Monday, 24 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीय सहकारीको नाफा चार करोड माथी ,

FB_IMG_1689846667824-1689846687.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले चार  करोड भन्दा बढी  नाफा आर्जन गरेको छ । 
आर्थिक बर्ष २०७९/०८० को असार मसान्तसम्म कर अगाडि  संस्थाले ४ करोड ४१ लाख नाफा गर्न सफल रहेको संस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले थाहापाटी लाई जानकारी दिए । साथै, संस्थामा १०  हजार ५ सय ५४  सेयर सदस्य पुगेको र ऋणी सदस्य ३५ सय रहेको बताउदै संस्थाको कुल बचत ६२ करोड रुपैयाँ रहदा ऋण लगानी ९० करोड पुगेको जानकारी दिए।

गत आर्थिक बर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो।
थाहा नगरपालिका वडा न ४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा पनि सेवा केन्द्र खोली सेवा दिदै आइरहेको छ।
हाल संस्थाले ऋण तथा बचत,लघुबित्त सेवा ,रासायनिक मल बिक्री वितरण ,लगायत कृषि क्षेत्रमा हाइटेक नर्सरी ,कोल्ड चेम्बर,कृषि तथा पशु प्राविधिक सेवा समेत प्रदान गर्दै आइरहेको संस्थाका मुख्य  व्यवस्थापक प्रकाश पौडेल बताउछन् ।
हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसाथ गरिरहेको संस्थाका कार्यवाहक अध्यक्ष अरुण रायमाझी बताउछन रायमाझीका अनुसार संस्थाले ईन्टरनेट बैंङ्किङ ,मिसकल बैंङ्किङ,कनेक्ट आइपियस सेवा,रेमिटेन्स सेवा सहित मानव संसाधन विकास अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए।

स्थापना कालदेखिनै शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आयको सस्थाले यस बर्ष पनि सहकारी संस्थाहरुले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश यस आर्थिक बर्षमा पनि दिन सक्षम भएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...