Wednesday, 01 May, 2024
आर्थिक खबर

थाहा नगरको खर्चमा सुधार,हेर्नुस कुन शिर्षकमा कति खर्च भयो?

FB_IMG_1688054625058-1691830788.jpg

आर्थिक बर्ष २०७९/०८० मा थाहा नगरपालिकाले ८०.५९ प्रतिशत खर्च गर्न सफल भएको छ।


नगरपालिकाको चालू तर्फ ५२ करोड १७ लाख ९१ हजार १ सय रुपैयाँ बिनियोजित भएकोमा ४७ करोड १० लाख ४६ हजार ३१ रुपैयाँ खर्च भइ ९०.२७ प्रतिशत खर्च तथा पुजिगत तर्फ ६७ करोड ८ लाख २० हजार ७ सय ६२ रुपैयाँ बिनियोजन भएकोमा ४७ करोड ५२ लाख ६७ हजार २ सय २४ रुपैयाँ ७०.५९ प्रतिशत गरि कुल बजेट १ अर्ब १९ करोड २६ लाख ११ हजार ८ सय ६२ रुपैयाँ मध्य ९४ करोड ६३ लाख १३ हजार २ सय ५६ रुपैयाँ अर्थात ८०.५९ प्रतिशत बित्तीय प्रगती कायम राख्न सफल भएको थाहा नगरपालिकाका प्रमुख लेखा अधिकृत हरी बहादुर खपाङ्गिले जानकारी दिए।


खपाङ्गिका अनुसार आर्थिक बिकास क्षेत्र अन्तर्गत ८ करोड ७६ लाख २१ हजार ७ सय ३३ रुपैयाँँ बिनियोजन भएकोमा ५ करोड १ लाख ५ हजार ४ सय ५४ जम्मा ५७.८ प्रतिशत खर्च भएको छ जस्मा कृषि ५६.७२ प्रतिशत ,उद्योगमा ५१.१९ प्रतिशत पर्यटनमा ५१.०३ प्रतिशत सहकारीमा ४५.९४ प्रतिशत जलश्रोत तथा सिचाइमा ९३.७५ प्रतिशत र पशुपन्छी बिकासमा ८२.३९ प्रतिशत खर्च भएको लेखा अधिकृत खपाङ्गिले जानकारी दिए।


तेसैगरी सामाजिक विकास तर्फ ४२ करोड २७ लाख ३५ हजार ६ सय ९८ रुपैयाँ बिनियोजन भएकोमा ३६ करोड ८० लाख ३३ हजार ७ सय ८४ रुपैयाँ खर्च भै ८७.०६ प्रतिशत रकम खर्च भएको छ।

जसमध्य शिक्षामा ९४.४३ प्रतिशत स्वास्थ्यमा ७५.६१ प्रतिशत खानेपानी तथा सरसफाइ ७१.८६ प्रतिशत भाषा संस्कृति तर्फ ९१.१३ प्रतिशत लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरणमा ७६.३७ प्रतिशत युवा तथा खेलकुद ६६.०६ प्रतिशत र सामाजिक सुरक्षा तथा संरक्षणमा ८०.५५ प्रतिशत खर्च भएको छ भने पुर्वाधार बिकास तर्फ ४९ करोड ६३ लाख ५ हजार ७ सय १७ रुपैयाँ बजेट बिनियोजित भएकोमा ३७ करोड  ६५ लाख २४ हजार ३ सय ९२ गरि ७५.८७ प्रतिशत खर्च भएको छ जसमध्य यातायात पुर्वाधारमा ७७.४८ प्रतिशत भवन आवास तथा सहरी विकास तर्फ ७१.२९ प्रतिशत उर्जामा ९६.३५ प्रतिशत संचार सूचना प्रतिनिधि ४०.०६ प्रतिशत तथा सम्पदा पुर्वाधार तर्फ ९६.८५ प्रतिशत खर्च भएको छ।


