Saturday, 04 May, 2024
आर्थिक खबर

पालुङ बहुउद्देश्यीय सहकारीको नाफा चार करोड माथी ,

FB_IMG_1689846667824-1689846687.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले चार  करोड भन्दा बढी  नाफा आर्जन गरेको छ । 
आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्म कर अगाडि  संस्थाले ४ करोड ४१ लाख नाफा गर्न सफल रहेको संस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले थाहापाटी लाई जानकारी दिए । साथै, संस्थामा १०  हजार ५ सय ५४  सेयर सदस्य पुगेको र ऋणी सदस्य ३५ सय रहेको बताउदै संस्थाको कुल बचत ६२ करोड रुपैयाँ रहदा ऋण लगानी ९० करोड पुगेको जानकारी दिए।

गत आर्थिक बर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो।
थाहा नगरपालिका वडा न ४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा पनि सेवा केन्द्र खोली सेवा दिदै आइरहेको छ।
हाल संस्थाले ऋण तथा बचत,लघुबित्त सेवा ,रासायनिक मल बिक्री वितरण ,लगायत कृषि क्षेत्रमा हाइटेक नर्सरी ,कोल्ड चेम्बर,कृषि तथा पशु प्राविधिक सेवा समेत प्रदान गर्दै आइरहेको संस्थाका मुख्य  व्यवस्थापक प्रकाश पौडेल बताउछन् ।
हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसाथ गरिरहेको संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझी बताउछन रायमाझीका अनुसार संस्थाले ईन्टरनेट बैंङ्किङ ,मिसकल बैंङ्किङ,कनेक्ट आइपियस सेवा,रेमिटेन्स सेवा सहित मानव संसाधन विकास अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए।

स्थापना कालदेखिनै शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आयको सस्थाले यस बर्ष पनि सहकारी संस्थाहरुले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश यस आर्थिक बर्षमा पनि दिन सक्षम भएको छ।


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...