janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

आर्थिक खबर

पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड २९ लाख

1721124430489-1721126964.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी  नाफा आर्जन गरेको छ । 
आर्थिक बर्ष २०८०/०८१ को असार मसान्तसम्म कर अगाडि  संस्थाले ५ करोड २९ लाख नाफा गर्न सफल रहेको संस्थाका सह व्यवस्थापक रामप्रसाद ढकालले थाहापाटी लाई जानकारी दिए । साथै, संस्थामा १०  हजार ७ सय सेयर सदस्य पुगेको र ऋणी सदस्य ३३५६ रहेको बताउदै आर्थिक बर्ष २०८०/०८१ को खाता बन्दी सम्ममा बचत ७४ करोड ५० लाख र ऋण लगानी ९७ करोड ३० लाख र तरलता २२ प्रतिशत रहेको जानकारी दिएका छन ।
गत आर्थिक बर्षमा संस्थाको निक्षप संकलन ५८ करोड र ऋण लगानी ९५ करोड रहेको थियो।
थाहा नगरपालिका वडा न ४ थाना बजारमा मुख्य कार्यालय रहेको संस्थाले हेटौंडा तथा बज्रवाराहीमा पनि सेवा केन्द्र खोली सेवा दिदै आइरहेको छ।
हाल संस्थाले ऋण तथा बचत,लघुबित्त सेवा ,रासायनिक मल बिक्री वितरण ,लगायत कृषि क्षेत्रमा हाइटेक नर्सरी ,कोल्ड चेम्बर,कृषि तथा पशु प्राविधिक सेवा र यो बर्ष देखि तरकारी बजारीकरण  समेत प्रदान गर्दै आइरहेको संस्थाका मुख्य  व्यवस्थापक प्रकाश पौडेल बताउछन् ।
हाल सहकारीले सहकारी बजार विकास कार्यक्रमका साथै प्रविधिको उच्चत्तम प्रयोगलाई आत्मसाथ गरिरहेको संस्थाका अध्यक्ष कृष्ण बहादुर बिष्ट बताउछन विष्टका अनुसार संस्थाले ईन्टरनेट बैंङ्किङ ,मिसकल बैंङ्किङ,कनेक्ट आइपियस सेवा,रेमिटेन्स सेवा सहित मानव संसाधन विकास अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम गोष्ठीमा सहभागी गराउदै आइरहेको बताए।

स्थापना कालदेखिनै शेयर सदस्यहरुलाई १५ प्रतिशत नघटाई लाभांश दिदै आयको सस्थाले यस बर्ष पनि सहकारी संस्थाहरुले वितरण गर्न सक्ने अधिकतम प्रतिशत अर्थात १८ प्रतिशत लाभांश यस आर्थिक बर्षमा पनि दिन सक्षम भएको छ।
राष्ट्रिय कर दिवस २०८० को अवसरमा थाहा नगरपालिकामा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सम्मानित भएको थियो।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...