pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको २५ औं साधारणसभा सम्पन्न,वार्षिक कारोबार डेढ अर्व नाघ्यो

1735046796245-1735046951.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष कृष्णबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता रहेको थियो ।

सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष विष्टले यसवर्षदेखि उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले मुख्य कार्यालय परिसरमा साल्ट ट्रेडिङ कर्पोरेसनको सहकार्यमा खाद्यान्न पसल सेवा सञ्चालन गरेको बताए ।  ६ हजार ५ सय ८० जना शेयर सदस्य र ४ हजार १ सय २३ जना समूह सदस्य रहेको सहकारीको शेयर पुँजी ९ करोड ९४ लाख ६६ हजार छ सय रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा सहकारीको कुल बचत ७४ करोड ६९ लाख ९२ हजार ६सय ९३ रुपैयाँ रहेको छ भने ऋण लगानी ९७ करोड ३० लाख ६२ हजार रुपैयाँ रहेको छ।
यो संगै संस्थाको कुल वार्षिक कारोबार डेढ अर्ब पुगेको छ।
 गतवर्षको तुलनामा सहकारीको बचत संकलन र ऋण लगानी दुवैमा लक्ष्यभन्दा बढी सफलता हासिल गरेको सहकारीको प्रतिवेदनमा उल्लेख गरिएको छ । 
संस्थाले युवा स्वरोजगार कार्यक्रम र कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गतको कर्जा लगानी गरि आधुनिक पशुपंछी पालन कार्यक्रम र लघु तथा घरेलु उद्योगको निम्ति सदस्यहरुलाई उद्यमशील बनाउने नीति अघि सारेको प्रतिवेदनमा उल्लेख छ।
संस्थाले थाहामा निर्माण भैरहेको शीतभण्डारमा साझेदार,आबश्यकताको आधारमा अन्य बित्तीय संस्थासंग सहकार्य गर्ने नीति समेत लिएको प्रतिवेदनमा भनिएको छ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा मात्र ऋण दिदा मात्र सहकारी र देश अनि जनताको आर्थिक स्थिती मजबुत हुने बताउदै सहकारी शिक्षा र अनुगमनमा जोड दिन आग्रह गरे बिष्टले थाहा नगरपालिकाले पनि सहकारीको नियमन र अनुगमनमा अलि कडा गरेको बताउदै सदस्यहरुको बचत र ऋण लगानी उत्पादन र आयआर्जन हुने क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए साथै उनले पालुङ बहुउद्देश्यीयले पशु पालक किसानको हित हुनेगरी दुग्ध संकलन केन्द्र स्थापना गर्न आग्रह गर्दै अहिले नगरपालिकाले कृषि र पशुमा उल्लेख्य रुपमा बजेट बिनियोजन गरेको स्मरण गर्दै कृषि उपज र दुधको बजारीकरणमा सहकारीले जोड दिए थाहाका किसानहरुको आर्थिक स्थिति सबल हुने बताउदै साधारणसभाको सफलताको शुभकामना दिएका थिए।
संस्थाको मुख्य कार्यालय थानाबजारमा भएको साधारणसभामा विशिष्ट अतिथी थाहा नगरका उपप्रमुख भरत गोपाली,सदस्यहरुको तर्फबाट निरन्जन अधिकारी,संघसंस्थाको तर्फबाट हरीकृष्ण कार्की,राजनैतिक दलका तर्फबाट एमाले थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान,बचत ऋण सहकारीको तर्फबाट जिल्ला बचत तथा ऋण सहकारीका फणीन्द्र सुवेदी,जिल्ला बहुउद्देश्यीय सहकारीको तर्फबाट पुरुषोत्तम कार्की,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,जिल्ला सहकारी संघको तर्फबाट बिमल कुमार ढकालले शुभकामना मन्तव्य दिएका थिए।
साधारणसभामा थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,४ का नारायण लामा,नेपाली काङ्ग्रेसका नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बिनोद कुमार लामा,राप्रपा नगर अध्यक्ष कुलमान तामाङ,रास्वपा थाहा नगर सभापति जयराम खत्री,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,च्वाइस नेपालका कुल प्रसाद तिवारी,नेपाल रेड्क्रस सोसाइटी मकवानपुर सदस्य पिताम्बर बास्तोला,संस्थाका मुख्य व्यवस्थापक प्रकाश पौडेल लगायत विभिन्न संघसंस्था तथा बित्तिय तथा बैंकका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

साधारणसभाको अवसरमा उत्कृष्ट कारोबार गर्ने थाहा ३ का धुर्व बहादुर कार्की र थाहा २ का कुमार बस्नेतलाई सम्मानित गरिएको थियो भने विद्यार्थी सम्मानमा २०८० सालको एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक विद्यालय तर्फबाट सुनौला माबिका असिम गोपाली र प्रगती माबी हेटौंडाकि प्रकृति दाहाललाई सम्मानित गरियो भने संस्थागत तर्फ सरस्वती विद्या मन्दिरका लखिन्द्र विन मुखिया र पालुङ भ्याली हार्ट एकेडेमीकि शान्ती बिष्टलाई सम्मानित गरिएको थियो।
सभाकै अवसरपारेर ९ जना महिलालाई सुत्केरी सम्मान र २५ जना जेष्ठ सदस्यहरलाई जेष्ठ नागरिक सम्मान सहित न्यानो झोला र हर्लिक्स बितरण गरिएको थियो।

तेसै गरि २५ औं स्थापना दिवसकै अवसर पारेर संस्थाले आजै रक्तदान कार्यक्रम समेत गरेको थियो।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरको प्राविधिक सहयोगमा संस्थाको सभाहलमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेको संस्थाका व्यवस्थापक प्रकाश पौडेलले जानकारी दिए।

आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै कर राजस्व तिरेको भन्दै आन्तरिक राजश्य कार्यालय हेटौंडाले पालुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरेको थियो ।  सहकारीको सेवा केन्द्र बज्रवाराही र हेटौंडामा रहेको छ ।

FB_IMG_1735046570909-1735046951.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...