pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीय हेटौंडा सेवा केन्द्रको साधारणसभा सम्पन्न,थाहामा पुष ९ गते हुने

FB_IMG_1734751048089-1734751059.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था हेटौंडा सेवा केन्द्र स्तरीय २५ औँ वार्षिक साधारणसभा शुक्रबार हेटौंडामा भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले यसवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले मुख्य कार्यालय परिसरमा साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा खाद्यान्न पसल सेवा सञ्चालन गरेको बताए । कार्यक्रममा जेष्ठ शेयर सदस्य रामनानी विष्ट, देवकी देवी दहाल, रामचन्द्र आचार्यलाई सम्मान गरेको थियो । यसैगरी बचततर्फ नवराज खनाललाई र कर्जातर्फ सुजन उप्रेतिलाई पुरस्कृत गरिएको थियो भने मिना भण्डारीलाई न्यानो झोला प्रदान गरिएको थियो । ६ हजार ५ सय ८० जना शेयर सदस्य र ४ हजार १ सय २३ जना समूह सदस्य रहेको सहकारीको शेयर पुँजी ९ करोड ९४ लाख ६६ हजार छ सय रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको कुल बचत ७४ करोड ६९ लाख ९२ हजार ६सय ९३ रुपैयाँ रहेको छ भने ऋण लगानी ९७ करोड ३० लाख ६२ हजार रुपैयाँ रहेको छ । गतवर्षको तुलनामा सहकारीको बचत संकलन र ऋण लगानी दुवैमा लक्ष्यभन्दा बढी सफलता हासिल गरेको सहकारीको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै कर राजस्व तिरेको भन्दै आन्तरिक राजश्य कार्यालय हेटौंडाले पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको थियो । थाहा नगरपालिका वडा नम्वर ४ मा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले यही पौष ९ गते स्थापना दिवसका दिन विविध कार्यक्रमसहित साधारणसभा आयोजना गर्न लागेको संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए । सहकारीको सेवा केन्द्र बज्रवाराही र हेटौंडामा रहेको छ ।

शुक्रबार हेटौंडामा भएको साधारणसभामा जिल्ला बहुउद्देश्यीय सहकारी संघका कोषाध्यक्ष पुरुषोत्तम कार्की, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, राष्ट्रिय सहकारी बैंक लिमिटेड बागमती प्रदेश प्रमुख रामेश्वर अर्याललगायतको आतिथ्यता रहेको थियो । वि.सं. २०५६ साल पौष ९ गते स्थापना भएको सहकारीले यस वर्ष रजत वर्षको रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइरहेको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...