Thursday, 27 Mar, 2025
chayerog-1733658794.png

आर्थिक खबर

पाथिभरा सहकारीको १८ औं वार्षिक साधारणसभा सम्पन्न,संस्थाको कारोबार ६ करोड नाघ्यो।

FB_IMG_1732889554530-1732889917.jpg

थाहा नगरपालिका २ फाटबजारमा अबस्थित पाथिभरा बचत तथा ऋण सहकारीले आफ्नो १८ औ वार्षिक  साधारणसभा सम्पन्न गरेको छ।
सस्थाका अध्यक्ष नवराज कार्कीको सभापतित्वमा पालुङ जेसीजको सभाहलमा सम्पन्न साधारणसभामा जिल्ला बचत सहकारी संघका कोषाध्यक्ष बिष्णु माया लामाको  प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा वडा न २ का कार्यवाहक अध्यक्ष युवराज बिष्ट ,वडा न ३ का कार्यवाहक अध्यक्ष कृष्ण कुमार कार्की,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट ,संस्थाका पुर्ब अध्यक्षहरु जीवन बस्नेत,अर्जुन कार्की,गोकर्ण बरुवाल,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र,लाली गुराँस महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष रिता प्रधान,चेतनशिल महिला सहकारीकि अध्यक्ष शकुन्तला गोपाली,सहयोगी बचतका व्यवस्थापक मोहनमान श्रेष्ठ, संस्थाका व्यवस्थापक जनक तामाङ लगाएतका विभिन्न सहकारीका प्रतिनिधि , पत्रकार तथा शेर सदस्यहरुको उपस्थिति रहेको थियो ।

साधारण सभामा सुभकामना ब्यक्त गर्दै प्रमुख अतिथी लामाले सहकारी नाफामुलक नभएर सेबा मुलक पनि हुनुपर्छ भन्दै केही गलत संचालकहरुले गर्दा सहकारी लाई हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउदै सुधारेर लैजान चुनौतीपूर्ण रहेको र बिस्तारै समस्या हलतर्फ उन्मुख रहेकोमा जोड दिइन। ।त्यसै गरि शुभकामना दिदै पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष केबि बिष्टले सहकारी देशको अर्थतन्त्रको तेस्रो खम्बा भएकोले सहकारी सहकारी मिलेर देश बिकासको लागि योगदान गर्नुपर्ने भन्दै यसको सुरुवात थाहामा शीत भण्डार निर्माण गरेर यसको हुन लागेको बताउदै सस्थाको प्रगतीकोलागि शुभकामना ब्यक्त गर्नु भयो । 
कार्यक्रममा वडा न २ का कार्यवाहक अध्यक्ष युवराज बिष्ट,पुर्व अध्यक्ष गोकर्ण बरुवाल,पालुङ क्याम्पसका प्रमुख राजन मिश्र लगायतले शुभकामना दिएका थिए।

कार्यक्रममा सस्थाबाट उत्कृष्ट कारोबार गर्ने हरुलाइ नगद तथा सम्मान पत्र बाट सम्मान गरियो सम्मानित हुनेहरुमा दैनिक बचत तर्फ सर्मिला जिम्बा,बिजय तामाङ, ऋण कारोबार तर्फ सोल्टुका किरण थापा,अस्मिता बिष्ट  थापा रहेका छन भने मोबाईल बैकिंङ तर्फ निरन्जन थापालाई सम्मानित गरियो ।

यस बर्ष संस्थाले ६ करोडको आर्थिक कारोबार गरेको वार्षिक प्रतिबेदन पेस गर्दै अध्यक्ष नवराज कार्कीले सस्थाको भाबी योजना र कार्यक्रम प्रस्तुत गर्नु भयो २९ जना शेर सदस्यबाट ०६४ बाट सुरु गरेको सस्थामा हाल १८२५ जना सदस्य रहेको छ । 

सभामा सचिब भुपेन्द्र हमाल ,कोषाध्यक्ष राधाकृष्ण बिष्टले आ आफ्नो वार्षिक  प्रतिबेदन पेस गरेका थिए।
संस्थाका सचिव भुपेन्द्र हमालले स्वागत गरेको कार्यक्रम लाई संचारकर्मी कुमार नेगीले संचालन गरेका थिए।
साधारणसभाको अवसर पारेर संस्थाका सदस्यहरुलाई  प्रमुख अतिथी समेत रहेकी जिल्ला सहकारी संघका कोषाध्यक्ष लामाले बित्तिय साक्षरता सम्बन्धि अभिमुखिकरण समेत दिनुभएको थियो।

FB_IMG_1732889528410-1732889917.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो राष्ट्रिय क्षयरोग दिवस
FB_IMG_1742818178407-1742818309.jpg

आज मार्च २४ तारिख । हरेक बर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ...

वर्ल्डलिङ्कलाई २ विधामा ‘एसियन टेलिकम अवार्ड’
FB_IMG_1742812857323-1742812954.jpg

नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेसन्सले दुई विधामा एसियन टेलिकम अवार्ड २०२५...

थानकोट-चित्लाङ्ग सडकका लागि थप २५ करोडको ठेक्का आव्हान
FB_IMG_1742811785606-1742811879.jpg

काठमाडौं- हेटौंडा जोड्ने सबैभन्दा छोटो दूरिको बाटो थानकोट-चित्लाङ्ग सडक स्तरिकरणको लागी थप २५ करोडको ठेक्का...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल
1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना...

अभिनेत्री दिव्या रायमाझी बनिन् प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर
1742719440163-1742719542.jpg

काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड...

चन्द्रागिरी हिल्सको शुल्क विरुद्ध थाहा, चन्द्रागिरी र इन्द्रसरोवरका स्थानीयहरूको विरोध प्रदर्शन
FB_IMG_1742650792599-1742653335.jpg

चन्द्रागिरी हिल्सले पुरानो बाटो हुँदै भालेश्वर दर्शन गर्न जाने पैदलयात्रीहरूबाट १०० रुपैयाँ शुल्क असुल्ने...

हनुमानले संजिवनी बुटी झारेको स्थानको प्रचार गर्दै पालुङ जेसीज
1742652746249-1742652774.jpg

पालुङ जेसीजले थाहा नगरपालिका वडा न २ र ७ को सिमानामा रहेको अस्पताल डाँडामा पर्यटकीय सम्भावना,अवसर र चुनौती बिषयक...

बिजुलीको माग धान्न कुलेखानी चौबीसै घण्टा संचालनमा
FB_IMG_1742609790686-1742609868.jpg

भारतबाट दिनमा १२ घण्टा मात्रै बिजुली आयात हुन थालेपछि कुलेखानी जलविद्युत् आयोजनालाई चाप परेको छ ।...

थाहाको तसरमा वाइवाको घर जलेर नष्ट
FB_IMG_1742482076943-1742482498.jpg

थाहा नगरपालिका वडा नम्बर ५ तसरस्थित बासघारी टोलका जनकबहादुर वाइबाको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा ध्वस्त...