Monday, 29 Apr, 2024
आर्थिक खबर

पाँचमध्ये थाहानगरको ३ क्षेत्रमा औषत प्रगती न्यून !

Xetragat-1024x724-1664157401.jpg

 

मकवानपुरको थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७८.८ प्रतिशत वित्तिय प्रगती गरेको जनाएको छ । पालिकाले चालुतर्फ ८८.६४ र पुँजीगततर्फ ६९.४८ प्रतिशत वित्तिय प्रगती भएको हो । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल १ अर्ब ३ करोड ६० लाख ८५ हजार ६०८ रुपियाँ वार्षिक बजेट रहेकोमा कुल ८१ करोड ६५ लाख १ हजार ७७७ रुपियाँ खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको वार्षिक समिक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।थाहा नगरपालिकाले उक्त आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीयको विभिन्न स्रोतहरुबाट गरी चालुतर्फ ५० करोड ४२ लाख ७९ हजार ६०८ रुपियाँ विनियोजन गरेकोमा ४४ करोड ६९ लाख ९८ हजार ९५० रुपियाँ खर्च गरेको छ । त्यस्तै पुँजीगतर्फ ५३ करोड १८ लाख ६ हजार विनियोजन भएकोमा ३६ करोड९५ लाख २ हजार ८२७ रुपियाँ खर्च गरेको नगरपालिकाले जनाएको छ ।

 

 

थाहानगरले क्षेत्रगत खर्चतर्फ सबैभन्दा बढि कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा खर्च (वित्तिय प्रगती) भएको छ । यस शीर्षकमा विनियोजित १२ करोड २० हजार ४३३ रुपियाँ विनियोजन भएकोमा ११ करोड ५ लाख २४ हजार १७२ अर्थात ९२.०९ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास क्षेत्रमा वित्तिय प्रगती भएको छ । दोस्रो बढि वित्तिय प्रगती भएको क्षेत्र सामाजिक विकासमा हो । यसक्षेत्रमा विनियोजन भएको ३९ करोड ९६ लाख ८ हजार १७५ मा ३४ करोड ३७ लाख ६० हजार ५३८ रुपियाँ अर्थात ८६.०२ प्रतिशत खर्च भएको छ । पालिकाले बजेट विनियोजन गर्ने विभिन्न ५ क्षेत्र मध्ये पूर्वाधार विकासको खर्च तेस्रो स्थानमा रहेको छ । यस क्षेत्रको विकासका लागि विनियोजित ३४ करोड ८४ लाख ८१ हजार विनियोजन भएकोमा २६ करोड ६ लाख ४९ हजार ३७४ रुपियाँ अर्थात ७४.८ प्रतिशत बजेट खर्च भएको छ ।

स्रोतः पालिकासंग माग गरिएको सूचना ।

त्यस्तै कृषि र पर्यटनको नगरको रुपमा परिचित थाहामा विनियोजित बजेट नै पालिकाको औषत खर्च भन्दा १४ प्रतिशत कम खर्च भएको छ । यस अन्तर्गत आर्थिक विकास क्षेत्रका लागि १३ करोड ८२ लाख ७ हजार विनियोजन भएकोमा ८ करोड ९५ लाख ६ हजार ४२ रुपियाँ अर्थात ६४.७६ प्रतिशत मात्र खर्च भएको छ । थाहानगरले सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा विनियोजन गरेको बजेट सबैभन्दा कम खर्च प्रतिशत रहेको छ । पालिकाको सुशासन र अन्र सम्बन्धित क्षेत्रको लागि विनियोजन गरेको २ करोड ९७ लाख ६९ हजार मध्ये १ करोड २० लाख ६१ हजार ६५० रुपियाँ मात्र अर्थात ४०.५२ प्रतिशत खर्च भएको छ ।

आम्दानी प्रक्षेपन भन्दा बढि

थाहानगरले आर्थिक वर्ष २०७८/०७९ मा दुई स्रोतको आम्दानी पक्षमपन भन्दा बढि गरेको छ । पालिकाले आन्तरिक आय र राजश्व बाँडफाँडको स्रोतमा बढि आय गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने अनुदान ४६ करोड ७६ लाख ८३ हजार आय प्रस्ताव गरिएकोमा ४६ करोड ५४ लाख ३७ हजार अर्थात ९९.५२ प्रतिशत आय गरेको पालिकाले जनाएको छ । प्रदेश सरकारबाट ९ करोड ६७ लाख ३४ हजार प्रस्तावित आय अनुमान गरिएकोमा शतप्रतिशत आय भएको छ भने राजश्व बाँडफाँडतर्फ १८ करोड ५३ लाख ३५ हजार आय अनुमान गरिएकोमा १९ करोड २८ लाख ४७ हजार १३३ रुपियाँ अर्थात १०४.५ प्रतिशत आय गरेको छ ।

 

यसैबीच थाहानगरले आन्तरिक स्रोततर्फ २८ करोड ६३ लाख ३३ हजार ६०८ अनुमान गरेकोमा २९ करोड ५० लाख ७० हजार ७४० रुपियाँ अर्थात प्रस्तावित आयको १०३.०५ प्रतिशत आय गरेको नगरपालिकाले जनाएको छ । यस स्रोत अन्तर्गत गत आर्थिक वर्षको २० करोड ७८ लाख ३९ हजार ६९३ बैंक मौज्दात समेत रहेको पालिकाको प्रतिवेदनमा उल्लेख छ ।

नगरपालिकाले आन्तरिक स्रोततर्फ सम्पत्ति करमा प्रस्तावित आय भन्दा बढि आम्दानी गरेको छ । सम्पत्ति करमा ५० लाख अनुमान गरिएकोमा ५४ लाख ९४ हजार ७३४ रुपियाँ अर्थात १०९ प्रतिशत आम्दानी गरेको छ । त्यस्तै मालपोत भूमिकरमा २ करोड १७ लाख ८५ हजार अनुमान प्रस्ताव गरिएकोमा ३ करोड ३९ लाख १० हजार ९५३ रुपियाँ अर्थात १५५ प्रतिशत, अन्य दस्तुरमा २३ लाख ३१ हजार अनुमान प्रस्ताव गरिए

व गरिएकोमा ८ लाख ५ हजार ७४६ अर्थात १०५. ३३ प्रतिशत आन्तरिक आय संकलन भएको छ भने अन्य बिक्रीबाट प्राप्त करमा १० हजार अनुमान गरिएकोमा ४६ हजार अर्थात ४६० प्रतिशत आय भएको छ ।

पालिकाले घर बहाल करमा ९२.७५ प्रतिशत, कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा ५०.७१, सिफारिस दस्तुरमा ८८.६९ र अन्य क्षेत्रको आयमा ९४.१२ आय संकलन (प्रगती) भएको छ ।

 

 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...