना (घरपरिवार)लाई जग्गाधनी पुर्जा वितरणको कार्य सम्पन्न भएको छ l साथै यसै आर्थिक वर्षमा १९ जना (घरपरिवार) लाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियामा रहेको सभामा जानकारी गराएको छ । जगगाको क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गर्नुका साथै हालसम्म वडा नं. ३,४ र ५ का दशकौ देखि भोगचलन गर्दै आएका ऐलानी जग्गाहरुको नापजांचको कार्य सम्पन्न गरेको छ भने वडा नं. १,२ र ६ मा उक्त कार्य चलिरहेको छ ।

सामाजिक सुरक्षा भत्ता पूर्ण वैङ्किक रुपमा संचालन भएको छ ।त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडागत योजना छनौट कार्य अगाडि बढेको छ ।

चालु आ.व. मा यस पालिकामा तीनवटा ऐन तथा कार्यविधि जारी भएको छ । भू-उपयोग कार्यन्वयन समिति गठन कार्यविधि २०७९, बिउंपूजी परिचालन कार्यविधि २०७९ जारी भएको छ भने न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन २०७५ पहिलो संशाेधन भएको छ ।

 

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...