Saturday, 04 May, 2024
आर्थिक खबर

नेपाल राष्ट्र बैंकको थाहाका व्यापारीसंग अन्तरक्रिया

FB_IMG_1688817677512-1688817884.jpg

नेपाल राष्ट्र बैंक ,आर्थिक अनुसन्धान बिभाग,मूल्य महाशाखाद्वारा आयोजित मुल्य तथ्यांक प्रदायक स्रोत पसल तथा संस्थाहरुसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शिखरकोटको शंकर होटलमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बिभागका निर्देशक डा राजनकृष्ण पन्त र 
 उपमहानिर्देशक रबिन्द्र महर्जनले सहजीकरण गर्नुभएको कार्यक्रममा  थाहा नगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधानको प्रमुख आतिथ्यता तथा जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीको बिशिस्ट आतिथ्यता रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा नगरभित्र संचालनमा रहेका पसलहरुको संचालक तथा संस्थाहरुको प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो।
थोक मूल्य सूचकाङ्कले वस्तुहरूको थोक मूल्यस्तरलाई मापन गर्दछ । हाल नेपालमा आर्थिक वर्ष २०७४-०७५ लाई आधार वर्ष मानी २६२ वस्तुहरूको पाक्षिक, मासिक र त्रैमासिक रूपमा मूल्य सङ्कलन गरी यी वस्तुहरूको थोक मूल्य गणना गर्ने गरिएको छ । यी वस्तुमध्ये प्राथमिक समूहअन्तर्गत दुई उप–समूह, इन्धन तथा ऊर्जा समूहअन्तर्गत दुई उपसमूह र उत्पादन समूहअन्तर्गत १३ उपसमूह रहेका छन् । यी समूहहरूको भाराङ्क क्रमशः ३३.५९ प्रतिशत, ८.७६ प्रतिशत र ५७.६५ प्रतिशत रहेको अन्तरक्रियाको अवसरमा जानकारी दिएको थियो ।
साथै नेपाल राष्ट्र बैंकले प्रकाशन गर्ने मूल्य सूचकाङ्क तोकिएका वस्तु तथा सेवा  संलग्न वस्तु तथा सेवाको भारित औसत मूल्य सूचकाङ्कमा आधारित हुन्छन् । यस्ता वस्तु तथा सेवालाई विभिन्न समूहमा विभाजन गरेर भार प्रदान गरिएको हुन्छ । कुनै वस्तु तथा सेवाको मूल्य धेरैले वृद्धि भए तापनि अर्को वस्तु तथा सेवाको मूल्य धेरैले कम हुन जाँदा औसत भारित मूल्यमा सामान्य मात्र परिवर्तन भएको हुन सक्छ । तर आम जनताले वस्तु तथा सेवा खरिद गर्न जाँदा आफूले खरिद गर्ने वस्तु तथा सेवाको मात्र धेरैले मूल्य वृद्घि भएको वा घटेको महसुस गर्ने हुनाले नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको मूल्य सूचकाङ्कको वृद्धि (मुद्रास्फीति दर) र आम जनताले महसुस गर्ने मूल्यवृद्धि बीच तालमेल नभएको अनुभूति हुनसक्ने बिभागका निर्देशक डाक्टर राजनकृष्ण पन्तले बताउनुभयो ।
बिभागले देशभर १० हजार पसल बाट मूल्य संकलनको कार्य हुँदै आइरहेको र तेसको लागि प्रत्यक स्थानमा २ जना स्थानीय शिक्षक खटाइएर मूल्य संकलन गर्दै आइरहेको जानकारी दिएको छ।
जसमध्य थाहाको ६१ पसलमा मुल्य संकलन हुने गरेको र देशभर बाट प्राप्त जानकारी पश्चात मासिक रूपमा मूल्य सुचाङ्क निर्माण गरी राष्ट्र बैंकले  प्रकाशित गर्दै आइरहेको कार्यक्रमको अवसरमा जानकारी गराएका थिए ।

 


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...