pani-1786865868.jpg
Saturday, 10 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

पहिलो पटक लक्ष्य निर्धारण गरेर बजेट सार्वजनिक, कृषि बस्तुको आयात ३० प्रतिशत घटाउने

characteristics-of-budget-1657101043.jpg

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आर्थिक बर्ष ०७९–८० को बजेट सार्वजनिक गर्दा इतिहासमै पहिलो पटक बार्षिक लक्ष्य राखेर कार्यक्रमहरु तय गर्नुभएको छ । यसबाट खर्च भएको बजेटअनुसार उपलब्धी हाँसिल भए, नभएको बारे स्वःमूल्यांकन गर्न र लक्ष्य भेटाउन मदत मिल्नेछ ।

अर्थमन्त्री शर्माले आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाई सुदृढ अर्थतन्त्र निर्माण केन्द्रित बजेट सार्वजनिक गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले र तिनबाट परिचालित समूहले बजेटको बिरोध गर्दै आएका छन् । तर, बार्षिक तीन खर्ब रुपैयाँ भन्दा बढीको कषि बस्तु आयात भइरहेको मुलुकमा आन्तरिक उत्पादन बढाएर कृषिमा आत्मनिर्भर हुने लक्ष्य बजेटले राखेको छ ।

बजेटमार्फत कृषि बस्तुको बार्षिक आयात न्यूनतम ३० प्रतिशतले घटाउने लक्ष्य राखिएको छ । आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने लक्ष्य राखिएको हो । त्यस्तै आगामी बर्ष निर्यात दोब्बरले वृद्धि गर्ने लक्ष्य राखिएको छ । हाल बार्षिक रुपमा डेढ खर्ब रुपैयाँ हाराहारी निर्यात हुने गरेकोमा बजेटले उत्पादन वृद्धि र निर्यात प्रोत्साहनका कार्यक्रम राखेकाले ठूलो दरमा निर्यातमा सुधार हुने अपेक्षा राखिएको छ ।

त्यस्तै स्वदेशमा औद्योगिक बातावरण सृजना गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नेलगायतबाट बार्षिक ३० प्रतिशतका दरले रोजगारी सृजना बढाउने बजेटमा उल्लेख छ । भूमिहीन दलितलाई तीन बर्षभित्र आवास उपलब्ध गराउने कार्यक्रम पनि समेटिएको छ । अर्थमन्त्री शर्माले बजेटमार्फत दलित, भूमिहिन, सुकुम्बासी, आदिवासी, जनजातीलगायतलाई उच्च प्राथमिकतामा राख्नुभएको छ ।

त्यस्तै बार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि उठाउने र स्वास्थय तथा शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकाङ्क ०.६५० पु¥याई नेपालीहरुको  जीवस्तर उकास्ने गरी अर्थमन्त्री शर्माले बजेट सार्वजनिक गर्नुभएको छ ।

  •    आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने ।
  •    आगामी वर्ष निर्यात दोब्बर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी पाँच वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने ।
  •    मर्यादित रोजगारी वार्षिक ३० प्रतिशतका दरले वृद्धि गर्ने ।
  •  भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने ।
  •   वार्षिक ८ लाख नेपालीलाई निरपेक्ष गरिबीको रेखाबाट माथि ल्याउने ।
  •    स्वास्थ्य र शिक्षा क्षेत्रको गुणस्तर सुधार गरी मानव विकास सूचकाङ्क ०.६५० पुर्यारउने ।
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...