pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहा नगरको बजेट १ करोड ९६ लाख घट्यो।

IMG_20230319_130517_301-1679210437.jpg

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि स्थानीय सरकारलाई पठाउने वित्तीय समानीकरण अनुदानको सिफारिस गरेको छ । मकवानपुरका दश स्थानीय तहले यस वर्ष कुल १ अर्ब २२ करोड ६० लाख बजेट वित्तिय समानीकरण मार्फत पाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा मकवानपुरका पालिकाहरुले पाउने वित्तिय समानीकरण अनुदान १२.८३९ प्रतिशत अर्थात १८ करोड ६ लाख घटेर आउने भएको छ ।

वित्त आयोगले न्युनतम, सुत्रमा आधारित र कार्यसम्पादनमा आधारित भएर पालिकाहरुका लागि वित्तिय समानीकरण अनुदान सिफारिस गर्ने गर्दछ । यो बजेट स्थानीय पालिकाले आफूले बजेट बनाएर प्राथमिकताका आधारमा खर्च गर्न सक्छन् । मकवानपुरको एक मात्र उपमहानगरपालिका हेटौंडाले आर्थिक वर्ष २०८०/०८१ का लागि सबैभन्दा बढि ३१ करोड ४ लाख अनुदान पाएको छ भने दोस्रो धेरै थाहा नगरपालिकाले १२ करोड ४० लाख रुपियाँ मात्र पाएको छ । हेटौंडाले चालु आर्थिक वर्षको तुलनामा १३.१७५ अर्थात ४ करोड ७१ लाख कम र थाहानगरले १३.६४९ प्रतिशत अर्थात १ करोड ९६ लाख कम समानीकरण अनुदान पाएको हो ।

आगामि आर्थिक वर्षका लागि मकवानपुरको सबैभन्दा कम वित्तिय समानीकरण अनुदान इन्द्रसरोवर गाउँपालिकाले पाएको छ । इन्द्रसरोवरले ७ करोड २६ लाख मात्र अनुदान पाएको हो । इन्द्रसरोवरले पाएको यो अनुदान अघिल्लो वर्षको भन्दा १०.३७० प्रतिशत कम अर्थात ८४ लाख कम हो । त्यस्तै दोस्रो कम पाउनेमा कैलाश गाउँपालिका रहेको छ । कैलाशले आगामि वर्षका लागि ८ करोड ९२ लाख बजेट पाएको छ । यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा १२.३७७ अर्थात १ करोड २६ लाख कम अनुदान हो । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि ९ करोड ३५ लाख समानीकरण अनुदान पाएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा १३.१८५ प्रतिशत अर्थात १ करोड ४२ लाख कम हो । मकवानपुरगढी गाउँपालिकाले ९ करोड ७४ लाख समानीकरण अनुदान पाएको छ । उसले चालु आर्थिक वर्षको भन्दा १२.९५८ प्रतिशत अर्थात १ करोड ४५ लाख कम अनुदान पाएको हो ।

त्यसैगरी जिल्लाको भिमफेदी गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि ९ करोड ७७ लाख समानीकरण अनुदान पाएको छ । यो अनुदान चालु आर्थिक वर्षको तुलनामा १३.००१ प्रतिशत अर्थात १ करोड ४६ लाख कम हो । बागमती गाउँपालिकाले १० करोड ४३ लाख समानीकरण अनुदान पाएको छ । यो अनुदान चालु आर्थिक वर्षको तुलनामा १२.३५३ अर्थात १ करोड ४७ लाख कम हो । बकैया गाउँपालिकाले ११ करोड ६५ लाख अनुदान पाएको छ । यो अनुदान चालु आर्थिक वर्षको भन्दा १३.१२५ प्रतिशत १ करोड ७६ लाख कम हो भने मनहरी गाउँपालिकाले १२ करोड ४ लाख रुपियाँ अनुदान पाएको छ । यो अनुदान चालु आर्थिक वर्षको तुलनामा १२.५६४ अर्थात १ करोड ७३ लाख रुपियाँ कम हो ।

प्राकृतिक स्रोत तथा वित्त आयोगका अनुसार आर्थिक वर्ष २०८०/२०८१ का लागि कुल १ खर्ब ४६ अर्ब २ करोड ४ लाख रुपैयाँ पालिकालाई हस्तान्तरण हुनेछ । ७ सय ५३ स्थानीय तह मध्ये सबैभन्दा कम वित्तिय समानीकरण अनुदान पाउने पालिकाले ६ करोड ५० अनुदान पाउने आयोगले जनाएको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई कुल चार वटा अनुदान पठाउने गर्छ । जसमध्ये विना कुनै शर्त तल्लो सरकारले आफ्नो बजेट बनाएर खर्च गर्न सक्ने अनुदान नै वित्तीय समानीकरण अनुदान हो । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐनले संघीय सरकारबाट प्राप्त भएको अनुदानको रकम जुन प्रयोजनका लागि प्राप्त भएको हो, सोही प्रयोजनमा खर्च गर्नुपर्छ भनेको छ ।
वित्तीय समानीकरण अनुदानको मूल उद्देश्य प्रदेश तथा स्थानीय तहको खर्चको आवश्यकता र राजस्वको क्षमताको फरकबाट सिर्जना हुने वित्तीय अन्तर घटाई सन्तुलन कायम गर्नु हो । संविधानले प्रदेश र स्थानीय तहलाई प्रदान गरेको जिम्मेवारी पुरा गर्न आवश्यक पर्ने स्रोतको जोहो गर्न संघीय सरकारले यस्तो अनुदान तल्लो सरकारमा पठाउने गर्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...