pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

बागमतीमा चालू आर्थिक बर्षको ८ महिनामा २७.७६ प्रतिशत बजेट खर्च

IMG_20230304_142134-768x5-1677939368.jpg

बागमती । मकवानपुरको बागमती गाउँपालिकाको चालू आर्थिक वर्षको ८ महिनासम्ममा २७.७६ प्रतिशत बजेट खर्च भएको छ । आ.व. ०७९/०८० को फागुन १९ सम्ममा २७.७६ प्रतिशत मात्र खर्च भएको हो ।

गाउँपालिकाको आज भएको ९ औं गाउँसभामा अध्यक्ष सर्केश घलानद्वारा प्रस्तुत प्रतिबेदन अनुसार चालू आर्थिक बर्षको फागुनसम्म कुल ६६ करोड २२ लाख २४ हजार विनियोजित बजेट मध्ये १८ करोड ३८ लाख ३४ हजार ७ सय ८२ रुपैयाँ ८३ पैसा मात्रै खर्च भएको हो ।
पालिकाको चालु खर्च ३८.६२प्रतिशत र पूंजीगत खर्च १३.९प्रतिशत भएको प्रतिबेदनमा उल्लेख छ ।आर्थिक विकासमा १९.३४ प्रतिशत, सामाजिक विकासमा ३६.९२ प्रतिशत, पूर्वधार विकासमा १०.४३ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा २४.५६ प्रतिशतर कार्यालय सञ्चालन तथा प्रशासनीक क्षेत्रमा ३५.८२ प्रतिशत खर्च भएको प्रतिबेदनमा उल्लेख छ ।

यसआर्थिक बर्षमा जम्मा २६४ वटा योजना तथा कार्यक्रमहरु मध्ये हालसम्म १२ वटा योजनाहरु टेण्डर भएकोमा ७ वटा योजनाको सम्झौता भइ कार्यान्वयनको अवस्थामा रहेको छ । त्यस्तै एउटा योजनाको सम्झौता हुन बाँकि रहेको छ भने तीनवटा योजनाको टेण्डरको मिति कायम रहेको र एउटा ठेक्का रद्द भएको छ । उपभोक्ता समिति मार्फत ११४ वटा योजनाहरु सम्झौता संचालनमा रहेका छन् । ५४ वटा योजनाहरुको भुक्तानी भएको छ भने १०८ वटा योजनाहरु सम्झौता हुने क्रममा रहेका छन् ।

चालु आ.व.मा पशुपन्छी विकास शाखा तर्फ २४ वटा कार्यक्रमहरु मध्ये ९ वटा कार्यक्रम कार्यान्यनमा आएको छ । जस अन्तर्गत कृषि तथा पशु प्रवर्द्धन, भोर्लेनी दुग्ध चिस्यान केन्द्र, अन्तर जिल्ला कृषक अवलोकन भ्रमण, दुधमा अनुदान, सरुवा रोग विरुद्ध खोप खरिद तथा भ्याक्सिनेटर ज्याला, पशु स्वास्थ्य शिविर तथा प्राथमिक उपचार, भुस्याह कुकुरहरु बन्ध्याकरण शिविर, भोर्लेनी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई बिउंपूजी अनुदान वितरण लगायतका कार्यक्रमहरु सम्पन्न भएको छ ।

त्यस्तै शिक्षा तर्फ यस पालिकाले बागमती गाउँपालिकाको परिचय नामक स्थानीय विषयको पाठ्यक्रम (कक्षा १ -८ )को निर्माण गरी चालु शैक्षिक वर्षमा कक्षा १-५ सम्म कार्यन्वयनमा ल्याएको छ । कक्षा १-३ को सिकाइ मुल्यांकन फारम र स्थानीय पाठ्यक्रम छपाई तथा वितरण भएको छ । साथै स्थानीय पाठ्यक्रम र निरन्तर विद्यार्थी मुल्यांकन सम्बन्धी अभिमुखीकरण कार्यक्रमहरु समेत संचालन गरेको छ ।

त्यसैगरी पालिका अन्तर्गतका ५० वटै विद्यालयहरुमा पालिकाको प्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा प्रभावकारी रुपले विद्यालय सामाजिक परिक्षणको कार्य सम्पन्न भएको छ । बागमती गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भव्य रुपमा सम्पन्न गरी छनोट भएका १०९ जना विद्यार्थीहरुलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराइएको थियो ।

प्रस्तुत प्रतिवेदन अनुसार पालिकाको वडा नं. ४ र ५ का भूमिहीन सुकुम्वासी ३० जना (घरपरिवार)लाई जग्गाधनी पुर्जा वितरणको कार्य सम्पन्न भएको छ l साथै यसै आर्थिक वर्षमा १९ जना (घरपरिवार) लाई जग्गाधनी पुर्जा वितरणको प्रक्रियामा रहेको सभामा जानकारी गराएको छ । जगगाको क्षेत्र वर्गीकरणको कार्य सम्पन्न गर्नुका साथै हालसम्म वडा नं. ३,४ र ५ का दशकौ देखि भोगचलन गर्दै आएका ऐलानी जग्गाहरुको नापजांचको कार्य सम्पन्न गरेको छ भने वडा नं. १,२ र ६ मा उक्त कार्य चलिरहेको छ ।

सामाजिक सुरक्षा भत्ता पूर्ण वैङ्किक रुपमा संचालन भएको छ ।त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडागत योजना छनौट कार्य अगाडि बढेको छ ।

चालु आ.व. मा यस पालिकामा तीनवटा ऐन तथा कार्यविधि जारी भएको छ । भू-उपयोग कार्यन्वयन समिति गठन कार्यविधि २०७९, बिउंपूजी परिचालन कार्यविधि २०७९ जारी भएको छ भने न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन २०७५ पहिलो संशाेधन भएको छ ।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...