Wednesday, 01 May, 2024
आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको २४ औं साधारणसभा सम्पन्न,पिएचडी गर्ने देखि पाइलट बन्नेलाई सम्मान

pb9-1703514817.jpg

थाहा नगरपालिका–४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको शेयर पूँजी ९ करोड रुपैयाँ रहेको छ। ६ हजार ३ सय ८८ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी ९ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । २०७९ भदौँ महिनाभरि शेयर थप गरी उक्त अवधिमा शेयर रकम ३८ दशमलव ७२ प्रतिशतले थप गरेर शेयर पूँजी ९ करोड भएको सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीले बताए ।

सोमबार भएको सहकारीको २४ औँ  साधारण सभामा कार्यवहाक अध्यक्ष रायमाझीले शेयर सदस्यमाझ वार्षिक प्रगति प्रतिवदेन तथा नीति कार्यक्रम सार्वजनिक गरेका थिए । सहकारीको अन्य कोषहरु १५ करोड ९३ लाख ५४ हजार रुपैयाँ र कर्जा लगानी ९० करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८०/८१ मा संस्थाको कर्जा लगानी ७ प्रतिशतले वृद्धि गरी ९६ करोड ९१ लाख कर्जा लगाउने पु¥याउने लक्ष्य रहेको सहकारीको प्रतिवेदनमा उल्लेख गरेको छ ।

संस्थाको आफ्नै स्वामित्वको जमिनमा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरीबाट विभिन्न जातका तरकारीहरुका विरुवा उत्पादन तथा खुल्ला जग्गामा तरकारी उत्पादन र बजारीकरण गरी सदस्यहरुलाई सुपथ मूल्यमा गुणस्तरीय बेर्ना तयार गरी उपलब्ध गराउँदा कृषक सदस्यहरु लाभान्वित भएको अध्यक्ष रायमाझीले बताए । यही पुस ९ गते पालुङ बहुउद्देश्यीय सहकारी संस्था २५ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सहकारीले रजत जयन्तीको कार्यक्रम सञ्चालन गर्ने भएको जानकारी साधारणसभामा दिइयो।

 साधारण सभाले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदको लागि उपनिर्वाचन हुने सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी संघिय सांसद महेश कुमार वर्तौलाले साधारणसभा लाई शुभकामना दिदै  सहकारी संस्थाको आगामी यात्रा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्दै , सहकारीको मर्म बमोजिम किसान, कालिगड, न्यून आय भएका बर्गको उत्त्थान र बित्तीय पहुँच वृद्धिमा यस सहकारीले महत्त्वपूर्ण भुमिका रहन सक्नेछ भन्ने  बिश्वास व्यक्त गरे । बिशिस्ट अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले सहकारी हरुले बचत र ऋणको मात्र काम नगरी उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै तेसको लागि नगरपालिका सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

सहकारीको कार्यवहाक अध्यक्ष अरुण रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर निर्वाचन क्षेत्र न २का संघीय सांसद महेश कुमार वर्तौला प्रमुख आतिथ्यता रहेको थियो भने थाहा नगरपालिका नगर प्रमुख बिष्णु बिष्टको बिशेष आतिथ्यता रहेको  कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली,नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष बिमलकुमार ढकाल,संस्थापक अध्यक्ष बिष्णुहरी ढकाल,संस्थाका पुर्व व्यवस्थापक पशुपति अर्याल,पुर्व अध्यक्ष पुरुषोत्तम कार्की ,थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल,नेपाली काङ्ग्रेस थाहाका नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमालेका नगर अध्यक्ष अचुत्तम प्रसाद ढकाल,माओवादी केन्द्रका नगर सचीव लक्ष्मण बिष्ट लगायत विभिन्न बित्तिय संस्था तथा संघ संस्थाका प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
साधारणसभाको अवसरमा संस्थामा स्थापनाकाल देखि कार्यरत कर्मचारी हरुलाइ दिर्घसेवा पदक प्रदान गरिएको छ।
सम्मानित हुनेमा सह व्यवस्थापक रामप्रसाद ढकाल,लेखापाल विद्यामान श्रेष्ठ ,वरिष्ठ फिल्ड सहायक राम कार्किलाइ सम्मान गरिएको हो।
तेसै गरि संस्थाका सदस्यका सन्तान मध्य पि एच डि गर्ने थाहा ३ घर्तिखोलाका राजेन्द्र केसी,(गणित) हेटौंडा ४ का घोषणा बिष्ट(सूचना र प्रविधी) एम बिबिएस गर्ने थाहा ४ का सुजता केसी र समाज गोपाली ,पाइलट थाहा २ का प्रवेश बिष्ट लाई सम्मान गरिएको थियो।
तेसै गरि २०७९ को एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने सुनौला माबिका आयुस गोपाली,जनकल्याणकि कृति ढकाल,हिमालयन इङ्लिस स्कुलका परिक्षित रायमाझी ,थानकोट इङ्लिस स्कुलका रुबिना गोपालीलाई सम्मान गरिएको हो।
असल ऋणी मध्य भगवती बलामी,बिष्णु बहादुर बस्नेत,सानोकान्छा नेपाली सम्मानित हुदा असल बचत तर्फ सरस्वती श्रेष्ठ ,सुनितादेवी भट्ट ,शान्ता थापा सम्मानित भए भने जेष्ठ नागरिक सम्मानमा मेनकुमारी ढकाल ,तेजबहादुर प्रधान ,चिरमाया गोपाली,र कृष्ण बहादुर लामा सम्मानित भए।


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...