Monday, 29 Apr, 2024
आर्थिक खबर

पालुङ बहुउद्देश्यीय सहकारीले सदस्यहरुको संरक्षित पुँजीकोष फिर्ता गर्यो।

309532299_175020233869509-1666010995.jpg

मकवानपुरकै उत्कृष्ट सहकारीको छाप छोड्न सफल थाहा नगरपालिका थानाबजारमा मुख्य कार्यालय रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य हरुलाइ संरक्षित पुजी कोष फिर्ता गरेको छ । सहकारी ऐन र नियमावली अनुसार सहकारी संघ संस्थाहरुको खुद वचतबाट संरक्षित पूँजि फिर्ता कोषमा छुट्टिएको रकमलाई प्रभावकारी कार्यान्वयन गर्न सकेमा सहकारीमा सदस्यहको आकर्षण बढ्ने बताउदै । शेयर लाभांश बाहेक कारोबारका आधारमा अतिरिक्त रकम पाइने भएकाले सदस्यहरुले सहकारीसंग कारोबार बढाउन भन्ने उद्देश्य सहित पुजि फिर्ता गरियको सहकारीले जनाएको छ। सहकारी ऐन अनुसार संरक्षित पूँजि फिर्ता कोषको रकम सदस्यहरुले वार्षिक रुपमा कारोबार गरेको आधारमा सम्बन्धित सदस्यलाई उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ। सहकारीका सहायक व्यबस्थापक रामप्रसाद ढकालले संरक्षित पूँजि फिर्ता कोषलाई थाहा नगरका सबै सहकारी संघ संस्थाहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नु पर्ने बताउदै , सदस्यहरुलाई सहकारी संघ संस्थामा कारोबार गर्न यो कोषको कार्यान्वयनले सहज बनाउने उहाको भनाइ थियो । सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ ले गरेको व्यवस्था पछि सहकारीहरुको निकायहरु मध्ये संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुलाई रकम बाँडफाँट गर्ने सहकारी संभावत थाहा नगरमा पहिलो रहेको सहकारीको दावी रहेको छ। सहकारीले मुख्य कार्यालयमा आर्थिक बर्ष २०७७/०७८ को संरक्षित पुंजी कोष फिर्ता बापत सदस्यले ऋणमा तिरेको ब्याजको आधारमा २५ लाख ७६ हजार रुपैयाँ ,बचतमा गरेको योगदानको आधारमा तथा नाफाको निश्चित अंशबाट अशल कारोबारको आधारमा ७७२ सदस्यलाई प्रती सदस्य ०.८७ पैसादेखी ३१ हजार ४ सय ७७ रुपैयाँ सम्म संरक्षित पुजि कोष फिर्ता गरिएको संस्थाले जनायको छ। 

Open photo

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...