तेसैगरी सुशासन तथा अन्तरसम्बन्धी क्षेत्रमा ६ करोड २० लाख १६ हजार २ सय १५ बिनियोजन भएकोमा ३ करोड ४९ लाख ७ हजार १ सय ६० गरि ५६.२९ प्रतिशतमात्र खर्च भएको छ।जसमध्य विपद व्यबस्थापनमा ४९.३२ प्रतिशत खर्च हुदा मानव संसाधनमा ९३.०५ प्रतिशत ,कानुन तथा न्यायमा ८६.५६ प्रतिशत शासन प्रणालीमा ६४.४८ प्रतिशत ,गरिबी निवारणमा २८.६२ प्रतिशत श्रम तथा रोजगारमा ८७.२२ प्रतिशत ,योजना तर्जुमा र कार्यान्वयनमा ८५.८६ प्रतिशत र अनुगमन तथा मूल्याकंनमा ५३.२२ प्रतिशत खर्च हुदा कार्यालय संचालन तथा प्रशासनिकमा १२ करोड ३९ लाख ३२ हजार ५ सय ७ रुपैयाँ बजेट बिनियोजन हुँदा ११ करोड ६७ लाख ३२ हजार ४ सय ६४ रुपैयाँ जम्मा ९४.१९ प्रतिशत खर्च भएको छ।


तेसै गरि १२ वटा वडा हरुमा १४ करोड ८० लाख रुपैयाँ बजेट बिनियोजित भएकोमा १३ करोड ८४ लाख ३१ हजार ३ सय ४३ रुपैयाँ खर्च हुँदा ९३.६१ प्रतिशत खर्च भएको छ ।


वडाहरुमा १ न वडाले ९६.०५ प्रतिशत , वडा न २ ले ९८.५७ प्रतिशत,३ न वडाले ९१.१९ प्रतिशत,वडा न ४ ले ९८.२४ प्रतिशत ,५ ले ९७.३८ प्रतिशत ,वडा न ६ ले ९९.०८ प्रतिशत,७ ले ९०.१९ प्रतिशत खर्च गर्दा वडा न ८ ले ९१.४४ र ९ ले ९०.८ प्रतिशत खर्च गर्न सफल रहदा १० न वडाले सबभन्दा कम ८६.४ प्रतिशत मात्र खर्च गर्न सक्यो भने ११ को ९२.९३ प्रतिशत खर्च हुदा ९०.१७ प्रतिशत वडा न १२ ले खर्च गरेको छ।


थाहा नगरपालिकाका लेखा अधिकृत हरी बहादुर खपाङ्गिले नगरपालिकाको बित्तिय प्रतिवेदन प्रणालीको अवस्थाबारे जानकारी गराउदै नगरपालिकाले प्रत्येक महिनाको पहिलो साता भित्र आम्दानी तथा खर्चको बित्तीय प्रतिवेदन नगरपालिकाको आधिकारिक वेभ साइट तथा आधिकारिक फेसबुक पेज र स्थानिय अनलाइन संचारमाध्यमले समेत सार्वजनिक गर्ने गरेको बताउदै माग भएबमोजिम तालुक निकायमा बित्तीय प्रतिवेदन पठाउने गरेको बताए साथै लेखा शाखाले सुत्र प्रणालीको उच्चतम प्रयोग गरेको जानकारी दिदै आर्थिक बर्ष ०७९/०८० मा व्यक्ती,संस्था आपूर्तिकर्ता तथा निर्माण व्यावसायि हरुलाइ पुर्णरुपमा इ पेमेन्ट प्रणालीद्वारा भुक्तानी गर्ने गरेको बताउदै थाहा नगरपालिकाले इ पेमेन्टमा सत प्रतिशत नतिजा निकाल्न सफल रहेको बताउदै सार्वजनिक खरिदलाई व्यवस्थित गरेको आर्थिक अनुशासन कायम भइ वेरुजु न्युनिकरणमा टेवा पुगेको बताउनुभयो ।

 


world-link-1690434568.jpg
जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...